पढ्न करिब 2 मिनेट लाग्छ

फागुन २१, रोल्पा । नमुना विद्यालय निर्माण अभियानमा लागेको रोल्पा जिनाबाङको सिद्धार्थ माध्यमिक बिद्यालयलाई एनआरएन स्विडेनले दुई कोठे भवन निर्माणमा सहयोग गर्ने भएको छ ।

एनआरएन साउदीद्वारा अनुदान गरिएको इ-लाब्रेरी दुइकोठे निर्माणाधीन भवनको अनुगमन तथा भवन सिलान्यास कार्यक्रममा एनआरएन स्विडेनले निर्माणाधीन भवनमै दुई तला थप्न सात लाख दिने घोषणा गरेको हो ।

कार्यक्रममा एनआरएन स्विडेन प्रतिनिधि अर्जुन श्रेष्ठ (एनआरएन महासचिव) र बिद्यालय प्रतिनिधिहरु गोर्ख बहादुर ओली (प्रधानाध्यापक), तिलक राम ओली (विव्यस अध्यक्ष) र प्रेम बहादुर ओली (अभियान संयोजक) बीच आठ बुंदे सहयोग सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त हस्ताक्षर पत्रमा अनुदान गरिने भनिएको रकम ३ किस्तामा बजेट निकासी गरिने उल्लेख गरिएको छ ।

कार्यक्रममा अभियान संयोजक प्रेम बहादुर ओलीले नमुना विद्यालय अभियानबारे प्रस्ट्याउदै बिश्वभर रहेका दाताहरुलाई सहयोग गर्न आव्हान गरेका छन् । शिक्षा नै दिगो बिकासको आधार भएकाले आफुहरुले शैक्षिक व्यवस्थापनमा दिनरात खटेर भएपनि यो महाअभियानमा जुटीरहेको जानकारी दिए ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि अर्जुन श्रेष्ठ र उहाँकी धर्म पत्नी सकुन्तला श्रेष्ठको २७औं वैवाहिक जिबनको उपलक्ष्यमा विद्यालयको नाममा रहेको अक्षयकोषमा नगत रु. एक लाख एक हजार एघार (रु. १,०१,१११) व्यक्तिगत सहयोग गरेको नमुना बिद्यालय निर्माण अभियान सूचना विभागका अध्यक्ष केबी गुरुङले जानकारी दिए ।

अहिलेसम्म अक्षयकोषमा सहयोग गर्ने दाताहरुमध्ये सबैभन्दा धेरै सहयोग गर्ने अक्षयकोष सारथिको रुपमा अर्जुन श्रेष्ठ भएको पनि उनले जानकारी दिए । कार्यक्रममा एनआरएनए एनसीसी साउदीका सदस्य भक्त वीर राई, जिल्ला शिक्षा स्रोत व्यक्ति शेर बहादुर डाँगी, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, अन्तर बिद्यालयका शिक्षक/शिक्षिकाहरु, पत्रकार र स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।