सास । माघ २२, बर्दिया । 

बर्दियाको बढैयाताल ८, पशुपतिबजारस्थित, बर्मेलीटोलमा ट्रकको ठक्करबाट आज विहान मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । माघ २२, बर्दिया । 

बर्दियाको बढैयाताल ८, पशुपतिबजारस्थित, बर्मेलीटोलमा ट्रकको ठक्करबाट आज विहान मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

2026-06-26 01:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

ट्रकको ठक्करले घटनास्थलमै युवकको मृत्यू

2018-02-05

सास । माघ २२, बर्दिया । 

बर्दियाको बढैयाताल ८, पशुपतिबजारस्थित, बर्मेलीटोलमा ट्रकको ठक्करबाट आज विहान मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।


बिहानैदेखि लागेको कुहिरो र त्यससँगै हावाको बहावका कारणले गर्दा बाटो नदेखिने स्थिति भएकोले पूर्वबाट पश्चिमतर्फ आइरहेको क भे १ ख ५२८ नम्बरको ट्रकले ठक्कर दिँदा बढैयाताल ८, स्याउलीबजार निवासी भे ४ प ५९६४ नम्बरको मोटरसाइकल चालक वर्ष ३२ का झग बहादुर क्षेत्रीको टाउकोमा गम्भीर चोट लागेका कारण घटनास्थलमै मृत्यु भएको बढैयाताल प्रहरी चौकी, कालिकाका प्रहरी हवल्दार ललित सुनारले साझा सबाललाई बताउनुभयो  । 

अहिले ट्रक र चालक राम लौटन चौधरीलाई नियन्त्रणमा लिई शितलाबजारमा राखिएको ।  ट्रक चालक, मालिक  र मृतकका अाफन्तबीच अापसी छलफल र क्षतिपूर्तीकाे विषयमा अावश्यक कारवाही जिल्ला प्रहरी कार्यालय बर्दियामा नै गरिने बताइएको छ । 

विहान करीब साढे आठ बजेतिर यो घटना भएपछि, घटनाबाट उत्पन्न हुन सक्ने परिस्थितिको मध्यनजर गर्दै हाल नेपालगञ्ज गुलरिया सडकखण्ड भएर चल्ने सवारी साधनहरुलाई वाईपास गरेर पठाइएको प्र.ह. सुनारले बताउनुभयो । 

अहिले शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाउने तयारी भैरहेको र आफन्तले शव बुझिसकेको प्रहरी हवल्दार ललित सुनारले घटनास्थलबाट जानकारी दिनुभएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ