2026-09-03 06:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

जिल्ला अस्पातल डोल्पामा डिजिटल एक्सरे मेसिन खरिद गरिने

टेक शाही/मङ्सिर २१, डोल्पा । जिल्ला अस्पातल डोल्पामा डिजिटल एक्सरे मेसिन खरिद गरिने भएको छ । 

ठुलीभेरि नगरपालिका र त्रिपूरा सुन्दरी नगरपालिकाको ३५ लाख आर्थिक सहयोगमा डिजिटल एक्सरे मेसिन खरिद गर्न लागिएको हो । ठुलीभेरि नगरपालिकाले २० लाख बिनियोजन गरि सकेको र त्रिपूरासुन्दरी नगरपालिकाले पनि त्यसमा लाग्ने बाँकी रकम तत्काल दुबै नगर कार्य समितिको बैठक बसि टुङग्याउने त्रिपूरा सुन्दरी नगरापलिकाका प्रमूख ओम बहादुर बुढाले जानकारि दिए । उनका अनुसार जनताको लागि सेवा र सुबिधा नजिकै हुन्छ भने जनताको रुपैया जनताका लागि नै खर्च गर्न पर्ने र स्वास्थ्य जस्तो अति महत्वपूर्ण कुरामा लगानि गर्नु सकारात्मक कुरा भएको बताए । 

हाल १५ सैयामा सञ्चालित जिल्ला अस्पतालमा डिजीटल एक्सरे मेसिन राखे डोल्पा जिल्लाका ८० प्रतिशत जनता लाभाम्बीत हुने छन । आर्थिक अबस्था कम्जोर भएका जनताले शहरको महगो उपचार गर्न जान नपर्ने जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत रणलाल कुलाले बताए । उनले भने स्थानिय तहको सहयोगमा डिजीटल एक्सरे मेसिन राखे धेरै जासो चेकजाँच जिल्ला अस्पातलमा नै हुने भएकाले डोल्पाली जनताले राहतको महसुस गर्ने पनि बताए । 

“गैरसकारी सँस्थाको काम केहि प्रभाबकारी”

स्वास्थय क्षेत्रमा गैरसकारी सस्थाले केहि प्रभाबकारि काम गरेका छन ।  नेपाल रेडक्रस सोसाइटिले खानेपानि र सरसफाइ सम्बन्धी काम गरेको छ । पानिको पहुच नभएका जिल्लाका लावन,रह लगायतका बिभिन्न साविकका बस्तिहरुमा खानेपानिका काम गरेको छ । जसबाट जनताहरु प्रत्यक्ष लाभाम्बीत भएका छन । 

जिल्ला अस्पतालमा इन्सुनेटर निर्माण गरेको छ करिव ३ लाखको लागतमा जिल्ला अस्पतालको प्राङ्गणमा उक्त इन्सुनेटरको निर्माण गरिएको नेपाल रेडक्रस सोसाइटि जिल्ला साखा डोल्पाका सँयोजक टेकम ओलीले जानकारि दिए । त्यसरि निर्मान गरिएको खाडलमा सालहरु राखिने र सँक्रमणबाट बच्न सकिने पनि ओलीले बताए । 

एसएनभि नेपालले पनि सुरक्षित खानेपानि र सौर्य उर्जाको काम गरि रहेको छ । जिल्लामा रहेको स्वास्थय चौकि र केहि बस्तिहरुमा सुरक्षित खानेपानि र सौर्य उर्जाको काम गन थालेको छ । जिल्ला स्वास्थय कलष्टर बैठकमा उक्त कुराको जानकारि गराइएको थियो । 

त्यसै गरि जिल्लामा स्वास्थ्य र खानेपानि सम्बन्धी आरआरएन डोल्पाले पनि काम  गरेको बताएको छ । सामुदायिक बिकास कार्यक्रम सिडिपिले पनि जिल्लाका करिव ११ वटा साविकका गाविसहरुमा स्वास्थ्य लागयत खानेपानिका बिभिन्न क्षेत्रमा काम गरेको र जनता प्रत्यक्ष लाभाम्बित भएको जानकारि उक्त बैठकमा आरआरएन डोल्पाका सँयोजक छविलाल तामाङले जानकारि दिए । उनले भने अब कुनै पनि काम गर्दा स्थानिय सरकारको माताहतमा गरिने सँस्थाले चाहेर नहुने बताए । डोल्पा जिल्लामा स्वास्थ्य क्षेत्रमा सुधार गर्न स्थानिय सरकार नै मुख्य जिम्मेवार हुने सबैको सुझाब रहेको छ । 

“जनताको सेवाम गर्ने कर्मचालाइ काम अनुसार दाम दिइने” 

स्थानिय तहमा जनताको लागि सरकारको नुन खाएर काम गर्ने कर्मचारिहरुलाइ भत्ताको ब्यवस्था हुने गर्ने भएका छन । काम गर्नेलाइ दाम र काम नगर्नेलाइ सजाय हुने छ । डोल्पा जिल्लाका सबै स्थतानिय तहमा आवास्यक पर्ने औषधिहरु तत्काल खरिद गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय माफर्एत नेपाल सरकारको अनुदान १ लाख २० हजार सहित स्थानियल तहले बिनियोजन गरेको अनुदान सहित तत्काल ओषधि खरिद गरि जनतालाइ बितरण गर्न स्थानिय निकायका प्रमूख र जिल्ला समन्वय समितिका सँयोजक शेर बुढाले निर्देशन गरेका छन । 

जिल्लामा खरिद भएर आएको औषधिको स्थानिय तह सम्म लैजाने डुवानी भाडा स्थानिय तहले ब्यहोर्ने र अन्य अनुदान जनस्वास्थ्यले दिने भएको छ । स्थानिय तहमा औषधि खरिद गर्दा जनप्रनिधिलाइ जानकारि नगारइ खरिद गर्न नपाएने त्रिपूरा सुन्दरी नगरपालिकाका प्रमूख ओम बहादुर बुढाले बताए । उनले भने जनताका लागि काम गर दैनिक भत्ताको ब्यवस्था गर्छू तर काम नगरे जनताका नाममा ठगि गर्नेलाइ कारवाहि गर्ने समेत चेतावनी दिए ।

“कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान डोल्पाली जनताको बाधक”

कर्णाली स्वास्थय बिज्ञान प्रतिष्ठान डोल्पा जनताका लागि सेवा दायिक नभएर बाधक भएको निष्कर्ष निस्कीएको छ । बिगत लामो समय देखि डोल्पा जिल्लामा स्वास्स्थ्य क्षेत्रमा सहयोग गर्नको लागि जिल्ला अस्पताल डोल्पामा प्रबेश गरेको कर्णाली स्वास्थय बिज्ञान प्रतिष्ठान पछिल्लो समय सेवाका नाममा बाधक बनेको छ । 

दर्जनौ कर्मचारि सहित जिल्लामा आएको प्रष्ठिानले पछिल्ला तिन बर्षमा जनताको लागि प्रभाबकारि काम नगरेको सेवाग्राहीको गुनासो रहेको छ । सेवाग्राहिरु भन्छन शिबिरको जस्तो मात्र जिल्लामा कर्मचारिहरु आउछन उपचार भने जस्तो पाइएका छैनौ । सरकारले दिने सेवा पनि कटौति गर्दा सेवा दिन होइन सेवा खोसेको छ काष्टले जनताको गुनासो छ कर्णाली स्वास्थय बिज्ञान प्रतिष्ठान प्रति । 

सरोकारवाला निकाय भन्छन कि सरकारसँग गरेको सम्झौता अनुसार काम गरीदेउ कि त सम्झौता तोड अर्को बिकल्पको खोजी गर्छौ । कर्णाली स्वास्थय बिज्ञान प्रतिष्ठानले डोल्पालीहरुको स्वास्थ्य सेवा र सरकारी अनुदान कटौति गरेको आरोप रहेको छ । 

सरकारसँग गरेको जस्तो सेवा प्रदान गर्न नसके पछि कास डोल्पामा जनताको बिश्वास जित्न सकेको छैन । नियमित कर्मचारि र आबास्यक प्राबिधिक प्रर्वाधार सहित सेवा नियमित गर्न लागउने जिल्लाका सरोकारवाला निकायको भनाइ रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही