२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कसरी हुन्छन् दैनिक १७ नेपाली बेपत्ता ? तीन वर्षमा १९ हजार ९ सय १८ हराए

२०७४, ९ माघ मंगलवार ०३:१४

माघ ९, काठमाडाै । दैनिक १७ नेपाली बेपत्ता हुने गरेका छन् । प्रहरीको तथ्यांकअनुसार तीन वर्षमा मुलुकभरबाट १८ हजार ९१८ बेपत्ता भएका छन् । बेपत्ता हुनेमा महिला र बालबालिकाको संख्या धेरै छ ।

अाजकाे नयाँ पत्रिकामा खबर छ- हरेक वर्ष बेपत्ता हुनेको संख्या बढिरहेको छ ।

धेरै बेपत्ता हुनेमा महिला

बेपत्ता हुनेमा सबैभन्दा धेरै महिला छन् । तीन वर्षको अवधिमा १० हजार २८३ महिला हराएका छन् । बेपत्ता हुने महिलाको संख्या ५४.३५ प्रतिशत छ । महिलापछि धेरै बालक हराएका छन् । यस अवधिमा तीन हजार १७९ बालक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा वयस्क पुरुषको संख्या पनि धेरै छ । आर्थिक वर्ष ०७१-७२ देखि ०७४-७५ सम्म मुलुकभरिबाट तीन हजार १३१ वयस्क पुरुष बेपत्ता भएका छन् । तुलनात्मक रूपमा बेपत्ता हुने बालिकाको संख्या भने केही कम छ । तीन वर्षमा दुई हजार ३२५ बालिका बेपत्ता भएका छन् ।

लुकेर बस्नेका कारण बेपत्ताको संख्या बढी

नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज नेउपानेले बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष बढिरहेको बताए । भेटिएकाले प्रहरीमा रिपोर्ट नगर्ने र लुकेर बस्ने भएका कारण बेपत्ता हुनेको संख्या बढ्न पुगेको उनको भनाइ छ । ‘तथ्यांक हेर्दा बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष बढेको देखिन्छ ।

जब मान्छे हराउँछन्, तत्काल प्रहरीमा खबर गर्छन् । तर, भेटिएको खबर गर्दैनन् । कतिपय मान्छे आफैँ लुकेर बसेका हुन्छन् । विशेषगरी महिलामा यस्तो समस्या देखिन्छ,’ नेउपानले भने, ‘उनीहरू रोजगारका क्रममा कुनै पेसामा संलग्न हुन्छन् । तर, त्यो पेसा सार्वजनिक गर्न चाहँदैनन् । त्यसवेला उनीहरूले आफ्नो वास्तविक परिचय ढाँट्छन् । यसले पनि बेपत्ता हुनेको संख्या बढेको देखिन्छ ।’

बेपत्ता हुनेको संख्या १८ प्रतिशतले वृद्धि

प्रहरीको तथ्यांकअनुसार बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष १८ प्रतिशतले वृद्धि भएको छ । आव ०७३-७४ मा सात हजार २७८ सर्वसाधारण बेपत्ता भएका थिए । यो संख्या आव ०७२-७३ को भन्दा १८.१५ प्रतिशतले धेरै हो । आव ०७२-७३ मा पाँच हजार ९५७ बेपत्ता भएका थिए ।

आव ०७३-७४ मा अघिल्लो वर्षभन्दा एक हजार ३२१ बढी बेपत्ता भएका थिए । आव ०७१-७२ मा भने पाँच हजार ६८३ बेपत्ता भएका थिए । यो संख्या आव ०७२-७३ भन्दा २७४ ले र आव ०७३-७४ भन्दा एक हजार ५९५ ले बढी हो ।

किन हुन्छन् बेपत्ता ?

प्रहरीका अनुसार फेला परेपछि प्रहरीलाई खबर नगर्ने, अवैध बाटोबाट वैदेशिक रोजगारमा जाने र परिचय लुकाएर रोजगारमा संलग्न हुने गरेका कारण बेपत्ता हुनेको संख्या बढी देखिएको हो । प्रहरी प्रवक्ता डिआइजी मनोज न्यौपानेका अनुसार बेपत्ता हुनेमा महिलाको संख्या धेरै छ ।

धेरै मान्छे अवैध बाटोबाट वैदेशिक रोजगारमा जाने र परिचय लुकाएर बस्ने गरेको प्रहरीको भनाइ छ । ‘महिला अवैध रूपमा वैदेशिक रोजगारमा जान्छन् । यसको रेकर्ड कतै हुँदैन । धेरैजसो त आफन्तलाई ढाँटेर वैदेशिक रोजगारमा गएका हुन्छन् । उनीहरूका आफन्तले प्रहरीमा हराएको निवेदन दिन्छन् ।

पछिल्ला दिनमा यस्ता घटना धेरै भएका छन्,’ डिआइजी न्यौपानेले भने, ‘कतिपय महिला आफूले गर्दै आएको कामबारे खुलाउन चाहँदैनन् । उनीहरू आफ्नो परिचय ढाँटेर बसेका हुन्छन् ।’

डिआइजी न्यौपानेका अनुसार केही मानिस भने साँच्चिकै बेपत्ता हुन्छन् । विशेषगरी बालबालिकाको हकमा यस्तो हुन्छ । ‘उनीहरू कुनै न कुनै माध्यमबाट भारतका सर्कस, कोठीलगायत ठाउँमा बेचिन पुग्छन् । यसको रेकर्ड प्रहरीमा हुन्छ । त्यसो हुँदा बेपत्ताको संख्या बढ्न पुगेको हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण