कविता उपाध्याय/फागुन २, रोल्पा । काम कहिले पनि सानो वा ठूलो हुँदैन भन्ने मान्यता राख्ने रोल्पाका २७ वर्षीय जीवन वलीले स्नातक उत्तीर्ण गरेर कपाल काट्ने पेसा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कविता उपाध्याय/फागुन २, रोल्पा । काम कहिले पनि सानो वा ठूलो हुँदैन भन्ने मान्यता राख्ने रोल्पाका २७ वर्षीय जीवन वलीले स्नातक उत्तीर्ण गरेर कपाल काट्ने पेसा "/>

2026-09-19 05:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

योग्यता स्नातक भएपनि रोल्पाका एक युवाले कपाल काटेरै कमाउँछन् महिनाको ५० हजार


कविता उपाध्याय/फागुन २, रोल्पा । काम कहिले पनि सानो वा ठूलो हुँदैन भन्ने मान्यता राख्ने रोल्पाका २७ वर्षीय जीवन वलीले स्नातक उत्तीर्ण गरेर कपाल काट्ने पेसा अङ्गाल्दै आउनुभएको छ । 

स्थायी ठेगाना बागमारे–१ दाङ भएका वलीले सरस्वती प्रावि बागमारे दाङबाट अक्षर आरम्भ गरेको भएपनि करिव पाँच वर्ष पहिले मात्रै पद्मोदय पब्लिक उच्च मावि भरतपुर दाङबाट स्नातक उत्तीर्ण गर्नुभएको हो । 

वलीले केही वर्ष यता रोल्पामा हेयर कटिङ सञ्चालन गर्दै आउनुभएको छ । एकाबिहानै होस् वा राति अबेरसम्म, उहाँको पसलमा सेवाग्राहीको बाक्लो भीड देख्न सकिन्छ । मीठो बोली र सुमधुर मुस्कानले ग्राहकलाई हरपल स्वागत गर्ने वलीले खासखास समयमा मासिक रु. ५० हजारभन्दा बढी आम्दानी गर्नुहुन्छ । अन्य समयमा पनि मासिक ३० हजारभन्दा बढी नै आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । 

सामान्य परिवारमा जन्मिएका वलीको बाल्यकाल सुखद् नै रह्यो । परिवारको कान्छो सदस्य भएकै कारण सबैबाट माया ममता पाएका वलीलाई सानैदेखि स्वाबलम्बी बन्ने रहर थियो । 

वलीले परिवारको करकापमा तीन पटक जति सरकारी विद्यालयमा रिक्त रहेको शिक्षक पदका लागि आवेदन दिनुभयो र परीक्षामा सहभागी हुनुभयो तर सफल हुन सक्नुभएन । त्यसपछि असफलताको तीतो अनुभूति बोकेर २०६६ सालतिर काठमाडौँ हानिनुभयो । 

आफ्नो बाल्यकालको स्मरण गर्दै वलीले भन्नुभयो – “म पढाइमा पनि त्यति नराम्रो थिइनँ । विद्यालय उमेरदेखि नै प्रायःजसो द्वितीय वा तृतीय स्थानमा आउँथे । तर पढाइमा राम्रो भएरमात्र जागिर खान नसकिने भएपछि काठमाडाँै गएँ ।” यसरी साथीभाइ कसैलाई कुनै किसिमको जानकारी नै नदिई घरपरिवारको सल्लाहमा सुटुक्क काठमाडौँ पुगेका वलीले निरन्तर छ महिनासम्म काठमाडौँको सल्मान हेयर कटिङ सेन्टरमा कपाल काट्ने र मसाज गर्ने तालिम लिनुभयो । वलीका अनुसार त्यो समयको सबैभन्दा सजिलो पेसा हेयर कटिङ थियो र यो पेसा अपनाउनु रहरभन्दा पनि बाध्यता थियो । 

परिवारमा कसैले पनि नगरेको काम भएको हुँदा उहाँले सुरुसुरुका दिनमा निकै कष्ट झेल्नुप¥यो । एकजना काठमाडौँका ठूलो व्यापारीको दाह्री र अर्का एक सरकारी कर्मचारीको कपाल काट्दा बिग्रियो र दुबै जना बेस्सरी रिसाएको उहाँको मानसपलटमा अझै ताजै छ । 

यसरी करिव छ महिनासम्म सिप सिकेका वलीले काम गरेको ५० प्रतिशत रकमबाट करिव सात महिनामा ५० हजार जति रकम बचत गरेर दाङ फर्कनुभयो र आफन्तबाट ३० हजार सहयोग लिएर कुल ८० हजारमा दाङमा आफ्नै सैलुन सुरु गर्नभयो । 

केही महिना दाङमा व्यवसाय गरेका वलीलाई शुभचिन्तकले रोल्पामा जान सल्लाह दिए । सोही अनुरुप उहाँ २०६७ सालतिर रोल्पा लाग्नुभयो । पहिलो पटक प्रमुख जिल्ला अधिकारी आफ्नो पसलमा कपाल काट्न आउँदा आफुलाई निकै खुसीको अनुभूति भएको उहाँ स्मरण गर्नुहुन्छ । 

मन, वचन र कर्मले कटिबद्ध बन्न सके स्वदेशमै रोजगार पाउन सकिने उहाँको धारणा छ । बर्सेनि लाखौँ युवा रोजगारीका लागि खाडी मुलुक धाइरहेका बेला वली एक उदाहरणीय पात्र बनेर रोल्पा जस्ता विकट ठाउँमा काम गरिरहनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई