2026-09-19 08:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

माओवादी केन्द्रका उमेद्बारले भने- बेल्डाँडीलाई सडक सञ्जाले जोड्छौँ

जेठ २६, कञ्चनपुर । नेकपा माओवादी केन्द्र बेल्डाँडीका उमेद्बारले बेल्डाँडी गाउँपालिकालाई सडक सञ्चालले जोड्ने उद्घोष गरेका छन् । 

दोस्रो चरणमा हुने चुनावी तयारीका सिलसिलामा शुक्रबार बेल्डाँडी गाउँपालिका–४ बाट घरदैलो शुरु गरेका माओवादी उमेद्बारले यस्तो घोषणा गरेका हुन् । 

माओवादी केन्द्रका तर्फबाट बेल्डाँडी गाउँपालिका वडा नम्बर १ को अध्यक्षका उमेद्बार बनेका एकेन्द्र शाहले माओवादी केन्द्र बेल्डाँडी गाउँपालिकाका अध्यक्षका उमेद्बार नन्द कुमार एसके, उपाध्यक्ष कल्पना गिरी सबै वडा अध्यक्ष तथा सदस्यले बेल्डाँडीको एकिकृत दिगो विकासमा जोड दिएका छन् । 

उनका अनुसार बषौँ देखि राज्यबाट उत्पिडनमा परेको बेल्डाँडीको सम्बृद्धिका लागि माओवादी केन्द्रका उमेद्बार प्रतिबद्ध रहेका छन् । ‘माओवादी केन्द्रकै संघर्षका कारण सिहदरबारको अधिकार गाउँमा आएको छ, ‘उनले भने, ‘आएको अधिकार कार्यान्वयनका लागि माओवादी केन्द्रका उमेद्बारले जित्नुपर्छ ।’ 

आफैले ल्याएको नीति कार्यक्र्म कार्यान्वयनका लागि माओवादी केन्द्र कटिबद्ध रहेको समेत उनको भनाई छ ।

 उमेद्बार शाहले बेल्डाँडीको विकासका लागि सदरमुकाम महेन्द्रनगरसंग जोड्नका लागि बेल्डाँडी दैजी सडक कालोपत्रे, बेलौरी हुँदै धनगढी जोड्नका लागि हुलाकी सडक कालोपत्रे लगायतका हरेक वडामा पुग्ने सडकको स्तरोन्नती गरेर बेल्डाँडीलाई स्थानीय र राष्ट्रिय क्षेत्रबाट सडक संजालमा जोड दिएका छौँ । यस्तै सीमा क्षेत्रको सुरक्षाका लागि शसस्त्र प्रहरी बलको क्याम्पस स्थापनका साथै सीमा क्षेत्रका जनतालाई विषेश राहतका कार्यक्रम संचालन गरिने छन् । 

गाउँको छेउमै रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा सामुदायिक वन छुट्याउनुपर्ने, गाउँको समग्रं शैक्षिक, स्वास्थ्य विकासका साथै कृषि क्षेत्रका अर्गानिकका साथै आधुनिक कृषि प्रणालीको विकास गर्न माओवादी केन्द्र तत्तपर रहेको बताए । समग्र बेल्डाँडीको समाजिक, आर्थिक, साँस्कृतिक, भौतिक विकासका लागि माओवादी केन्द्रले योजना अघि सारेको समेत बताउदै माओवादी केन्द्र दिगो विकास र सम्बृद्धिका लागि जनतालाई सेवा सुविधा पु¥याउने काममा प्रतिबद्ध रहेको समेत उनीहरुले बचन दिईरहेका छन् । 

माओवादी केन्द्रले मतदाताहरुलाई समेत स्थानीय निर्वाचन स्थानीय दिगो विकास र सम्बृद्धिका लागि जसले जनतालाई साथ दिन्छ, जसैलाई भोट दिन समेत आग्रह गरिरहेका छन् । विकासबाट पछाडीपारिएका जनताले सम्बृद्धि हुनुपर्ने माग अघि सारिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई