शंकर के सी/साउन १९, सल्यान । पछिल्लो समय सल्यानमा रुख रोप्नु पर्छ भन्ने धारणा विकास हुंदै गएको छ । 

पहाडी क्षेत्रलाइ साँच्चीकै वस्न योग्य, रमणिय "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

शंकर के सी/साउन १९, सल्यान । पछिल्लो समय सल्यानमा रुख रोप्नु पर्छ भन्ने धारणा विकास हुंदै गएको छ । 

पहाडी क्षेत्रलाइ साँच्चीकै वस्न योग्य, रमणिय "/>

२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

पहाडी क्षेत्र साँच्चीकै वस्नयोग्य र हराभरा हुँदै, आम्दानी दिने विरुवा रोप्दै वन समूह र निजि किसान

२०७४, १९ श्रावण बिहीबार ११:२४


शंकर के सी/साउन १९, सल्यान । पछिल्लो समय सल्यानमा रुख रोप्नु पर्छ भन्ने धारणा विकास हुंदै गएको छ । 

पहाडी क्षेत्रलाइ साँच्चीकै वस्न योग्य, रमणिय र हराभरा बनाउनका लागी खालि, नांगा पाखा तथा डाँडोहरुमा वृक्षरोपण गर्नुपर्छ भन्ने सोँचाइ यहाँका वासिन्दामा बढ्दै गएको हो ।

वातावरण पनि शुन्दर र हराभरा हुने आर्थीक रुपमा पनि फाइदा हुने भएपछि जिल्लाका निजि किसान, सामुदायीक वन समूह एपम् संघसंस्थाहरुले विरुवा उत्पादन र रोपण कार्यलाइ जोड दिएको पाइन्छ । सामुदायीक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य घनश्याम शर्माले मानिसमा रुखको महत्व बढ्दै गएको बताए ।

उनले भने– ‘पहाडी क्षेत्रबाट बसाइ सरेर तराइ लगाएतका क्षेत्रमा जानेहरु पनि बढ्दैछन् तर पछिल्लो समय आम्दानी दिने प्रजातीका रुख रोप्ने कार्य सल्यानमा चलेको छ, यसले पक्कै पनि पहाडी क्षेत्रलाइ वस्न योग्य बनाउने छ ।’ यस अभियानमा सल्यानका सामुदायीक वन समूहहरु सक्रियताको साथ लागेको शर्माको भनाइ छ ।

जिल्लाको रीममा रहेको मुनाल सामुदायीक वन समूहले आफ्ना उपभोक्ताहरुलाइ वनजंगल संरक्षण तर्फ अग्रसर बनाइ विरुवा उत्पादन र विक्रि समेत गर्दै आएको छ । प्रत्येक वर्ष कम्तीमा १५ हजार देखि २० हजारको संख्यामा विरुवा उत्पादन गर्दै आएको कपुरकोट गाउँपालिका ५ रीममा रहेको मुनाल सामुदायीक वन समूहले यस वर्ष पनि डाले घाँस, जडिबुटी र फलफुलका विरुवा उत्पादन गरेको समूहका अध्यक्ष टिकाराम बुढाले जनाए ।

उनले भने– ‘हामीले २०६३ साल देखि नै नर्सरी स्थापना गरेर आर्थीक रुपमा फाइदा दिने प्रजातिका विरुवा उत्पादन, वन क्षेत्र तथा हाम्रा उपभोक्ताको निजि जमीनमा रोप्ने कार्य गर्दै आएका छौं ।’ यस वर्ष पनि मुनाल सामुदायीक वनको नर्सरीबाट डाले घाँसका विरुवा बाँज, रयज, बुकाइनो, इपीलीपील त्यस्तै जडिबुटिका टिमुर, रिठा, चिउरी र फलफुलमा अनार, कागती, अमिलो लगाएतका विरुवा उत्पादन गरेर विक्रि समेत गरेको वन समूहका सल्लाहकार खड्क केसीले बताए ।

उनले भने–‘हामीले आफ्नो वन समूहका उपभोक्तालाइ निःशुल्क रुपमा विरुवा वितरण गर्छा, अन्य वन समूह तथा किसानहरुलाइ केहि शुल्क लिएर वितरण गर्नेगरेका छौं ।’ यसबाट वन समूहलाइ आम्दानी पनि हुने गरेको केसीले बताएका छन् । विरुवा विक्रिबाट वार्षिक ५० हजार रुपैयाँभन्दा बढि आम्दानी हुने गरेको सल्लाहकार केसीको भनाइ छ । अहिले मुनाल सामुदायीक वनका हरेकजसो उपभोक्ताको घरघरमा आम्दानी दिने जातका वनस्पतीहरु रोपेको देख्न सकिन्छ ।

कतीपय उपभोक्ताले त व्यवशायीक रुपमै फलफुल खेती गरेर मनग्य आम्दानी समेत लिने गरेका छन् । दई सय १९ हेक्टर क्षेत्रफलमा फैलिएको मुनाल सामुदायीक वन समूहमा एक सय २१ घरधुरि उपभोक्ताको रुपमा आवद्ध छन् । वन समूहले व्यवस्थीत तरिकाले कार्यसमपादन गर्न र आगामी दिनमा वनलाइ हराभरा गराइ उपभोक्ताहरुलाइ आम्दानीको बाटोतर्फ अग्रसर गराउने लक्ष्य राखेको छ । वनले नर्सरी नाइकेको रुपमा एक जना र वन संरक्षकको रुपमा एक जनालाइ रोजगारि समेत दिएको छ ।

मुनाल सामुदायीक वन समूहको उदाहरणिय काम जिल्लाका अरु सामुदायीक वनहरुले पनि अनुकरण गर्न जरुरी देखिन्छ । पहाडी क्षेत्रका पाखा, ढिक, काल्ना, खोल्साखाल्सीमा जडिबुटि, फलफुल र घाँस खेती गरेर मनग्य आम्दानी लिने प्रशस्त सम्भावना छ । जडिबुटी र फलफुल खेतीको मुटु मानिने सल्यानमा यसलाइ आधुनिक र व्यवशायीक अनी व्यवस्थीत गर्दै लैजानुपर्ने आवश्यकता देखिएको छ ।

तर यसमा यहाँका वासिन्दा स्वयम् जागरुक हुन जरुरी छ भने सरोकारवाला निकायले पनि कदम चाल्नुपर्ने देखिन्छ । स्थानीय सरकार गठन भइसकेको अवस्थामा यस क्षेत्रको वनजंगलमा पनि आम्दानी दिने रुख रोप्ने, किसानहरु व्यवशायीक खेती र पशुपालनतर्फ अग्रसर हुने अपेक्षा धेरैको रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी