महेन्द्र केसी पर्वत । भन्दा र सुन्दा पनि अचम्म लाग्छ । माविको भन्दा प्राविको चर्चा निकै माथि छ । तर यो सत्य हो । पर्वत जिल्लाको चित्रे गाविसमा मात्रै सात वटा विद्यालय छन् । जसमा  एक माध्यमिक र अरु प्रथामिक विद्यालय ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी पर्वत । भन्दा र सुन्दा पनि अचम्म लाग्छ । माविको भन्दा प्राविको चर्चा निकै माथि छ । तर यो सत्य हो । पर्वत जिल्लाको चित्रे गाविसमा मात्रै सात वटा विद्यालय छन् । जसमा  एक माध्यमिक र अरु प्रथामिक विद्यालय ह"/>
२०८३, ९ बैशाख बुधबार
पर्बत - PBT

माविको भन्दा प्राविको चर्चा

२०७३, १५ माघ शनिबार ०३:५२

महेन्द्र केसी पर्वत । भन्दा र सुन्दा पनि अचम्म लाग्छ । माविको भन्दा प्राविको चर्चा निकै माथि छ । तर यो सत्य हो । पर्वत जिल्लाको चित्रे गाविसमा मात्रै सात वटा विद्यालय छन् । जसमा  एक माध्यमिक र अरु प्रथामिक विद्यालय हुन् । प्रथामिक विद्यालहरुमध्ये पनि चित्र १ ओडारेमा मा रहेको पञ्चकोशी प्रथामिक विद्यालयको चर्चा सवैभन्दा बढी हुने गरेको छ । 

विद्यालयका प्रधानाध्यापक शुसिलादेवि गुरुङ र अर्को उही विद्यालयका शिक्षक मधुसुदन अधिकारीसँग महिला तथा बालबालिका कार्यालय पर्वतकी प्रमुख तारादेवि सुनुवार, पशु चिकित्सक विमलप्रसाद शर्मा, महिला अधिकारकर्मी तथा पत्रकार सरस्वती जिज्ञासु, सहायक महिला विकास निरिक्षक रिता थापा सहितको संयुक्त टोली उक्त विद्यालयको अबलोकनका लागि विहान निस्कियो । बाटोमा हामी उक्त क्षेत्रको पर्यटकीय विकास र महिला शसक्तिकरणका बारेमा कुरा गर्दै अगाडि बढिरहेका थियौ । शुसिलादेवी र मधुसुदनले बाटोमा जति पनि फोहोर देख्छन् उति त्यो फोहोर बस्तु संकलन गर्दे हिडे ।

सुशिलाको हातमा केहिको पोको थियो । हामीले उनलाई यात्रामा असज भयो होला भनेर उक्त पोको माग्यौ तर उनले दिन मानिन् । के छ र ? भन्ने हाम्रो प्रश्नमा उनले मुस्कुराउँदै भनिन यो त मेरा विद्यार्थीको लागि चक्लेट र केहि खानेकुरा हो ।

उनीहरुको स्वभाव देखेर हामीहरुको मनमा जिज्ञासा बढिरहेको थियो । जब हामी विद्यालय पुग्यौं । हामी विद्यालय पुग्दा विद्यालय र कुनै पाँचतारे होटलमा हामी कुनै फरक देखेनौ । विद्यालयमा मात्र लजिङ र फुडिङको व्यवस्थापन छैन तर त्यहाँको व्यवस्थापन र भौतिक पूर्वधार देख्दा सहजै जो कोहिले विद्यालय हो भनेर भन्न सक्दैनन । विद्यालयको झण्डा र बोर्ड हेरेपछि मात्रै भन्न सकिन्छ यो त विद्यालयनै हो ।

हामीले त्यहाँको विद्यालय अबलोकन गर्दा उक्त विद्यालय विद्यालयनै हो भन्ने महसुस भएन । मात्र त्यहाँ टाँसिएको बोर्ड र कक्षा कोठामा राखिएका डेक्स र बेन्चले विद्यालय भएको पुष्टि गरिरहेका थिए ।

 त्यहाँको व्यवस्थापन निकै बलियो रहेछ । २३ बर्षदेखि शिक्षण पेशमा लागेकी प्रधानाध्यापक स्थानीय शिक्षिका सुशिला देवि गुरुङ विद्यालयको व्यवस्थापननै विद्यालयको मुहार फर्ने कुरा बताउँछिन् । विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीको सम्बन्ध त्रिकोणात्मक हुनुपर्छ जून उक्त विद्यालयले पुरा गरेकोले पनि विद्यालय उत्कृष्ट भएको उनी बताउँछिन् ।

विद्यालयका शिक्षक मधुसुदन अधिकारीले विद्यालयको २३ बर्ष अगाडि र अहिलको विद्यालयमा धेरै नै अन्तर भएको बताउँछन् । २०५० साल अगाडि विद्यालयमा चर्पीको लागि खोलामा धाउनेपर्ने बाध्यतामा रहेको उक्त विद्यालयमा अहिले आधुनिक सुविधायुक्त शौचालयको व्यवस्थापन रहेको छ ।

बालमैत्री गाविसका रुपमा घोषित हुन लागेको उक्त गाविस र त्यस विद्यालयको अबलोकन गर्दा हामी बालमैत्री विद्यालय भएको अनुभव ग¥यौं । 

वि.सं २०४५ सालमा स्थापना भएको कक्षा पाँच सम्म अध्ययन हुने उक्त विद्यालयमा अहिले ३९ जना विद्यार्थी छन् । विद्यालयको वातबरण, त्यहाँको सरसफाइ, शिक्षक,  अभिभावक र विद्यार्थीको सम्बन्धले उक्त विद्यालयलाई माविको भन्दा बढी चर्चित एवं नमुना बनाएको छ ।

शिक्षकशिक्षिकका लगनशीला, कर्तव्यबोधका कारण पनि प्रावि तह भएर पनि विद्यालयले माविको भन्दा बढी चर्चा र परिचर्चा हुने गरेको छ । विद्यालयमा बालमैत्री पुस्तकालय , इसिडी कक्षा पनि संचालनमा छ । पुस्तकालयमा झण्डै ३८ सय बालमैत्री पुस्तकहरु रहेको विद्यालयले जनाएको छ ।


बालबालिकालाई बालमैत्री तबरबाट शिक्षण गर्नको लागि विद्यालयले प्रोजेक्टरको प्रयोग गर्ने गरेको रहेछ । विद्यालयमा जिल्ला शिक्षा कार्यालय, जिल्ला विकास समिति, समाजसेवी रुद्रप्रसाद लगायतको सहयोगले ६ कम्प्यूटर,ल्याप्टप, प्रोजेक्टर, फोटोकपि मेशिन र प्रिन्टरको समेत राम्रो प्रयोग र व्यवस्थापन भएको छ ।

आफ्नो घरभन्दा बढि विद्यालयलाई समय दिएकी शुसिलालाई शिक्षकशिक्षिका, विव्यवस अध्यक्ष कलाधर पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष सरस्वती विकले पनि साथ दिएका छन् जसका कारण पनि विद्यलायको महिमा उचो हुदै गएको छ ।

शिक्षक कर्तव्यनिष्ट, जिम्मेवारी र इमान्दरका साथै बफदार हुने हो भने शुसिलाले आफ्नो विद्यालयलाई जसरी चर्चामा ल्याएकी छन् त्यसैगरि अन्य प्रअ र शिक्षकहरुले पनि आफ्नो विद्यालयलाई चर्चामा ल्याउन र गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने देखिन्छ । सुशिलाको कदममाा जसरी अन्य शिक्षकशिक्षिका, विव्यस, शिअस र समाजले साथ दिएको छ त्यसैगरी अन्य विद्यालयमा पनि प्रअले साथ पाउने हो भने विद्यालयको मुहारै फेर्न सक्ने रहेछन् भन्ने प्रष्ट पारेको छ ।

जिम्मेवार र कर्तव्यनिष्ट हुन र नीति नियम पालन गर्नको लागि अन्य विद्यालयका सवै शिक्षकशिक्षिका, अभिभावक र समुदाय लाग्ने हो भने चित्रे १ ओडारेको जस्तो अन्य विद्यालय पनि नहोलान् भन्न सकिदैन । 

सुशिला र मधुसुदनको जस्तै मैले नगरे कस्ले गर्ने? यहाँ नगरे कहाँ गर्ने र अहिले नगरे कहिले गर्ने? सवै शिक्षक र समुदयामा यी प्रश्नको उत्तर खोज्ने क्षमता र काम भए समाजले पक्कै मुहार फेर्ने देखिन्छ । यस तर्फ सवैले सोच्न जरुरी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ