२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टहरामा जन्मेको नाति हिँड्ने भइसक्यो तर घर बनाउने अनुमति पाइएन

१९ बैशाख २०७४, मंगलवार ०८:१०


वैशाख १९, पाल्पा । भूकम्पपीडित सहलकोट सुकेकोटका ७६ वर्षीय गोबद्र्धन दर्जीले घर बनाउनका लागि अनुदान रकमको पर्खाइमा दुई वर्ष टहरामुनी बिताए ।

भूकम्पपछि टहरामा जन्मेको नाति हिँड्डुल गर्नसक्ने भइसक्यो तर घर बनाउन पहिलो किस्ताको रकमसम्म नपाउदा नातिलाई टहरामा हुर्काउन उनलाई कठिन भएको छ । आफूलाई अब घर बनाउने अनुदान रकम पाउछु भन्ने आशा हटिसकेको गोबर्धन बताउँछन् ।

शारीरिक रुपमा अशक्त हुँदै गए पर्नि आफ्नो भन्दा १९ जना परिवारको टहरामा पालनपोषण र बास कसरी बिताउने भन्ने चिन्ताले उनलाई सताएको छ । लामो समय वितिसक्दा पनि घर बनाउने अनुदान र अनुमति नपाउदा अव अनुदान पाइन्छ र घर बनाउँला भन्ने आश नभएको गोवर्धनको गुनासो छ ।

उनी भन्छन् ,“चिसो बढ्यो कि दम बढेर आउछ, गएको जाडोमा दम बढेर झन्डै मरेको थिए”-“भूकम्पपछि जन्मेको नाति दौडिनसक्ने भयो, घर बनाउने अनुमति नपाउदा टहराको बासले छोड्ने भएन”उनी दुखेसो पोख्छन् ।

भूकम्पले ठूलो भौतिक क्षति पुगेको सहलकोट सुकेकोटमा दुई वर्षको अवधिमा टहराको बासले चिसोका कारण दुई जनाले ज्यान गुमाउनुपरेको स्थानीय उमेशकुमार गाहा बताउँछन् । पालको बासले वृद्धवृद्धा, सुत्केरी महिला र बालबालिका बढी प्रभावित भएका छन् ।

भूकम्पपछि टहरामा बास बस्दै आएका यहाँका पाँच सुत्केरीले टहरामै बच्चा जन्माउन बाध्य भए । गएको हिउँदमा घर बनाएर सहजसँग बास बस्ने सपना बोकेका भूकम्पपीडितको सपना ओइलाएर गएको छ ।

यसवर्षको बर्खायाममा पनि उनीहरुले टहरामै जीवन गुजार्नुपर्ने निश्चित छ । पहिलो किस्ताको रकम पनि नपाउदा घर बनाउने सुरसारै गर्न नपाएको स्थानीय तिलवीर रानाको गुनासो छ ।

उनले पहिलो किस्ताबापतको रकम अनुदान पाएको खण्डमा वर्खा अगाडि नै घरको जग राख्ने र हिउँद अगाडि नै घर निर्माण गर्ने योजना बुनेका थिए ।

वडा नागरिक मञ्चका संयोजक भुमबहादुर राना भन्छन् ,“न अनुदान पाइयो न त घर बनाउने अनुमति नै पाइयो”-“सरकारले दिन्छु भनेर पीडित जनतालाई आशा देखायो तर दुई वर्षसम्म टहरा र त्रिपालमा रात कसरी बिताए पीडितले भन्ने कहिल्यै सोचेन” उनले दुखेसो पोखे ।

पुनःनिर्माण प्राधिकरणले सङ्कलन गरेको तथ्याङ्कअनुसार सहलकोट क्षेत्रमा मात्र ६१ घर पूर्णरुपमा क्षति भएकामा साविक-९ सुकेकोट गाउँमा ४१ वटा घर पूर्ण क्षतिग्रस्त भएका थिए । अन्य बाँकीमा आंशिक क्षति पुगेको थिायो ।

पाल्पाको साविकको गल्धा, रामपुर, बाकामलाङ्, कोलडाँडालगायतका क्षेत्रमा भूकम्प प्रभावित बढिरहेका छन् ।

जिल्ला तथ्याङ्क कार्यालयकाअनुसार जिल्लाका १० हजार चार सय ९५ घर पूर्णरुपमा क्षति भएकामा तीन हजार चार सय ३१ घरको लागि पहिलो किस्ताको अनुदान सम्झौता भएको जिल्ला समन्वय समितिले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य