जनताको घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्ने जनप्रतिनिधिको निर्णय

Posted on: 07 Oct, 2017

सम्राट सिंह/असोज २१, बझाङ । जिल्लाको थलारा गाउँपालिकाका जन प्रतिनिधिहरुले घर घरमा गएर सामाजिक सुरक्षा भत्ता बितरण गर्ने भएका छन । 

नव निर्वाचित जन प्रतिनिधिहरुले बृद्व, एकल महिला तथा विधवा, बालबालिका र फरक क्षमता भएका मनिसहरुले सहज रुपमा नेपाल सरकारबाट उपलब्ध सामाजिक सुरक्षा भत्ता पाउन भन्ने उद्येश्यले  जनताको घर घरमा गएर बितरण गर्ने भएका हुन ।

सरकारले जेष्ठ नागरिकलाई मासिक १ हजार भत्ता १ हजार औषधि उपचार, एकल तथा बिधवा महिलालाई मासिक १ हजार, जेष्ठ नागरिक दलित मासिक १ हजार,आंशिक अपांगलाई मासिक ६ सय, पूर्ण अपांगलाई मासिक २ हजार र ५ बर्ष मुनिका बालबालिकालाई मासिक ४ सय उपलब्ध गराउँदै आएको थियो । 

थलारा गाउँपालिकाका जनतालाई सहज होस भन्ने उद्येश्यले जनताको घर घरमा गएर सामाजिक सुरक्षा भत्ता बितरण गर्ने निर्णय गरेको थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए । यहि असोज २३ गतेबाट प्रत्येक वडाका वडा सचिव र जनप्रतिनिधिहरुलाई जनताको घर घरमा नै गएर सामाजिक सुरक्षा भत्ता बितरण गर्ने उनको भनाइ छ । 

जनप्रतिनिधिहरुले यसरी जनताको घर घरमा गएर सामाजिक सुरक्षा बितरण गर्ने निर्णय गरेपछि थलारा गाउँपालिकाका बासिन्दाहरु खुसी भएका छन । बृद्व भत्ता बुझ्न लौरो टेकेर लामो बाटो हिडेर गाविस भवनमा पुग्नु प¥थ्यो थलारा गाउँपालिकाकी हरिना भट्टराइले बताइन् । 

जन प्रतिनिधिहरु भत्ता दिन घरमा नै आउने भन्ने सुनेपछि अत्यन्त खुसी हुँदै भत्ता बुझ्न गाविस भवनमा झण्डै एक घण्टा लाइन लाग्नुपर्ने झन्झटबाट पनि उन्मुक्ती पाउने उनको भनाइ छ । 

गाउँपालिकामा रहेका जनताहरुले सामाजिक सुरक्षा भत्ता लगायत अन्य सुबिधा पाए नपाएको बारे गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा कार्यकारी अधिकृत सहितको टोली जनताको घरघरमा गएर  अनुगमन गर्ने  थलारा गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत गणेश राज जोशीले बताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!