2026-10-29 07:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

जिल्ला अस्पातल डोल्पामा डिजिटल एक्सरे मेसिन खरिद गरिने

टेक शाही/मङ्सिर २१, डोल्पा । जिल्ला अस्पातल डोल्पामा डिजिटल एक्सरे मेसिन खरिद गरिने भएको छ । 

ठुलीभेरि नगरपालिका र त्रिपूरा सुन्दरी नगरपालिकाको ३५ लाख आर्थिक सहयोगमा डिजिटल एक्सरे मेसिन खरिद गर्न लागिएको हो । ठुलीभेरि नगरपालिकाले २० लाख बिनियोजन गरि सकेको र त्रिपूरासुन्दरी नगरपालिकाले पनि त्यसमा लाग्ने बाँकी रकम तत्काल दुबै नगर कार्य समितिको बैठक बसि टुङग्याउने त्रिपूरा सुन्दरी नगरापलिकाका प्रमूख ओम बहादुर बुढाले जानकारि दिए । उनका अनुसार जनताको लागि सेवा र सुबिधा नजिकै हुन्छ भने जनताको रुपैया जनताका लागि नै खर्च गर्न पर्ने र स्वास्थ्य जस्तो अति महत्वपूर्ण कुरामा लगानि गर्नु सकारात्मक कुरा भएको बताए । 

हाल १५ सैयामा सञ्चालित जिल्ला अस्पतालमा डिजीटल एक्सरे मेसिन राखे डोल्पा जिल्लाका ८० प्रतिशत जनता लाभाम्बीत हुने छन । आर्थिक अबस्था कम्जोर भएका जनताले शहरको महगो उपचार गर्न जान नपर्ने जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत रणलाल कुलाले बताए । उनले भने स्थानिय तहको सहयोगमा डिजीटल एक्सरे मेसिन राखे धेरै जासो चेकजाँच जिल्ला अस्पातलमा नै हुने भएकाले डोल्पाली जनताले राहतको महसुस गर्ने पनि बताए । 

“गैरसकारी सँस्थाको काम केहि प्रभाबकारी”

स्वास्थय क्षेत्रमा गैरसकारी सस्थाले केहि प्रभाबकारि काम गरेका छन ।  नेपाल रेडक्रस सोसाइटिले खानेपानि र सरसफाइ सम्बन्धी काम गरेको छ । पानिको पहुच नभएका जिल्लाका लावन,रह लगायतका बिभिन्न साविकका बस्तिहरुमा खानेपानिका काम गरेको छ । जसबाट जनताहरु प्रत्यक्ष लाभाम्बीत भएका छन । 

जिल्ला अस्पतालमा इन्सुनेटर निर्माण गरेको छ करिव ३ लाखको लागतमा जिल्ला अस्पतालको प्राङ्गणमा उक्त इन्सुनेटरको निर्माण गरिएको नेपाल रेडक्रस सोसाइटि जिल्ला साखा डोल्पाका सँयोजक टेकम ओलीले जानकारि दिए । त्यसरि निर्मान गरिएको खाडलमा सालहरु राखिने र सँक्रमणबाट बच्न सकिने पनि ओलीले बताए । 

एसएनभि नेपालले पनि सुरक्षित खानेपानि र सौर्य उर्जाको काम गरि रहेको छ । जिल्लामा रहेको स्वास्थय चौकि र केहि बस्तिहरुमा सुरक्षित खानेपानि र सौर्य उर्जाको काम गन थालेको छ । जिल्ला स्वास्थय कलष्टर बैठकमा उक्त कुराको जानकारि गराइएको थियो । 

त्यसै गरि जिल्लामा स्वास्थ्य र खानेपानि सम्बन्धी आरआरएन डोल्पाले पनि काम  गरेको बताएको छ । सामुदायिक बिकास कार्यक्रम सिडिपिले पनि जिल्लाका करिव ११ वटा साविकका गाविसहरुमा स्वास्थ्य लागयत खानेपानिका बिभिन्न क्षेत्रमा काम गरेको र जनता प्रत्यक्ष लाभाम्बित भएको जानकारि उक्त बैठकमा आरआरएन डोल्पाका सँयोजक छविलाल तामाङले जानकारि दिए । उनले भने अब कुनै पनि काम गर्दा स्थानिय सरकारको माताहतमा गरिने सँस्थाले चाहेर नहुने बताए । डोल्पा जिल्लामा स्वास्थ्य क्षेत्रमा सुधार गर्न स्थानिय सरकार नै मुख्य जिम्मेवार हुने सबैको सुझाब रहेको छ । 

“जनताको सेवाम गर्ने कर्मचालाइ काम अनुसार दाम दिइने” 

स्थानिय तहमा जनताको लागि सरकारको नुन खाएर काम गर्ने कर्मचारिहरुलाइ भत्ताको ब्यवस्था हुने गर्ने भएका छन । काम गर्नेलाइ दाम र काम नगर्नेलाइ सजाय हुने छ । डोल्पा जिल्लाका सबै स्थतानिय तहमा आवास्यक पर्ने औषधिहरु तत्काल खरिद गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय माफर्एत नेपाल सरकारको अनुदान १ लाख २० हजार सहित स्थानियल तहले बिनियोजन गरेको अनुदान सहित तत्काल ओषधि खरिद गरि जनतालाइ बितरण गर्न स्थानिय निकायका प्रमूख र जिल्ला समन्वय समितिका सँयोजक शेर बुढाले निर्देशन गरेका छन । 

जिल्लामा खरिद भएर आएको औषधिको स्थानिय तह सम्म लैजाने डुवानी भाडा स्थानिय तहले ब्यहोर्ने र अन्य अनुदान जनस्वास्थ्यले दिने भएको छ । स्थानिय तहमा औषधि खरिद गर्दा जनप्रनिधिलाइ जानकारि नगारइ खरिद गर्न नपाएने त्रिपूरा सुन्दरी नगरपालिकाका प्रमूख ओम बहादुर बुढाले बताए । उनले भने जनताका लागि काम गर दैनिक भत्ताको ब्यवस्था गर्छू तर काम नगरे जनताका नाममा ठगि गर्नेलाइ कारवाहि गर्ने समेत चेतावनी दिए ।

“कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान डोल्पाली जनताको बाधक”

कर्णाली स्वास्थय बिज्ञान प्रतिष्ठान डोल्पा जनताका लागि सेवा दायिक नभएर बाधक भएको निष्कर्ष निस्कीएको छ । बिगत लामो समय देखि डोल्पा जिल्लामा स्वास्स्थ्य क्षेत्रमा सहयोग गर्नको लागि जिल्ला अस्पताल डोल्पामा प्रबेश गरेको कर्णाली स्वास्थय बिज्ञान प्रतिष्ठान पछिल्लो समय सेवाका नाममा बाधक बनेको छ । 

दर्जनौ कर्मचारि सहित जिल्लामा आएको प्रष्ठिानले पछिल्ला तिन बर्षमा जनताको लागि प्रभाबकारि काम नगरेको सेवाग्राहीको गुनासो रहेको छ । सेवाग्राहिरु भन्छन शिबिरको जस्तो मात्र जिल्लामा कर्मचारिहरु आउछन उपचार भने जस्तो पाइएका छैनौ । सरकारले दिने सेवा पनि कटौति गर्दा सेवा दिन होइन सेवा खोसेको छ काष्टले जनताको गुनासो छ कर्णाली स्वास्थय बिज्ञान प्रतिष्ठान प्रति । 

सरोकारवाला निकाय भन्छन कि सरकारसँग गरेको सम्झौता अनुसार काम गरीदेउ कि त सम्झौता तोड अर्को बिकल्पको खोजी गर्छौ । कर्णाली स्वास्थय बिज्ञान प्रतिष्ठानले डोल्पालीहरुको स्वास्थ्य सेवा र सरकारी अनुदान कटौति गरेको आरोप रहेको छ । 

सरकारसँग गरेको जस्तो सेवा प्रदान गर्न नसके पछि कास डोल्पामा जनताको बिश्वास जित्न सकेको छैन । नियमित कर्मचारि र आबास्यक प्राबिधिक प्रर्वाधार सहित सेवा नियमित गर्न लागउने जिल्लाका सरोकारवाला निकायको भनाइ रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम