प्रभात सुवेदी । चैत्र ६, बर्दिया । 

जिल्लाको राजापुर नगरपालिकामा आजदेखि दमकल सेवा शुरु भएपछि स्थानीयबासी खुशी भएका छन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । चैत्र ६, बर्दिया । 

जिल्लाको राजापुर नगरपालिकामा आजदेखि दमकल सेवा शुरु भएपछि स्थानीयबासी खुशी भएका छन् ।

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

दमकलले ल्याएको खुशी

२०७३, ६ चैत्र आईतवार १२:०२

प्रभात सुवेदी । चैत्र ६, बर्दिया । 

जिल्लाको राजापुर नगरपालिकामा आजदेखि दमकल सेवा शुरु भएपछि स्थानीयबासी खुशी भएका छन् ।

 

सरकारबाट प्राप्त रु ६० लाख अनुदानबाट दमकल खरीद गरिएको राजापुर नगरपालिकाका कार्यकारी अधिकृत भेषराज खनालले जानकारी दिनुभयो । साथै वहाँले दमकल सेवा शुरु भएपछि अब राजापुर लगायत वरपरका जनताले आगलागीका घटनाबाट हुने धनजनको क्षती न्यूनीकरण गर्न सहयोग पुग्ने बताउनु भयो । 

यसरी सञ्चालनमा ल्याइएको दमकल अहिले भने नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगको समन्वयबाट संचालन गरिने र दिगो व्यवस्थापनका लगि छिट्टै नै आवश्यक मानव संसाधनको व्यवस्थापन गरिने कार्यकारी अधिकृत खनालले बताउनुभयो । 

राजापुर क्षेत्रमा आलागलागीका घटना भएमा ईलाका प्रहरी कार्यालयको फोन नं. ०८४–४६०१९९, सशस्त्र प्रहरी फोन नं.०८४–४६०५२५ र राजापुर नगरपालिकाको कार्यालय फोन नं. ०८४–४६०१११ मा सम्र्पक गर्न सकिने बताइएको छ ।

राजापुर तथा यस वरपरका क्षेत्रहरुमा विशेषगरी गर्मी मौसममा आगलागीका घटनाहरु हुने गरेकोले अब दमकल सेवाको प्रारम्भ भएसँगै यसबाट हुने जोखिमलाई न्यूनीकरण गर्न सहयोग पुग्ने कोठियाघाट राष्ट्रिय साप्ताहिकका प्रकाशक गान्दिप कायस्थले बताउनुभाये । यसैगरी राजापुुर नगरपालिका स्थापना भएदेखी नै स्थानियबासीबाट दमकलको माग गरिएको र सो अनुरुप दमकल आएपछि स्थानीय बासिन्दाहरु निकै खुशी भएका र यसबाट आगलागीका घटनाहरुबाट हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्नका लागि सघाउ पुग्नेमा ने. क.पा माओवादी केन्द्रका दिपेश थारु विश्वस्त हुनुहुन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति