२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

सर्लाहीमा यातायात ब्यवसायीको मनोमानी, यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य

२०७४, १५ कार्तिक बुधबार ०९:५५

सरोज यादव/कात्तिक १५, सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवा बाट चल्ने सार्वजनिक यात्रु वाहक बसमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

 यातायात ब्यवसायीको मनोमानी का कारण सदरमुकाम मलंगवा बाट जिल्लाका विभिन्न स्थानमा यात्रा गर्ने यात्रुहरू लाई जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भएको छ ।

बसपार्कमा डिउटीमा खटिएका सुरक्षाकर्मी र सरोकारवाला निकायको बेवास्ताका कारण मलंगवा बाट चल्ने यात्रुवाहक बसले क्षमताभन्दा दोब्बर मानिसहरुलाइ भेडा बाख्राको जस्तै गाडीभित्र र छतमाथी कोंचेर यात्रा गराउने गरेका छन् ।वर्षौदेखि बिग्रिएर जिर्ण बनेको कच्ची सडकमा यसरी क्षमता भन्दा बढी यात्रु  राखेर सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम बढेको स्थानीय बुद्धिजीवीहरुले बताएका छन् ।

यातायात ब्यवसायीहरुले जिर्ण सडक र बसको क्षमताको ख्यालै नगरी खुट्टा सम्म टेक्ने ठाउँ बाँकी नराखी कोचमकोच गरेर आफ्नै आँखा अगाडि  स्टैण्डबाट बस गुडेको देख्दादेख्दै पनि बसपार्कमा खटिएका सुरक्षाकर्मीहरु मुक दर्शक बनेर बसेका हुन्छन् , मलंगवा बसपार्कमा भेटिएका यात्रीहरुले भने ।यातायात ब्यवसायीहरुको मनोमानी प्रति सरोकारवाला निकायले कुनैपनि किसिमको कार्यवाही नगरेको भन्ने जनगुनासो बेलाबेलामा आउने गरेको छ ।

जिल्लाका विभिन्न स्थान बाट काम विषेशले सदरमुकाम मलंगवा आउने मानिसहरु साँझ पख आ -आफ्नो गन्तव्य तर्फ फर्किने भएकोले बेलुका ३ बजे पछिको बसमा यात्रुहरुको चाप बढी हुने र बसको संख्या पनि कम भएको कारण बाध्यता बस् गाडी भित्र नअटाएका यात्रुहरुलाइ छतमा बसाउनु परेको यातायात ब्यवसायीले दाबी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने