प्रभात सुवेदी । मंसिर २, बर्दिया ।

नेपालीहरुमा खानेकुराहरु अधिकांश रुपले स्वास्थ्यका लागि भन्दा पनि जिब्रोका लागि खाने प्रचलन बढ्दै गएकोमा स्वास्थ्य सरोकार र संवद्धहरुबाट चिन्ता व्यक्त गरिएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । मंसिर २, बर्दिया ।

नेपालीहरुमा खानेकुराहरु अधिकांश रुपले स्वास्थ्यका लागि भन्दा पनि जिब्रोका लागि खाने प्रचलन बढ्दै गएकोमा स्वास्थ्य सरोकार र संवद्धहरुबाट चिन्ता व्यक्त गरिएको छ ।

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

जिब्रोका लागि नखाऔँ

२०७४, ३ मंसिर आईतवार १२:५६

प्रभात सुवेदी । मंसिर २, बर्दिया ।

नेपालीहरुमा खानेकुराहरु अधिकांश रुपले स्वास्थ्यका लागि भन्दा पनि जिब्रोका लागि खाने प्रचलन बढ्दै गएकोमा स्वास्थ्य सरोकार र संवद्धहरुबाट चिन्ता व्यक्त गरिएको छ ।


विश्व खाद्य कार्यक्रमको आयोजना तथा मिलन कृषक बहुमुखी सहकारी संस्थाको सहकार्य तथा दर्नन बढी सरकारी तथा गैर सरकारी निकायहरुको समन्वयमा आज बारबर्दिया नगरपालिका वडा नं. १० लम्कीफाँटा स्थित मजदुर प्रा.वि.मा आयोजित खाद्य मेलामा सहभागीहरुले यस्तो कुरामा चिन्ता व्यक्त गरेका हुन् ।

मेलामा २५ ओटा स्टलहरु राखिएको थियो भने खाद्य परिकार, कृषि उपजहरुका साथै विभिन्न सिकाइ सामग्रीहरु समेत राखिएका थिए । 

मेलामा आयोजित औपचारिक कार्यक्रममा सातआटा आधारभूत विद्यालयहरुबाट सहभागी भएका बालबालिकाहरुका लागि नृत्य प्रतियोगिता, कविता प्रतियोगिता, चित्रकला प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, पाक प्रतियोगिताका साथै पोषणको ज्ञान दिने लुडो खेल समेत खेलाइएको थियो ।

 

कार्यक्रममा बोल्नुहुँदै जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाका प्रमुख महेन्द्रध्वज अधिकारीले मानव विकासको मूल आधार भनेको नै पोष्टिक तत्व भएकोले बालबालिका तथा घरमा रहेका संवेदनशील अवस्थाका सदस्यहरुलाई पोषणयुक्त खाना खुवाउनु भनेको खर्च नभएर लगानी भएको औंल्याउनुभयो । वहाँले अब हामीले हरेक बार खाना चारको नीति अपनाउँदै आफ्नो स्वास्थ्यप्रति सचेत र सजग रहनुपर्नेमा जोड दिनुहुँदै नियमित रुपमा स्वास्थ्य परीक्षण गरेमा संभावित जोखिमबाट बच्न सकिने बताउनुभयो । 


कार्यक्रममा जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपालले उपस्थित विद्यार्थीहरुसँग रमाइलो तरीकाबाट अन्तरर्किया गर्नुहुँदै प्याकेटका जङ्क फुडहरु नखानका लागि प्रेरित गर्नुभयो । 

मेलामा डिभिजन सहकारी कार्यालय बर्दियाका प्रमुख कृष्ण प्रसाद भट्टराई, नेपाल रेडक्रस सोसाइटी बर्दिया जिल्ला शाखाका सभापति कृष्ण प्रसाद गौतम, विभिन्न विद्यालयहरुका प्रधानाध्यापक तथा शिक्षकहरु, विद्यार्थीहरुको उपस्थिति रहेको थियो । 

मेलामा विभिन्न प्रतियोगितामा प्रथम, द्वितीय, सान्त्वना तथा सहभागी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । 

मेलामा मयूर सांस्कृतिक परिवार, जगन्नाथ सांस्कृतिक समूहले मौलिक नृत्यहरु प्रस्तुत गर्नुका साथै बाल कलाकार अभिनन्दन सुवेदीले तीनओटा गीतहरु गाएर मनोरञ्जन प्रदान गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते