चैत २६, सल्यान । कैदीबन्दीले जिल्ला कारागारभित्रै विभिन्न उद्यम गरी मासिक रु २५ हजार बढी आम्दानी गर्न थालेका छन् । 

कैदीबन्दीले मुढा, टोकरी आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २६, सल्यान । कैदीबन्दीले जिल्ला कारागारभित्रै विभिन्न उद्यम गरी मासिक रु २५ हजार बढी आम्दानी गर्न थालेका छन् । 

कैदीबन्दीले मुढा, टोकरी आ"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

सल्यान कारागारका कैदीबन्दीले मासिक २५ हजार यसरि कमाउछन

२६ चैत्र २०७३, शनिबार ०६:१३


चैत २६, सल्यान । कैदीबन्दीले जिल्ला कारागारभित्रै विभिन्न उद्यम गरी मासिक रु २५ हजार बढी आम्दानी गर्न थालेका छन् । 

कैदीबन्दीले मुढा, टोकरी आदि बाँसजन्य सामग्री उत्पादन गरिरहेका छन् । कैदीबन्दीले दिनभरि बाँसबाट बन्ने मुढा, टोकरी, डालो, ढाँकाको टोपीलगायत सामग्री तयार गर्ने गरेको जिल्ला कारागार सल्यानका प्रमुख विक्रम केसीले बताउनुभयो । कैदीले मासिक रु २५ हजारभन्दा बढी उनीहरुले उत्पादन गरेका वस्तु बिक्री गरेर नै कमाउने गरेका छन् । 

सामग्री उत्पादन गर्नका लागि आवश्यक पर्ने बाँसलगायत कच्चा पदार्थ जिल्ला कारागार सल्यानको पहलमा ल्याउने गरिएको छ । “कारागाभित्र दिनभर यसै बस्नुभन्दा उत्पादनका काम गरे उनीहरुलाई पनि फाइदा हन्छ जेलजीवन सकिएपछि पनि व्यवसाय सञ्चालन गर्न सक्छन्”, केसीले भन्नुभयो । 

कारागारमा धेरै कैदी रहेको र आफूले जानेको सीप नयाँ आएका कैदीलाई पनि सिकाउने गरेको २४ वर्षीय कैदी महेन्द्र थापाले भने । आफूहरुले कमाएको पैसाले आफूहरुलाई चाहिने खर्च टार्ने गरेको र कतिपयले घरमा समेत पठाउने गरेका छन् । कैदी थापाले आफूहरुलाई कसैले अझ यसबारेमा तालिम लिने हो भने धेरै कमाउन सक्ने जिकिर गरेका छन् । 

कैदीले उत्पादन गरेका वस्तुको बजारको समस्या भने नरहेको केसीले बताउनुभयो । कैदीका उत्पादन खलङ्गा, श्रीनगरलगायत बजारमा जाने गरेको र कतिपयले कारागारमै पुगेर किनेर लैजाने गरेका छन् । हाल जिल्ला कारागार सल्यानमा ६५ कैदी र २२ बन्दी छन् । 

यसैबीच जिल्ला कारागारका कैदीले जिल्ला कारागारमा पुस्तकालयको स्थापना गरिदिन विभिन्न निकायलाई आग्रह गरेका छन् । कारागारभित्र आफूहरुलाई दिन काट्नै मुस्किल हुने हुँदा कसैले पुस्तक कारागारमा उपलब्ध गराएमा आफूहरुलाई सजिलो हुने कैदीले बताएका छन् । केसीले कारागारमा पुस्तकालय स्थापनाका लागि पहल गरिदिन सबैमा आग्रह गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ