सास । भदौ ९, बर्दिया । 

यहाँ लाखौंका गाडीहरु पार्किङ गरिन्छन् । अनि यहिँ नजिकै रहेका व्यापारिक केन्द्रहरु र होटल तथा अन्य साना व्यावसायीहरुबाट करोडौंको कारोवार पनि गरिन्छ तर दुई तीन हजार खर्च गरेर यो बाटोको दूर्दशा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । भदौ ९, बर्दिया । 

यहाँ लाखौंका गाडीहरु पार्किङ गरिन्छन् । अनि यहिँ नजिकै रहेका व्यापारिक केन्द्रहरु र होटल तथा अन्य साना व्यावसायीहरुबाट करोडौंको कारोवार पनि गरिन्छ तर दुई तीन हजार खर्च गरेर यो बाटोको दूर्दशा "/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

आँखामा पट्टी कानमा कपास

९ भाद्र २०७४, शुक्रबार १२:३५

सास । भदौ ९, बर्दिया । 

यहाँ लाखौंका गाडीहरु पार्किङ गरिन्छन् । अनि यहिँ नजिकै रहेका व्यापारिक केन्द्रहरु र होटल तथा अन्य साना व्यावसायीहरुबाट करोडौंको कारोवार पनि गरिन्छ तर दुई तीन हजार खर्च गरेर यो बाटोको दूर्दशा हटाउन कसैलाई चासो नै छैन ।

गुलरियाको मुख्य बजार केन्द्रमा सडकको दुर्दशा …..नजिकै पार्किङ्ग गरिएको ट्रकले झन अस्त व्यस्त  

बर्दिया जिल्लाको सदरमुकाम गुलरियाको मुख्य चोक राधाकृष्ण चोकबाट जिल्ला समन्वय समितिमार्गतर्फ जाँदा करिब दुई सय मिटरमै पर्ने यो खाल्डोले दु्ःख दिन थालेको झण्डै दुई वर्ष जति भयो । तर यहाँनिर रहेका खाडलहरुमा जम्मा भएको पानी तथा बजारको फोहोरलाई पिचकारीमा पानी भरेर फालेजस्तै गरी हिड्न बाद्य छन् सवारी साधनहरु । नजिकै रहेको एक व्यापारिक केन्द्रमा नियमति रुपमा यसरी ट्रकमा करोडौंका मालसमानहरु आयात हुने गर्दछन् जसका कारण यो बाटोको अवस्था झन् नाजुक भएकोमा स्थानीयहरु चिन्तित छन् । समयमा नै मर्मत सम्भार नगर्ने हो भने यो बाटोको हालत झन खराब हुने स्थानीयहरु बताउँछन् । 


यात्रुहरु यसरी यात्रा गर्न वाध्य छन् ……माेटरसाइकलमा सवार एक यात्रु ….

नजिकै बैंक अफ काठमाडौ रहेकोमा बैंकमा आउदा जाँदा हिले बाटोको कारण सेवाग्राहीहरुलाई अत्यन्तै असुविधा भएको छ । 

यहाँ बनाइएको पिच पनि अधुरो छ । उपयुक्त नाली तथा पानीको निकास छैन । जसका कारण लामखुट्टे तथा अन्य परजिवी र रोगका किटाणुहरु फैलिने डर भएको छ । फोहोर व्यवस्थापनको पनि व्यवस्था छैन । स्थानीय निकाय तथा स्थानीयहरुकै चासो र चिन्ताको विषय हुनु पर्नेमा कसैलाई पनि वास्ता छैन । 

यसका लगि अब छिटै नै सदरमुकाममा विकासको कार्यायोजना बनाइ यस्ता विग्रेका संरचनाहरु यथाशीघ्र बनाउनका लागि सम्बन्धित निकायको ध्यान जानु जरुरी देखिन्छ भने स्थानीय नगरबासीहरुले कानमा तेल हालेर कपास लाएर आँखामा पट्टी बाँधेर बस्न नहुने देखिन्छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु