Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

माथिल्लो डोल्पाका मतपेटिका तेस्रो दिन पनि आएनन, तिनवटा सुरक्षा घेरामा मतपेटिका राखिने

By kit 9 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

टेक शाही/मङ्सिर १२,  डोल्पा  । डोल्पा जिल्लाका निर्वाचन भएको ३ दिन बिति सक्दा पनि मतपेटिका जिल्ला सदरमुकाम आइ पुगेनन ।

कुल ६६ वटा मतदान केन्द्र रहेको यस जिल्लामा आज सम्म ५४ वटा मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारि दिएको छ ।

माथिल्लो डोल्पाका ९ वटा र तल्लो डोल्पाका मुड्केचुला गाँउपालिकाका ३ वटा मदतान केन्द्रका जिल्ला सदरमुकाममा आउन बाकि रहेको मूख्य निर्वाचन अधिकृत रमेश कुमार ज्ञावलीले जानकारि दिए । उनका अनुसार माथिल्लो डोल्पाका शे–फोक्सुण्डो गाँउपालिकाका ३ र छार्का ताङस्योङ गाँउपालिका ६ वटा मत केन्द्रमा बुधबार बिहान नेपाली सेनाको हेलिकप्टरले सदरमुकाम ल्याने बताए ।

उनले भने तिब्र हावा र उच्च पाहाडको कारण हेलिकप्टर उडान गर्न कठिन हुदा बिहिबार सम्म कुर्न पर्ने बताए । नेपाली सेनाको हेलिकप्टरले मँगलबार माथिल्लो डोल्पाका ११ वटा मतदान केन्द्रका मतपेटिका सदरमुकाम दुनैमा पराएको छ ।

सदरमुकाम दुनैमा पुगेका सबै मतपेटिकाहरु राजनितिक दलको रोहोवरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्लाहा छाप लगाइ बन्द कोठामा राखिएको मुख्य निर्वाचन अधिकृत रमेश कुमार ज्ञवालीले जानकारि दिए ।

जिल्लाका ६६ वटै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम आए पछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सबै राजनितिक दलको रोहोवरमा ल्लाह छाप लागएर राखिने प्रमूख जिल्ला अधिकारि केशबराज आर्चायले जानकारि दिए । उनले भने जिल्ला सुरक्षा समितिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएका मतपेटिकाको सुरक्षाको लागि तिन वटा सुरक्षा घेरा राखिने बताए ।

आचार्यले भने तिनवटा सुरक्षा घेरा रहने छ र राजनितिक दलका प्रतिनिधिले मतपेटिका राखिएको कोठामा सामुहिक ताला लागाउने छन । जिल्लाका सबै मतदान केन्द्रमा मतदान शान्तीपूर्ण भएको निर्वाचन कार्यालय डोल्पाले जानकारि दिएको छ ।

भौगोलिक बिकटताको कारण माथिल्लो डोल्पाबाट मतपेटिका भनेको समयमा सदरमुकाम ल्याउन नसकिएको तर १३ गते सम्म कुनै पनि अबस्थामा आउने निर्वाचन अधिकारि बिक्रम गिरीले जानकारि गराए । उनका अनुसार नेपाली सेनाको हेलिकप्टर बाहेक अन्य कुनै बिकल्प नभएको कारण पनि मतपेटिका ढिला आइपुग्ने बताए ।

माथिल्लो डोल्पाबाट आउने मतपेटिकाहरु चिसोको कारण फुट्ने सम्भाबना भए पछि डोरीले बाँधेर सदरमुकाम पुर्याइएको छ । ल्लाहछाप लागाएर ल्याउदा चिसोले ल्लहाछाप फुटे पछि कपडाले लपेटेर डोरीले बाँधी ल्याएको मतदान अधिकृतहरुले बताए ।

तल्लो डोल्पाका सबै मतदान केन्द्रबाट तिनवटै स्ुरक्षा अँगले सुरक्षा दिएर सदरमुकाम पुर्याएको छ । तर माथिल्लो डोल्पाका २० वटा मतदान केन्द्रका सबै मतदान केन्द्रबाट हेलिकप्टरमा ल्याउनु पर्ने भएकोले निकै समस्या भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारि दिएको छ ।

तल्लो डोल्पाका सबै कर्मचारिहरु सदरमुकाम गुगि सकेका भए पनि माथिल्लो डोल्पाका कर्मचारिहरु सबै पुगेका छैनन । कतैबाट मतदान अधिकृत,सहायक मतदान अधिकृत,सुरक्षाकर्मि र अन्य कर्मचारि गरि ४ जना कतैबाट ६ जना मात्र सदरमुकाम ल्याइएको छ ।

बाँकी मतदानमा खटिएका कर्मचारिहरु भने सम्बन्धीत मतदान केन्द्रमा नै रहेका छन । पहिले मतपेटिका ल्याउने र त्यस पछि मात्र कर्मचारि झार्ने मुख्य निर्वाच्न अधिकृतको कार्यालयले जानकारि दिएको छ ।

यता तल्लो डोल्पाका कर्मचारिहरुले भने चिसोमा रातदिन गरेर हिड्न परेको भन्दै असन्तुष्टि जनाएका छन । बिप्लब नेतृत्वको समूहले बिभिन्न खाले त्रास देखाएको भए पनि कुनै पनि घटना नभएर जिल्ला भर निर्वाचन भएको प्रमूख जिल्ला अधिकारि केशबराज आर्चायले बताए ।

उनले भने जिल्ला भरमा ७६ प्रतिशत मतदाताले मतदान गरेका छन । तर स्थानिय निर्वाचन भन्दा निकै कम हो स्थानिय तहमा ८७ प्रतिशत मतदान भएको थियो । मतगणना २१ गते ५ पजे पछि हुने भएको छ ।