टेक शाही/असार ३०, डोल्पा । डोल्पा सदरमुकाम दुनै बजार दैनिक उच्च जोखिममा पर्दै गएको छ । 

भेरि नदिको किनारामा रहेको दुनै बजारमा झण्डै साढे एक लाख क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/असार ३०, डोल्पा । डोल्पा सदरमुकाम दुनै बजार दैनिक उच्च जोखिममा पर्दै गएको छ । 

भेरि नदिको किनारामा रहेको दुनै बजारमा झण्डै साढे एक लाख क"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भेरी नदीको बहाव दैनिक बढ्दै, डोल्पाको सदरमूकाम दुनै बजार उच्च जोखिममा

३० असार २०७४, शुक्रबार ०९:०८


टेक शाही/असार ३०, डोल्पा । डोल्पा सदरमुकाम दुनै बजार दैनिक उच्च जोखिममा पर्दै गएको छ । 

भेरि नदिको किनारामा रहेको दुनै बजारमा झण्डै साढे एक लाख क्यूबिक फिट भन्दा धेरै पानिको बहाव बढे पछि दुनै बजार उच्च जोखिम देखिएको छ । 

समून्द्रि सतहबाट २ हजार ८५ मिटर उचाइमा रहेको दुनै बर्षेनि बर्षाको समयमा उच्च जोखिममा रहने गर्दछ । तिब्बतको सिमाना र मुस्ताङको सिमानमा उद्धगम स्थाल भएको भेरि नदिले हाल सम्म धनजन र मानबिय क्षेति भने पुर्याएको छैन । सुख्खा भु–भाग रहेको दुनैमा पानि कम मात्र पर्ने गर्दछ तर उच्च हिमाली भु–भागबाट पानि धेरै आउने भएको कारण भेरि नदिको बहाव उच्च हुने गरेको वाताबरणको बिद्यार्थि योगेन्द्र बुढाले बताए । 

करिब २ हजार ७ सय बराबार जनस्ख्या बसोबास गर्ने दुनैमा भेरि नदिको बहाव दैनिक बढ्न लागे पछि स्थानियहरु बारमबार त्रसित हुने गरेका छन । चारै तिर उच्च पहाड र सुख्खा पाखाहरु भएको कारण ति नाँङ्गा पाखाहरुबाट उत्याधिक पानि परेको अबस्थामा बाढि पहिरो आएमा दुनैको बजार पूरै खतारमा पर्ने स्थानिय ओम रोक्का मगरले चिन्ता ब्यक्त गरे । 

दुनैका स्थानियहरुले हिउदमा भेरि नदिको छेउबाटै ग्याबिन हालेर घर बनाउने गरेका छन । हिउदमा त्यसरि बनाएको घर बर्षाको समयमा पानिको मात्रा भेरिमा बढे पछि भेरि नदिको किनारामा जग भएका ७० घरहरु सबै उच्च जोखिममा रहेका छन । किनारमा भएका घरहरु जोखिममा भएका र त्यसरि जोखिम मोलेर बसोबास नगर्न अनुरोध गरेको प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले बताए । 


सदरमुकामको पूरै बस्तिहरु जोखिममा भए पछि सँरक्षणको लागि भन्दै जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय डोल्पाले बिभिन्न ठाँउमा भेरि नदिको किनारामा तटबन्द गर्ने काम गरेको छ । हरेक बर्ष बर्षामा पानिको बहाव भढ्ने र पानिले क्षय गर्दै जाने भएकोले दुनैका स्थानियले खतरा मोली राख्नु पर्ने र अब त्यसबाट केहि हत सम्म भए पनि सँरक्षणको प्रयास गर्ने गरेको जल उत्पन्न प्रकोप नियन्त्रणका प्राबिधिकहरुले बताए । 

सदरमुकाम भेरि नदिको किनारमा भएको कारण हिउदको समयमा फोहोर पनि निकै धेरै हुने गरेको छ । खानेपानि तथा सरसफाइ स्वाच्छता समन्वय समितिले बिभिन्न समयमा सरसफाइ गरे पनि बर्षाको समयमा पानिको बहाव उच्च हुने भएको कारण भेरि नदि सफा रहने गर्दछ । 

पाच बर्ष भित्रमा भेरि नदिको पानि अञ्जुली भेरर पिउन मिल्ने योग्य बनाउने स्थानिय निर्वाचन ०७४ मा निर्वाचित ठुली भेरि नगरपालिकाका उपप्रमूख योगन्द्र बहादुर शाहीले प्रतिबद्धता जनाएको बताए । पानि पिउन मिल्ने बनाउने प्रतिबद्धता सबैले जानए पनि बर्षा याममा भेरि नदिको कारण दुनै बजार उच्च जोखिम बढदै गएको प्रति भने कसैको पनि चासो गएको पाइदैन ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य