सास । भदौ २८, बर्दिया । 

विद्यार्थीहरुका लागि सम्पादन गरिने हरेक कार्यहरु विद्यार्थीमैत्री हुन नसकेको र यसका लागि विशेष ध्यान दिनुपर्नेमा आज जिल्लाकै जेठो क्याम्पस बबई बहुमुखी क्याम्पस गुलरियामा आयोजित एक कार्यक्रमम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । भदौ २८, बर्दिया । 

विद्यार्थीहरुका लागि सम्पादन गरिने हरेक कार्यहरु विद्यार्थीमैत्री हुन नसकेको र यसका लागि विशेष ध्यान दिनुपर्नेमा आज जिल्लाकै जेठो क्याम्पस बबई बहुमुखी क्याम्पस गुलरियामा आयोजित एक कार्यक्रमम"/>

2026-09-15 08:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

विद्यार्थीमैत्री सेवा, बोर्डलाई टेवा

सास । भदौ २८, बर्दिया । 

विद्यार्थीहरुका लागि सम्पादन गरिने हरेक कार्यहरु विद्यार्थीमैत्री हुन नसकेको र यसका लागि विशेष ध्यान दिनुपर्नेमा आज जिल्लाकै जेठो क्याम्पस बबई बहुमुखी क्याम्पस गुलरियामा आयोजित एक कार्यक्रममा औंल्याइएको छ । 


राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय कोहलपुर बाँकेको आयोजनामा सम्पन्न जिल्लाका माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा परीक्षा हेर्ने कर्मचारीका लागि आयोजित एक दिने परीक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्नुहुँदै परीक्षा बोर्ड कोहलपुर शाखाका प्रमुख गिरमान थापाले यस्तो कुरा बताउनुभएको हो । 

कार्यक्रममा थापाले विद्यालयबाट विद्यार्थीहरुको रजिष्ट्रेसन प्रक्रियाबाट नै अत्यन्तै ध्यान दिएर कार्य सम्पादन गरिएमा विद्यार्थीहरुको विवरण सम्बन्धी अशुद्धिलाई न्यूनीकरण गर्न सकिने बताउनुहुँदै यसका लागि विद्यालयबाट नै व्यवस्थित रुपमा कार्य सम्पादन गर्नुपर्ने कुरामा जोड दिनुभयो । साथै वहाँले विद्यार्थी भर्नाका आधारदेखि रजिष्ट्रेसन, परीक्षा आवेदन फारम, नतिजा प्रकशन, टिएमपी वितरण सम्मका प्रक्रिया तथा जटिलताका बारेमा छलफल गर्दे प्रधानाध्यापक तथा सहभागीहरुबाट आएका जिज्ञासाहरुको समाधान गर्नुभएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि रहनुभएका जिल्ला शिक्षा अधिकारी दमनसिंह चौधरीले विद्यार्थीहरुका सेवा र अन्य सरोकारका विषयहरुमा विद्यालय नै संवेदनशील हुनुपर्ने र आफूले बहन गर्नुपर्ने जिम्मेवारीबाट पन्छिँदा संस्था आफैले र विद्यार्थी तथा आभिभावकहरुले दुःख पाउने अवस्था नआओस् भन्ने कुरामा सचेत रहन आग्रह गर्नुभयो । 


यसैगरी कार्यक्रमका सभाध्यक्ष बबई बहुमुखी क्याम्पसका प्रमुख विनोद कुमार अग्रवालले कार्यक्रम अत्यन्तै फलदायी रहने बताउनुहँदै संघीयता लागू भैसकेको अवस्थामा पनि केन्द्रमा धाउनुपर्ने वाद्यता भएकोमा अब उपरान्त यस कुरालाई बोर्डले गम्भीरतापूर्वक लिनुपर्ने कुरा औंल्याउनुभयो । 

कार्यक्रममा सहभागी विद्यालयका प्रधानाध्यापकहरुले विगतमा उच्च माध्यमिक शिक्षा परिषद्कै कारणबाट पनि विभिन्न दुःख झेल्दै आउनुपरेको, परीक्षा नदिएको विषयमा पास भएर आएको, पुरै विद्यार्थीहरुको प्राप्ताङ्क ५ भन्दा कम आएको, प्रयोगात्मक अंक नचढेको, परीक्षा केन्द्रहरु अनुपयुक्त भएकोमा बोर्डलाई आगामी दिनमा यस प्रकारका कार्यहरुमा संवेदनशील भएर कार्य गर्न अनुरोध गर्नुभएको थियो । 


कार्यक्रमको अन्तमा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक टिका गोसाईंले कक्षा ११ को इमिस तथा विद्यालयले पठाउनुपर्ने छात्रवृत्तिका विवरणहरु तोकिएको ढाँचामा भरी दशैंलगत्तै कार्यालयमा बुझाउनका लागि जानकारी गराउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ