2026-06-26 06:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा रोल्पाका एक युवक थुनामा

2017-01-27

माघ १४, रोल्पा । छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको अभियोगमा पक्राउ परेका एक युवकलाई प्रहरीले पूर्पक्षका लागि थुनामा राखेको छ । 

पक्राउ पर्नेमा राङ्सी– ६ रोल्पाका १९ वर्षीय अर्जुन घर्तीमगर रहेका छन् । छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको अभियोगमा जिल्ला अदालत रोल्पाले पूर्पक्षका लागि थुनामा राख्न दिएको आदेशानुसार प्रहरीले उनलाई बिहिवार थुनामा राखेको हो । 

पीडित बालिकाकी आमाका अनुसार विद्यालय गएकी छोरीलाई बाल शिक्षाको कक्षामै गत पुस २० गते घर्तीमगरले जबर्जस्ती करणी गर्न खोजेपछि बालिका रुदै कराउँदै घर आएकी थिइन् । 

घटना घटेको चार दिनपछि पीडितकी आमाले इलाका प्रहरी कार्यालय घर्तीगाउँमा जाहेरी निवेदन दिएकी थिइन् । जाहेरी दिएलगत्तै प्रहरीले घर्तीमगरलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको थियो । 

थप अनुसन्धानका लागि जिल्ला अदालत रोल्पाले अभियुक्तलाई थुनामा राख्न आदेश दिएको छ । 

विद्यालयकी शिक्षिका बिदामा रहेका कारण आफ्ना भाइलाई सट्टा शिक्षकको रुपमा विद्यालय पठाएको र भाइले नै विद्यालय बिदा भइसकेपछि बालिकालाई ललाइफकाइ जबर्जस्ती करणीको प्रयास गरेको जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने