टेक शाही/असार १९, डोल्पा । नेपाल पत्रकार महासंघ डोल्पाको आयजनामा सूचनाको हक संरक्षण, सम्वद्र्धन र प्रचलन सम्बन्धि गोष्ठी सम्पन्न भएको छ । 

सुचना "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/असार १९, डोल्पा । नेपाल पत्रकार महासंघ डोल्पाको आयजनामा सूचनाको हक संरक्षण, सम्वद्र्धन र प्रचलन सम्बन्धि गोष्ठी सम्पन्न भएको छ । 

सुचना "/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

पत्रकार महासंघ डोल्पाको आयोजनामा सूचनाको हक संरक्षण सम्बन्धि गोष्ठी सम्पन्न

१९ असार २०७४, सोमबार ०७:४६


टेक शाही/असार १९, डोल्पा । नेपाल पत्रकार महासंघ डोल्पाको आयजनामा सूचनाको हक संरक्षण, सम्वद्र्धन र प्रचलन सम्बन्धि गोष्ठी सम्पन्न भएको छ । 

सुचना आयोग,नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय र किर्डाक नेपाल डोल्पाको आर्थिक सहयोगमा जिल्लामा एक दिने सूचनाको हक संरक्षण, सम्वद्र्धन र प्रचलन सम्बन्धि गोष्ठीको आयोजना गरिएको नेपाल पत्रकार महासंघ डोल्पाकी उपाध्यक्ष मन कुमारि हिराचनले जानकारि दिनु भयो । 


सूचनाको हक संरक्षण, सम्वद्र्धन र प्रचलन के कस्तो छ ? सुचनाको हक भनेको के हो ? कसरि यस्को प्रयोग हुन्छ कुन कुन सुचना लिन पाइन्छ र कस्ता सुचनाहरु लिन पाइदैन अर्थात कति प्रकारका सुचनाहरु गोप्य राखिन्छ भन्ने बारेमा सहयाक प्रमूख जिल्ला अधिकारि मान बहादुर बुढाले प्रशिक्षण दिनु भयो । 


कुनै पनि नागरिकले सुचनाको हकको प्रयोग गरि नागरिकले सुचना लिन पाउने साथै नागरिकले प्रकृया पूरा गरेको मागेको सुचना कुनै पनि सरकारी तथा गैरसरकारी कार्यालयले लिखित रुपमा दिनु पर्ने पनि प्रशिक्षक बुढाले बताउनु भयो । 

डोल्पा जिल्लामा बिगत एक बर्ष पहिले सरकारी कार्यालयहरुमा सुचना अधिकारिको नाम तोकेको र सुचना अधिकारि तोकेको केहि दिनमा नै कार्यान्वयनमा नआएको सहभागिह सञ्चारकर्मिहरुको भनाइ रहेको थियो । 


डोल्पा जिल्लामा सुचना मागेको अबस्थामा सुचना अधिकारि वा कार्यालय प्रमूख कस्ले दिन्छ भन्ने बिषयमा अन्तरक्रिया गरिएको थियो । जिल्लामा सुचना सजिलै नँदिने र नागरिकले समाजले मात्र सुचनाको हक सम्बन्धी ऐन २०६४ को प्रयोग गरि बिभिन्न निकायबाट सुचना माग्ने प्रचलनको सूरुवात गरेको नागरिक समाज डोल्पाका अध्यक्ष शेर बहादुर बुढाले बताउनु भयो । 


डोल्पा जिल्लामा कुनै पनि कार्यालयहरुमा गुनासो पेटिका नँभएको र गुनासो सुनुवाइ समिति पनि निष्कृय अबस्थामा रहेकोले सेवाग्राहिको गुनासो सुनाइ नै नह्ुने गरेको पाइएको किर्डाक नेपाल डोल्पाका जिल्ला सँयोजक सुरेन्द्र ढकालले बताउनु भयो । 

सुचना सजिलै दिने बानिको बिकास नँभएको र नागरिकले पनि सुचना कसरि माग्ने भन्ने बिषयमा जानकारि नँभएको कारण पनि सेवाग्राहिले आफुले पाउने सुचनाहरु तथा जानकारिको बारेमा प्रष्ट नभएको पनि सँयोजक ढकालले बताउनु भयो । 


हरेक नागरिकले सुचनाको हक सजिलै प्रयोग गर्न पाउनु पर्ने,गुनासो सुनवाइ समिति निष्क्रीय भएको स्वभाबिक भएको स्विकार्दै आगामि दिनमा गुनासो सुनुवाइ समितिको सक्रिय गारइ सुझाब पेटिकाको पनि ब्यबस्था गर्ने र हरेक नागरिक तथा सेवा ग्राहिले सजिलै पाउने जतिको सुचना पाउनेमा कुनै पनि सँका नगर्न स्थानिय बिकास अधिकारी सागर मिश्रले जानकारि दिनु भयो । सूचनाको हक संरक्षण, सम्वद्र्धन र प्रचलन सम्बन्धि नागरिकलाइ जानकारि दिन नसकेको र सरकारले सुचनाको हकको बारेमा ऐन कानुन बनाएको भएता पनि कार्यान्वयमा ल्याउनको लागि खासै प्रभाबकारि तवरमा लाग्न नसकेको पनि मिश्रले बताउनु भयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी