Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

डडेल्धुरामा बिगक्याट ईन्टरनेशनलले ल्यायो केस कन्ट्रक्सनको एस्काभेटर र लोडर

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असार ३, डडेल्धुरा । डडेल्धुरामा केस कन्ट्रक्सनले उत्पादन गरेका एस्काभेटर र लोडर उपलब्ध हुने भएको छ ।

बिग क्याट ईन्टरनेशनल प्रालि डडेल्धुराले  जिल्लामा अब उक्त उत्पादन गरेका हेभि इक्युपमेन्टहरु उपलब्ध गराउने भएको हो । बिहिबार केस कन्ट्रक्सनले उत्पादन गरेका हेभि इक्युपमेन्टका वारेमा जिल्ला सदरमुकाममा जानकारी दिईएको छ ।

फोर्स कन्ट्रक्सन एण्ड एशोसियट्स प्रालिको आयोजना तथा बिगक्याट ईन्टरनेशनल प्रालिको सह आयोजनामा भएको ग्राहक तथा बित्तिय संस्था भेटघाट कार्यक्रममा केस कन्ट्रक्सनद्वारा उत्पादित हेभि इक्युपमेन्टका बारेमा जानकारी दिईएको हो । सो कम्पनिले लोडर, डोजर, स्काभेटर लगायतका हेभि इक्युपमेन्टहरु अब डडेल्धुरामा पनि ल्याउने भएको छ ।

यसैबिच सोही कार्यक्रमका अवसरमा एक ग्राहकले उक्त कम्पनिको लोडर समेत खरिद गरेका छन् । उनलाई औपचारीक रुपमा चाबि बुझाई लोडर हस्तान्तरण गरिएको हो । अब जिल्लामा नै बिगक्याट ईन्टरनेशनल प्रालिले केस कन्ट्रक्सनको हेभि इक्युपमेन्ट उपलब्ध गराउनुका साथै इक्युपमेन्टका सम्पुर्ण मर्मत सामाग्रीहरु समेत उपलब्ध गराउने बिगक्याट ईन्टरनेशनल प्रालिका म्यानेजिङ डाईरेक्टर श्याम भट्टले बताएका छन् ।

पुरानो र सर्वाधिक रुचाईएको उक्त कम्पनिद्वारा उत्पादित हेभि इक्युपमेन्टको बजारको विक्री अवस्था र सर्भिस सेवाका वारेमा पनि ग्राहकहरुलाई जानकारी दिनुका साथै उनिहरुवाट सल्लाह र सुझावसमेत कम्पनिले लिएको थियो । त्यस अवसरमा कम्पनिका जनरल म्यानेजर कुलदिप घिमिरेले कम्पनिको उत्पादनका वारेमा जानकारी गराएका थिए ।

कम्पनीले उत्पादन गरेका हेभि इक्युपमेन्टहरु मजबुत हुनुका साथै कम इन्धन खपत गर्ने, उच्च उत्पादनशीता, कम मर्मत संहार खर्च तथा सहज सञ्चालनजस्ता विशेषताहरु रहेको समेत जनरल म्यानेजर घिमिरेले जानकारी दिएका छन् ।