2026-06-26 05:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

गौरादेवी मन्दिर जमिन विवाद: सार्वजनिक मन्दिरको जमिन हड्प्नेलाई कार्बाहीको माग

2017-09-02

भदौँ १७, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ कालापानीको गौरादेवी मन्दिर जमिनको विषयमा विवाद् बढ्दै गएको छ । 

गौरादेवी मन्दिर समिति र कालापनीका स्थानीयले मन्दिरको जमिन मेरो भन्दै स्थानीय विशन सिहले अनाधिकृत रुपमा खनखोत गरेको बताएका छन् । भने सिह परिवारले आफ्नो भएको दावि गरेको छ । तर सिहसंग जग्गाधनी प्रमाण पत्र छैन् । 

स्थानीयका अनुसार उक्त सर्वजनिक जमिन विस २०५३ सालमा स्थानीय गाउँले मिलेर मन्दिर स्थापना गरेका थिए । 

कालापानीका स्थानीय किशन दत्त भट्टले विगतमा सिँचाईको उक्त सार्वजनिक जमिनमा स्थानीयको आम भेला गराएर मन्दिर बनाएको बताए । ‘यहाँ हामीले २१ बर्ष अघि यो जमिनमा मन्दिर स्थापना गराएका थियौँ, ‘उनले भने, ‘आज आएर सिह परिवारले मेरो भन्दै विच विचमा अनाधिकृत रुपमा खनखोत र पुजा भईरहेका बेला अवरुद्ध पार्दै आएको छ ।’ गौरादेवी मन्दिर संरक्षण समितिका सचिव नवराज जोशीले मन्दिरले अर्जेको जमिन सिह परिवारले बिना कारण विच बिचमा खानजोत गरेर खेती गर्दा समस्या उत्पन्न भएको बताए । 

उनका अनुसार जानकी सिहका ससुरा राम ब. सिहको परिवार विगत वाढीका विस्थापित पीडित हुन । स्थानीयले उनलाई मन्दिरकै छेउमा आश्रय दिएको थियो, पछि आएर रामका छोराबुहारी परिवारले मन्दिरको जमिन कब्जा गरेर खेतीपाती गर्दै आएका छन् । ‘सिह परिवार जेल भन्ने ठाँउमा वाढिले विस्थापित थिए, ‘उनले भने, ‘हामी गाउँले मिलेर उनको परिवारलाई यहाँ बस्न दियौँ, आज आएर पुरै जमिन हडप्न खोजेका छन् ।’

 सिह परिवारले मदिरमा पुजा गर्ने हिन्दुधर्मालम्बीलाई बेला बेलामा गालीगलैच गरेर पुजामा समस्या खडा दिने गरेको उनको आरोप छ । एमालेबाट निर्वाचित शुक्लाफाँटा ७का वडा सदस्य देवी प्रशाद भट्टले सिह परिवारले मन्दिरको जमिन खन्दाखन्दै पुरै हडप्न खोजेको आरोप लगाए । 

‘हामीले सिहको जमिन हडप्न खोजेका होईनौँ, ‘उनले भने, ‘सिह परिवारले पो यो मन्दिरको जमिन हड्प्न खोजेको हो ।’ सुदूरपश्चिमेलीहरुको आस्थाको केन्द्र गौरा, तीज लगायतका पर्वहरु मन्दिरमै मनाउदै आएको बताउदै सिह परिवारले मन्दिरले आर्जेको जमिन हडप्न नहुने र उनले कमाई खाएको जमिन मात्रै खानुपर्ने उनको भनाई छ ।  

कालापानीका महिलाले पनि सिह परिवारबाट आफ्नो जमिन भन्दै धार्मिक कार्यका बेला समेत अवरोध हुने गरेको बताएका छन् । आफुहरु पुजापाठ गरिरहेका बेला गाली गलैचका साथै अवरुद्ध पार्ने काम हुँदा समस्या खडा भएको बताएका छन् । 

कालापनीका स्थानीय महिला देउमा भट्टले मन्दिर समिति र गाउँलेहरुले लगाएको गुन भुलेका कारण उनले आज आएर मन्दिरमा अवरुद्ध गरेको बताए । ‘गाउँलेले विचल्लीमा परेका सिह परिवारको उद्धार गरेको थियो, ‘उनले भनिन्, ‘आज आएर सिह परिवारले गाउँलेले लगाएको गुन भुलेका छन् ।’ नगरपालिका कार्यालयबाट मन्दिर परिसरमा गरिएको घेरबार र सिमेण्टका खम्बा समेत सिह परिवारले चुडेको स्थानीयको आरोप छ । 

शुक्लाफाँटा नगरपालिका–७ का वडा अध्यक्ष जगत बहादुर सिहले मन्दिरको जमिनमा खानजोत नगर्न र अबरोध नगर्न अनुरोध गरेको बताए । उनका अनुसार सार्वजनिक सम्पत्ती बलजफ्ती हडप्ने सिह परिवार बिरुद्धमा गत साउनको वडा समितिको बैठकले कार्बाहीका लागि प्रकृया अघि बढाएको बताए । 

आफुलाई कार्बाही हुने डरले सिह परिवारले उल्टै आफु र स्थानीय बिरुद्धमा प्रहरीमा उजुरी दिएको बताउदै सार्वजनिक मन्दिरको जमिन हड्प्न नपाईने अध्यक्ष सिहले दावि गरे । 

उनको परिवारले कमाईखाई आएको जमिन समेत आफुहरुले कुनै अवरोध नगरेको बताउदै अध्यक्षले उल्टै मन्दिरको जमिनमाथी दावा बोलेको उनको भनाई छ । सिह परिवारले विस २०२४ सालदेखि कमाउदै आएको जमिन मन्दिरको नभएको दावि गरेको छ । 

स्थानीयका अनुसार सिह परिवारले मन्दिरवाला जमिनलाई आफ्नो भन्दै जिल्ला प्रशासन र न्यायालयमा दायर गरेको मुद्दा समेत खारेजी गरिदिएको छ । यस्तै मन्दिरले वाढीपीडित एक दलित परिवारलाई समेत मन्दिरको पुर्वी कुनाका आश्रयका लागि जमिन दिएको छ ।

अर्को व्यवस्था नहुन्जेलसम्म नैनसिह ओडको परिवारलाई आश्रय लिन घरबास दिएको स्थानीय कलावती महरले बताए । ‘हामीले मन्दिरकै छेउमै वाढीविस्थापित ओड परिवारलाई आश्रय दिएका छौँ, ‘उनले भने, ‘आश्रय दियो भन्दैमा मन्दिरको जमिन मेरो भन्नु भएन् ।’ ओडलाई विस २०६५ सालमा मन्दिरकै छेउमै बस्न दिईएको छ । 

ओडले पनि पछि गएर मन्दिरकै पुरै जमिन मेरो हो भन्न पाईन्छ र ? मन्दिरको जमिन आफ्नो भएको विशन सिहको दावि छ । आफ्ना बाबुले विस २४ सालदेखि कमाएको जमिनमा पछि मन्दिर बनाएको विशनको दावि छ । बहुमत स्थानीले मन्दिरको जमिन सिह परिवारको नभएको बताउदै सिहको परिवारलाई आश्रय मात्रै दिएको बताएका छन् । 

सार्वजनिक मन्दिरको जमिन हड्प्नेलाई स्थानीयले कार्बाहीको माग गरेका छन् । मन्दिर समिति र आम स्थानीयको मर्म अनुसार सिह परिवार मन्दिर क्षेत्रको जमिनमा दावि गर्न अनावश्यक भएको स्थानीयको बुझाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ