2026-06-20 11:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

विद्यार्थी संगठनहरुको सहमती विपरित डडेल्धुरा बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचन स्थगित

2017-02-14

फल्गुन ३, डडेल्धुरा । स्ववियू निर्वाचनका लागि आधा मात्रै विद्यार्थी मतदाता नामावली प्रकाशित गरेका डडेल्धुरा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गंगादत्त उप्रेतीले एकाएक विविध कारण देखाउदै विद्यार्थी संगठनहरुसंग छलफल नगरिकनै स्ववियू निर्वाचन स्थगित गरेका छन् ।

क्याम्पसमा स्ववियू निर्वाचन निमित्त गठित समितिले विविध समस्याले कार्य अगाडी बढाउन सक्दैन भनेर गुनासो गरेपछि आफूले निर्वाचन स्थगित गरेको क्याम्पस प्रमुखले बताएका छन । निर्वाचन स्थगित गरिएको सुचना प्रकाशित भएपछि मात्रै विद्यार्थी संगठनहरुले जानकारी पाएका थिए । एकाएक निर्वाचन समितिले गरेको सल्लाहलाई क्याम्पस प्रमुखले छलफल विना क्याम्पसमा स्ववियू स्थगित गर्ने निर्णयमा बदल्ने प्रयास गरेपछि विद्यार्थी संगठनहरुले विरोध गर्दै तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने भन्दै संयुक्त विज्ञप्ती निकालेका छन् ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय सर्कुलेसन स्ववियु निर्वाचन गर्ने र प्रमुख विद्यार्थी संगठनहरु विच सहकार्य गरेर चुनावी प्रक्रिया बढाउने भनिएपनि डडेल्धुरा क्याम्पसमा निर्वाचन गर्ने बातावरण नभएको भन्दै क्याम्पस प्रमुख र निर्वाचनका निमित्त तोकिएका अधिकारीले झुटो प्रचार गरिरहेको विद्यार्थी नेताहरुले आरोप लगाएका छन् ।

यसैविच क्याम्पस प्रमुखले स्ववियू निर्वाचनका प्रति गैर जिम्मेबार अभिव्यक्ति दिएका छन् । उनले पहिलो पटक प्रकाशित नामावलीमा दावी विरोध गर्न नहुने अभिव्यक्ति दिएका छन् । क्याम्पस प्रमुख उप्रेतीले “प्रकाशित नामावलीमा दाबी विरोध नगर्नुहोस् चुनावी प्रक्रिया अगाडी बढाउछु” भनेपछि विद्यार्थी संगठनका नेताहरुले क्याम्पस प्रमुखले राजीनामा दिनुपर्ने दावी गरेका छन् । प्रकाशित निर्वाचन तालिका अनुसार फाल्गुन १ गते विद्यार्थी घर फर्केपश्चात विद्यार्थी संगठनहरुलाई जानकारी नगरि समयमै भर्ना भएका मध्ये आधामात्रै विद्यार्थीको नामावली प्रकाशित गरिएको थियो । यो आधाआधीको नामावली प्रकाशन गर्नुमा क्याम्पस प्रमुखले आफ्ना कर्मचारी संग सहकार्य नगरेकै कारण नामावली प्रकाशनमा गम्भिर त्रुटी भएको खुलेको छ । निर्वाचन समिति चयन गर्दा प्रशासनिक कर्मचारी संग कुनैपनि छलफल नगरेको र त्यसको परिणाम स्वरुप कर्मचारी भित्र भएको खटपटका कारण क्याम्पस प्रमुख यस्तो गैरजिम्मेवार अभिव्यक्ति बोल्नुपरेको क्याम्पस स्रोतले जनाएको छ । 

यस्तै विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालयको केन्द्रिय सर्कुलेसन बाहेकको अवस्थामा निर्वाचन प्रक्रिया स्थगन गरेपछि थप आन्दोलन गर्ने र जे सुकै हुनसक्ने चेतावनी दिएका छन । उता निर्वाचन अधिकृत तोकिएका पुर्व क्याम्पस प्रमुखले आफुले क्याम्पस प्रमुखलाई सवै कारण खुलाएर निर्वाचन रोक्नुपर्ने अवस्था आएको लेखेरै दिएपनि क्याम्पस प्रमुखले विद्यार्थी संगठनसंग छलफल नगर्नुमा आफू दोषी नभएको दावी गर्दै क्याम्पस प्रशासनसंग छलफल  गर्न आग्रह गरेका छन् । प्रकाशचन्द्र बुढा ऐरको सहयोगमा


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ