सास । चैत १३, बर्दिया ।

चपक्क अँगालोमा बेरेर माया साट्दैमा कोही पनि आफ्नो हुन सक्दोरहेनछ भन्ने कुरा स्यारोन रेग्मीले अञ्जुसँग यसरी अँगालोमा बेरिँदा मात्रै थाहा पाए ।

यसरी सम्बन्ध भनेको रुप र पैसामा विक्री हुने कुरा थाहा पाएर बेहाल बनेका स्यारोनले अञ्जुको भन्दा पनि मदिराको सहारा लिएका छन् । आफन्तहरु भन्दा पनि बरु अरुकै सहारा पाएका छन् । जसका कारण घाँटी सेरेर आत्महत्या गर्न तम्सेका स्यारोन आजभोलि अलि सामान्य अवस्थामा फर्केर जीवनलाई सहज रुपमा अगाडि बढाउने सहास बोक्दै सहयोगको याचना गरेका छन् ।

यस्तै घटना, जुन नेपाली समाजको परिदृश्य, यथार्थ सामाजिक चित्रणका साथ गायक प्रभात सुवेदीको गीत “धन–सम्पत्ति” भखैरै मात्र भिडियोसहित मुनाल टिभीको यूट्युव च्यालनबाट सार्वजनिक गरिएको छ ।

सबैले स्टेचलाई मात्र हेरेर गीतसङ्गीतमा लगानी गरेतापनि बर्दियाका अग्रज स्रष्टामध्येका प्रभात सुवेदीले आफ्नै शब्द र लयमा यो जीवन्त गीत बजारमा ल्याएको बताउँदै यो गीत कमाउन भन्दा पनि नेपाली समाज अनि घर परिवार र आफन्तहरुबाट पाइने धोका र सम्पत्तिको धम्की देखाउनेहरुको यथार्थालाई समेटेको बताउँछन् । बर्दियाको गुलरियामा बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयमा शिक्षण पेशामा आवद्ध सुवेदीका यसअघि पनि “बाचाकसम”, “पिपलु चौतारी”, “चरी जुरेली”, “उज्यालो विहानी”, “डोको नाम्लो”, “भवसागर” लगायतका क्यासेट एल्बमहरु र दर्जनौं गीतहरु आइसकेका छन् । अव प्रत्येक वर्ष केही न केही सिर्जना ल्याउने प्रतिवद्धता जनाउँदै यसपाली ३ ओटा अझ राम्रा सिर्जनाहरु बजारमा ल्याउन लागेको बताए ।

मुनाल डिजिटल प्रा.लि. को प्रस्तुती रहेको यो म्युजिक भिडियोमा बर्दियाकै प्रतिभाहरु स्यारोन रेग्मी र अञ्जु अधिकारीले निकै शशक्त अभिनय गरेका छन् । अजय रेग्मीको छायाँकन, अमर शाक्यको सम्पादन र शिवन पोखरेलको निर्देशनमा सहारा फिल्मस् एण्ड ईन्टरटेन्मेन्टबाट तयार गरिएको भिडियो अपलोड भएकै दिनमा २ हजार बढीले हेरिसकेका छन् ।

अझ यस गीतको अर्को सुन्दर संयोग के भएको छ भने बर्दियाकै प्रतिभावान कलाकार तथा संगीत संयोजक रकेश वलीको संगीत संयोजन रहेको छ भने बर्दियाकै गायक कर्ण सञ्ज्यालले तरङ्ग स्टुडियोमा रेकर्डिङ गरेका हुन भने ध्वनि समिश्रण सन्तोष पौडेलले गरेका हुन् ।

हेर्नुहोस् भिडियो ..

(मन परेमा लाइक, कमेन्ट र सेयरका लागि हार्दिक अनुरोध)