शंकर के सी/साउन १९, सल्यान । पछिल्लो समय सल्यानमा रुख रोप्नु पर्छ भन्ने धारणा विकास हुंदै गएको छ । 

पहाडी क्षेत्रलाइ साँच्चीकै वस्न योग्य, रमणिय "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

शंकर के सी/साउन १९, सल्यान । पछिल्लो समय सल्यानमा रुख रोप्नु पर्छ भन्ने धारणा विकास हुंदै गएको छ । 

पहाडी क्षेत्रलाइ साँच्चीकै वस्न योग्य, रमणिय "/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

पहाडी क्षेत्र साँच्चीकै वस्नयोग्य र हराभरा हुँदै, आम्दानी दिने विरुवा रोप्दै वन समूह र निजि किसान

१९ श्रावण २०७४, बिहीबार ११:२४


शंकर के सी/साउन १९, सल्यान । पछिल्लो समय सल्यानमा रुख रोप्नु पर्छ भन्ने धारणा विकास हुंदै गएको छ । 

पहाडी क्षेत्रलाइ साँच्चीकै वस्न योग्य, रमणिय र हराभरा बनाउनका लागी खालि, नांगा पाखा तथा डाँडोहरुमा वृक्षरोपण गर्नुपर्छ भन्ने सोँचाइ यहाँका वासिन्दामा बढ्दै गएको हो ।

वातावरण पनि शुन्दर र हराभरा हुने आर्थीक रुपमा पनि फाइदा हुने भएपछि जिल्लाका निजि किसान, सामुदायीक वन समूह एपम् संघसंस्थाहरुले विरुवा उत्पादन र रोपण कार्यलाइ जोड दिएको पाइन्छ । सामुदायीक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य घनश्याम शर्माले मानिसमा रुखको महत्व बढ्दै गएको बताए ।

उनले भने– ‘पहाडी क्षेत्रबाट बसाइ सरेर तराइ लगाएतका क्षेत्रमा जानेहरु पनि बढ्दैछन् तर पछिल्लो समय आम्दानी दिने प्रजातीका रुख रोप्ने कार्य सल्यानमा चलेको छ, यसले पक्कै पनि पहाडी क्षेत्रलाइ वस्न योग्य बनाउने छ ।’ यस अभियानमा सल्यानका सामुदायीक वन समूहहरु सक्रियताको साथ लागेको शर्माको भनाइ छ ।

जिल्लाको रीममा रहेको मुनाल सामुदायीक वन समूहले आफ्ना उपभोक्ताहरुलाइ वनजंगल संरक्षण तर्फ अग्रसर बनाइ विरुवा उत्पादन र विक्रि समेत गर्दै आएको छ । प्रत्येक वर्ष कम्तीमा १५ हजार देखि २० हजारको संख्यामा विरुवा उत्पादन गर्दै आएको कपुरकोट गाउँपालिका ५ रीममा रहेको मुनाल सामुदायीक वन समूहले यस वर्ष पनि डाले घाँस, जडिबुटी र फलफुलका विरुवा उत्पादन गरेको समूहका अध्यक्ष टिकाराम बुढाले जनाए ।

उनले भने– ‘हामीले २०६३ साल देखि नै नर्सरी स्थापना गरेर आर्थीक रुपमा फाइदा दिने प्रजातिका विरुवा उत्पादन, वन क्षेत्र तथा हाम्रा उपभोक्ताको निजि जमीनमा रोप्ने कार्य गर्दै आएका छौं ।’ यस वर्ष पनि मुनाल सामुदायीक वनको नर्सरीबाट डाले घाँसका विरुवा बाँज, रयज, बुकाइनो, इपीलीपील त्यस्तै जडिबुटिका टिमुर, रिठा, चिउरी र फलफुलमा अनार, कागती, अमिलो लगाएतका विरुवा उत्पादन गरेर विक्रि समेत गरेको वन समूहका सल्लाहकार खड्क केसीले बताए ।

उनले भने–‘हामीले आफ्नो वन समूहका उपभोक्तालाइ निःशुल्क रुपमा विरुवा वितरण गर्छा, अन्य वन समूह तथा किसानहरुलाइ केहि शुल्क लिएर वितरण गर्नेगरेका छौं ।’ यसबाट वन समूहलाइ आम्दानी पनि हुने गरेको केसीले बताएका छन् । विरुवा विक्रिबाट वार्षिक ५० हजार रुपैयाँभन्दा बढि आम्दानी हुने गरेको सल्लाहकार केसीको भनाइ छ । अहिले मुनाल सामुदायीक वनका हरेकजसो उपभोक्ताको घरघरमा आम्दानी दिने जातका वनस्पतीहरु रोपेको देख्न सकिन्छ ।

कतीपय उपभोक्ताले त व्यवशायीक रुपमै फलफुल खेती गरेर मनग्य आम्दानी समेत लिने गरेका छन् । दई सय १९ हेक्टर क्षेत्रफलमा फैलिएको मुनाल सामुदायीक वन समूहमा एक सय २१ घरधुरि उपभोक्ताको रुपमा आवद्ध छन् । वन समूहले व्यवस्थीत तरिकाले कार्यसमपादन गर्न र आगामी दिनमा वनलाइ हराभरा गराइ उपभोक्ताहरुलाइ आम्दानीको बाटोतर्फ अग्रसर गराउने लक्ष्य राखेको छ । वनले नर्सरी नाइकेको रुपमा एक जना र वन संरक्षकको रुपमा एक जनालाइ रोजगारि समेत दिएको छ ।

मुनाल सामुदायीक वन समूहको उदाहरणिय काम जिल्लाका अरु सामुदायीक वनहरुले पनि अनुकरण गर्न जरुरी देखिन्छ । पहाडी क्षेत्रका पाखा, ढिक, काल्ना, खोल्साखाल्सीमा जडिबुटि, फलफुल र घाँस खेती गरेर मनग्य आम्दानी लिने प्रशस्त सम्भावना छ । जडिबुटी र फलफुल खेतीको मुटु मानिने सल्यानमा यसलाइ आधुनिक र व्यवशायीक अनी व्यवस्थीत गर्दै लैजानुपर्ने आवश्यकता देखिएको छ ।

तर यसमा यहाँका वासिन्दा स्वयम् जागरुक हुन जरुरी छ भने सरोकारवाला निकायले पनि कदम चाल्नुपर्ने देखिन्छ । स्थानीय सरकार गठन भइसकेको अवस्थामा यस क्षेत्रको वनजंगलमा पनि आम्दानी दिने रुख रोप्ने, किसानहरु व्यवशायीक खेती र पशुपालनतर्फ अग्रसर हुने अपेक्षा धेरैको रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य