प्रभात सुवेदी । जेठ ७, बर्दिया ।

बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत अरुणा रेग्मीलाई आफ्नो कानकको अवस्था तब मात्र थाहा भयो जब वरिष्ठ कान स्वास्थ्य प्राविधिक मनलाल चौधरीले कानबाट फोहोरको डल्लो "/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । जेठ ७, बर्दिया ।

बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत अरुणा रेग्मीलाई आफ्नो कानकको अवस्था तब मात्र थाहा भयो जब वरिष्ठ कान स्वास्थ्य प्राविधिक मनलाल चौधरीले कानबाट फोहोरको डल्लो "/>

२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

अचानक झस्केकी अरुणा किन खुशी भइन् ?

२०७५, ७ जेष्ठ सोमबार १२:३१

प्रभात सुवेदी । जेठ ७, बर्दिया ।

बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत अरुणा रेग्मीलाई आफ्नो कानकको अवस्था तब मात्र थाहा भयो जब वरिष्ठ कान स्वास्थ्य प्राविधिक मनलाल चौधरीले कानबाट फोहोरको डल्लो निकाल्नुभयो । आफ्नो कानमा त्यतिविधी फोहोर थाहै नपाइकन सुटुक्क जम्मा भएको देखेर केहीबेर त उनी आँफै झस्किइन् तर त्यो झस्काइसँगै उनको अनुहारमा खुशीको भाव पनि झल्किएको देखिन्थ्यो ।


यो खुशीको भाव आज बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय गुलरियामा ब्रिनोज कान स्वास्थय सेवा गुलरिया शाखाले सञ्चालन गरेको विद्यालय कान स्वास्थ्य सेवा अभियान अन्तर्गत निःशुल्क कान स्वास्थ्य परीक्षण कार्यक्रममा झल्किएको हो । 

अरुणा रेग्मी लगायत झण्डै ८ सय भन्दा बढीले आज आफ्नो कान स्वास्थ्यको अवस्था बारेमा थाहा पाएका छन् । भर्खरै मात्र स्थापना गरिएको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा गुलरिया शाखाले सेवाको भावनाबाट प्रेरित भइ बर्दिया जिल्लाका विद्यालयहरुमो निःशुल्क कान स्वास्थ्य शिविरको आयोजना गरेको सामुदायिक कान स्वास्थ्य अधिकृत दिपक वि.सी. ले बताउनुभयो ।

कक्षा १ देखि कक्षा १० सम्म अध्ययन गर्ने बालबालिकाहरु लगायत शिक्षकहरुको कान र श्रवणको अवस्थाका बारेमा परीक्षण, सल्लाह र आवश्यक औषधिहरु निःशुल्क रुपमा उपलब्ध गराइएको हो । करिव ५० हजार मूल्यको औषधि निःशुल्क रुपमा ब्रिनोज कान स्वास्थ्य सेवा नेपालगञ्जले उपलब्ध गराएको हो भने प्राविधिक सेवा भने शाखा कार्यालय गुलरियाले उपलब्ध गराएको हो ।

कान परीक्षणपश्चात नि:शुल्क अौषधि दिएर प्रयोग विधीबारे बताउनुहुँदै दिपक वि.सी. 

अघिल्लो सातादेखि शुरु गरिएको विद्यालय कान स्थास्थ्य परीक्षण सेवामा हाल सम्म ४ ओटा विद्यालयमा गरी २५ सय ४४ जना विद्यार्थी तथा शिक्षकहरुले लाभ लिइसककेका छन् । 

गुलरिया नगरपालिकाको समन्वयममा गुलरियाका विभिन्न सामुदायिक विद्यालयमा जारी रहेको यो सेवा क्रमशः अन्य विद्यालयहरुमा आयोजना गरिने अधिकृत दिपक वि.सी. ले बताउनुभयो । 

विद्यालयमा आयोजित कार्यक्रमलाई उद्घाटन गर्नुहुँदै गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले यस वर्ष नगरपालिकाका प्रत्येक विद्यालयहरुमा कान उपचार सेवा पुर्याउने लक्ष्य अनुरुप कार्य प्रारम्भ गरिएको र यसले विद्यार्थी तथा शिक्षकहरुको पठनपाठन क्रियाकलापमा प्रत्यक्ष लाभ पुग्ने र बहिरोपन हुन नदिने बताउनुहँदै आगमी वर्ष निःशुल्क आँखा परीक्षण कार्यक्रम समेत सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । 


कान स्वास्थ्य प्राविधिक दिपक वि.सी. ले बाहिर जे जस्तो कुरा सुन्नमा आएतापनि यो काम भनेको विशुद्ध सामाजिक संस्थाले बहन गर्नुपर्ने सामाजिक उत्तरदायित्वको मान्यताबाट प्रेरित भएर गरिएकोले कार्यालयको आन्तरिक खर्चलाई कटौती गरेर भएपनि निःशुल्क शिविर सञ्चालन गरिएको बताउनुहुँदै यस कार्यलाई सफल बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो । 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष चन्द्रा चन्दको समेत उपस्थिति रहेको थियो र वहाँ स्वयं आफै पनि विद्यार्थीहरुको कान परीक्षण कार्यमा स्वयं सेवा गरिरहनुभएको थियो । कार्यक्रम विद्यालयका प्रधानाध्यापक भेजेन्द्र बहादुर थापाको सभाध्यक्षतामा सम्पन्न भएको थियो । 

शिविरमा विद्यार्थीहरुको नाम इन्ट्रीमा अाफै खटिनुभयाे विव्यस अध्यक्ष चन्द्रा चन्द यसरी …..

कान परीक्षणका क्रममा अधिकांश विद्यार्थीहरुको कानमा पानी जमेको, ढुसी पलाएको, जालीमा प्वाल परेको, जाली च्यातिएको पाइएको सामुदायिक कान स्वास्थ्य अधिकृत दिपक वि.सी. ले बताउनुभयो । कान परीक्षणका क्रममा वहाँले विद्यार्थीहरुलाई चिसो पेय पदार्थहरु, जङ्क फुडहरु नखान र अाफ्नो स्वास्थप्रति सचेत र सजग रहन समेत अनुरोध गर्नभएको थियो । 

ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलटेक्रा नेपागञ्जको शाखा गुलरियामा खुलेपछि अब कानका समस्या हुनेहरुले गुणस्तरीय उपचार सेवा पाउने कुरामा विश्वस्त हुन सबैलाई वि.सी. ले आग्रह गर्नुभएको थियो । 

यस अघि नेपाल रेडक्रस सोसाइटीले जिल्ला अस्पताल तथाा आँखा उपचार केन्द्रबाट सञ्चालन गरेको कान उपचार सेवामा सिमित साधन, सेवा, अधिकार तथा सिमित भौतिक तथा प्राविधिक पूर्वाधारका कारण गुणस्तरीय सेवा प्रवाह हुन नसकेको समस्यालाई अब ब्रिनोज कान स्वास्थ्य सेवा गुलरियाले सहुलियत शुल्कमा अत्याधुनिक श्रवण शक्ति जाँच उपकरण, कान उपचार सम्बन्धि यथोचित परामर्शका साथै विशेषज्ञ टोली सहित उच्च व्यवस्थापनमा कानको अप्रेसन सेवा समेत उपलब्ध गराउने भएको छ ।


कान परीक्षण गराउनुहुँदै शिक्षक भीम प्रसाद पौडेल …..

यसैबीच भोलि ध्रुब माध्यमिक विद्यालय तुल्सीपुरमा पनि निःशुल्क कान स्वास्थ्य परीक्षण तथा उपचार सेवा दिइने ब्रिनोज कान स्वास्थ्य सेवा गुलरियाले जानकारी दिएको छ ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ