कविता उपाध्याय/बैशाख १८, रोल्पा ।  जिल्लाका प्रबुद्ध ब्यक्तिदेखि म्यादी प्रहरी सम्मको ठूलो हुल बिहिबार एकाबिहानै नगर सरसफाइ अभियानमा ब्यस्त थियो । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कविता उपाध्याय/बैशाख १८, रोल्पा ।  जिल्लाका प्रबुद्ध ब्यक्तिदेखि म्यादी प्रहरी सम्मको ठूलो हुल बिहिबार एकाबिहानै नगर सरसफाइ अभियानमा ब्यस्त थियो । "/>

2026-09-19 05:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

लिवाङमा प्रबुद्ध ब्यक्तिदेखि म्यादी प्रहरी सम्म नगर सरसफाइमा, नगरबासीलाई छैन चासो (फोटोफिचर)


कविता उपाध्याय/बैशाख १८, रोल्पा ।  जिल्लाका प्रबुद्ध ब्यक्तिदेखि म्यादी प्रहरी सम्मको ठूलो हुल बिहिबार एकाबिहानै नगर सरसफाइ अभियानमा ब्यस्त थियो । 

सबैका हात हातमा पन्जा थिए । पञ्जा लगाएका हातले फरुवा, बेल्चा तथा झाडु समाएको देख्दा दर्शकहरु जिल्ल परेर हेरिरहेका देखिन्थे । नगरबासी भने सरसफाइ अभियानमा खासै उत्सुक देखिएका थिएनन्। 

जिल्लाकै मुटु मानिने लिबाङको टुडिखेलमा छरिएको फोहरकै छेउमा जम्मा भएको ठूलो हुल देख्दा कुनै मेला वा उत्सव जस्तो लाग्थ्यो । तर त्यो भीड न त मेला थियो न त कुनै उत्सव नै । केवल नगर सरसफाइका लागि रोल्पा नगरपालिकाको आयोजनामा जिल्ला प्रहरी कार्यालय रोल्पाले म्यादी प्रहरी सहित ठूलो जनशक्ति सहयोग गरेको थियो भने खड्ग दल गणको पनि ठूलै टोली सरसफाइ अभियानमा खटिएको थियो । 

त्यही हुलभित्र जिल्ला न्यायाधीस कमलप्रसाद ज्ञवाली, प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराई, स्थानीय विकास अधिकारी सुशील बैद्य, खड्गदल गण रोल्पाका प्रमुख सेनानी अजय गुरुङ, प्रमुख अनुसन्धान अधिकृत मनोज ढकाल, रोल्पा नगरपालिकाका कार्यकारी अधिकृत कमानसिंह थापामगर, जिल्ला समन्वय समिति रोल्पाका सरसफाइ फोकल पर्सन दामोदरप्रसाद सुवेदी लगायत विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको फोहर ब्यवस्थापनमा सक्रिय सहभागिता रहेको थियो भने नगर स्तरीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुपनि सरसफाइ अभियानमा ब्यस्त देखिन्थे । प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीमगर भने दोहोरो भूमिकामा हुनुहुन्थ्यो । उहाँ कहिले कार्यक्रम संचालन त कहिले फोहर ब्यवस्थापनका लागि दौडधुप गरिरहनु भएको थियो ।

बिहिबारको अभियानमा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिको नेतृत्वमा नगर सरसफाइ टिम परिचालन गरिएको थियो । जस अन्तर्गत टुडिखेल सरसफाइका लागि बरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठको नेतृत्वमा ७५ जना म्यादी प्रहरी परिचालित भए ।

यसैगरी भट्ट होटेलदेखि लोकतान्त्रीक चोक सम्म पशु चिकित्सक निमबहादुर सिंहको नेत्ृत्वमा ७५ जना, लोकतान्त्रीक चोकदेखि पीपल चौतारा सम्म प्रमुख अनुसन्धान अधिकृत मनोज ढकालको नेतृत्वमा ७५ जना, पीपल चौतारादेखि सात्तालेखोला (पर्यटन बस्ती) हुँदै सुर्खेती डाँडाँ सम्म खानेपानी तथा सरसरफाई सब डिभिजन कार्यालयका निमित्त प्रमुख हेमन्तराज आचार्यको नेतत्वमा ७५ जना, सात्तालेखोलादेखि शिवालय टोल सम्म उपल्लोबाटो जिल्ला निर्वाचन अधिकारी लिलु गिरीको नेतृत्वमा ७५ जना, शिवालयदेखि खाद्य टोल सम्म जिल्ला शिक्षा अधिकारी चिरञ्जीवि पौडेलको नेतृत्वमा ७५ जना, शिवालय देखि टुडिखेल सम्म शहिरी विकास तथा भवन डिभिजन कार्यालयका डिभिजन प्रमुख इश्वरराज जोशीको नेतृत्वमा ७५ जना , जिल्ला प्रहरी कार्यालय देखि वालमन्दिर बाँसघारी तर्फको बाटोमा पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपानेको नेतृत्वमा ७५ जना परिचालन गरिएको थियो । 

यसरी परिचालन भएको समूहले गरेको कामको अनुगमन तथा मूल्यांकनका लागि जिल्ला न्यायाधीस ज्ञवाली, प्रजिअ डा. भट्राई, प्रनाउ घर्तीमगर, रोल्पा नपाका प्रमुख थापामगर, प्रमुख सेनानी गरुङ लगायत विभिन्न राजनीतिक दलहरु र अन्य कर्मचारीहरु खटाइएको थियो । 

प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हाम्रो स्वास्थ्य संग सरोकार राख्ने सरसफाई अभियानमा कहिले सम्म यसरी कर्मचारी तथा सेना प्रहरीले सक्रियता देखाउने ? यस विषयमा स्थानीय बासीहरुको ध्यानाकर्षण हुन जरुरी देखिन्छ । सबैले घरघरबाट सड्ने र नसड्ने खालका फोहर छुट्टाछुट्टै ब्यवस्थापन गर्न सके स्वतः नगर सरसफाइ हुनेमा दुइमत नहोला । एकातिर जिल्लाले पूर्ण सरसफाइका लागि अभियान थालेको छ भने अर्काे तर्फ जिल्लाको फोहर ब्यवस्थापनको समस्या समाधान हुन सकिरहेको छैन । 

यसरी नै सबैले मन, वचन र कर्मले लागिपरे अवश्यपनि छोटै समयमा जिल्लाले पूर्ण सरसफाइका क्षेत्रमा सफलता हातपार्न सक्ने सरोकारवालाहरुले बताएका छन् । सरसफाइ सबैका लागि भएको हुँदा यसतर्फ सबै स्थानीयबासी पनि उत्सुक बन्न सकेमात्र जिल्लालाई पूर्ण सरसफाइ युक्त जिल्ला बनाउन सकिनेमा दुइमत नहोला । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई