सास । चैत १३, बर्दिया । 

चपक्क अँगालोमा बेरेर माया साट्दैमा कोही पनि आफ्नो हुन सक्दोरहेनछ भन्ने कुरा स्यारोन रेग्मीले अञ्जलीसँग यसरी अँगालोमा बेरिँदा मात्रै थाहा पाए ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । चैत १३, बर्दिया । 

चपक्क अँगालोमा बेरेर माया साट्दैमा कोही पनि आफ्नो हुन सक्दोरहेनछ भन्ने कुरा स्यारोन रेग्मीले अञ्जलीसँग यसरी अँगालोमा बेरिँदा मात्रै थाहा पाए ।

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

यसकारण खतरनाक छ रुप र धनको घमण्ड (भिडियो सहित)

१३ चैत्र २०७४, मंगलवार ०६:५१

सास । चैत १३, बर्दिया । 

चपक्क अँगालोमा बेरेर माया साट्दैमा कोही पनि आफ्नो हुन सक्दोरहेनछ भन्ने कुरा स्यारोन रेग्मीले अञ्जुसँग यसरी अँगालोमा बेरिँदा मात्रै थाहा पाए ।

 यसरी सम्बन्ध भनेको रुप र पैसामा विक्री हुने कुरा थाहा पाएर बेहाल बनेका स्यारोनले अञ्जुको भन्दा पनि मदिराको सहारा लिएका छन् । आफन्तहरु भन्दा पनि बरु अरुकै सहारा पाएका छन् । जसका कारण घाँटी सेरेर आत्महत्या गर्न तम्सेका स्यारोन आजभोलि अलि सामान्य अवस्थामा फर्केर जीवनलाई सहज रुपमा अगाडि बढाउने सहास बोक्दै सहयोगको याचना गरेका छन् । 

यस्तै घटना, जुन नेपाली समाजको परिदृश्य, यथार्थ सामाजिक चित्रणका साथ गायक प्रभात सुवेदीको गीत “धन–सम्पत्ति” भखैरै मात्र भिडियोसहित मुनाल टिभीको यूट्युव च्यालनबाट सार्वजनिक गरिएको छ । 

सबैले स्टेचलाई मात्र हेरेर गीतसङ्गीतमा लगानी गरेतापनि बर्दियाका अग्रज स्रष्टामध्येका प्रभात सुवेदीले आफ्नै शब्द र लयमा यो जीवन्त गीत बजारमा ल्याएको बताउँदै यो गीत कमाउन भन्दा पनि नेपाली समाज अनि घर परिवार र आफन्तहरुबाट पाइने धोका र सम्पत्तिको धम्की देखाउनेहरुको यथार्थालाई समेटेको बताउँछन् । बर्दियाको गुलरियामा बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयमा शिक्षण पेशामा आवद्ध सुवेदीका यसअघि पनि “बाचाकसम”, “पिपलु चौतारी”, “चरी जुरेली”, “उज्यालो विहानी”, “डोको नाम्लो”, “भवसागर” लगायतका क्यासेट एल्बमहरु र दर्जनौं गीतहरु आइसकेका छन् । अव प्रत्येक वर्ष केही न केही सिर्जना ल्याउने प्रतिवद्धता जनाउँदै यसपाली ३ ओटा अझ राम्रा सिर्जनाहरु बजारमा ल्याउन लागेको बताए ।

मुनाल डिजिटल प्रा.लि. को प्रस्तुती रहेको यो म्युजिक भिडियोमा बर्दियाकै प्रतिभाहरु स्यारोन रेग्मी र अञ्जु अधिकारीले निकै शशक्त अभिनय गरेका छन् । अजय रेग्मीको छायाँकन, अमर शाक्यको सम्पादन र शिवन पोखरेलको निर्देशनमा सहारा फिल्मस् एण्ड ईन्टरटेन्मेन्टबाट तयार गरिएको भिडियो अपलोड भएकै दिनमा २ हजार बढीले हेरिसकेका छन् । 

अझ यस गीतको अर्को सुन्दर संयोग के भएको छ भने बर्दियाकै प्रतिभावान कलाकार तथा संगीत संयोजक रकेश वलीको संगीत संयोजन रहेको छ भने बर्दियाकै गायक कर्ण सञ्ज्यालले तरङ्ग स्टुडियोमा रेकर्डिङ गरेका हुन भने ध्वनि समिश्रण सन्तोष पौडेलले गरेका हुन् । 

हेर्नुहोस् भिडियो ..


(मन परेमा लाइक, कमेन्ट र सेयरका लागि हार्दिक अनुरोध)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान