Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बसमै दन्दनी आगो : नेपालमै पहिलो घटना

By kit 3 मिनेट पढाइ

सास । जेठ १२, बर्दिया ।

बर्दियाको बाँसगढी नगरपालिका ३ अन्तर्गत पूर्वपश्चिम राजमार्गमा पर्ने उत्तर भकारीमा अचानक बसमा आगो दन्किएको छ ।

काठमाण्डौबाट डडेल्धुरा जान छुटेको उग्रतारा ट्राभल्सको बा ४ ख ८४९२ नम्बरको  बसमा अचानक बिहान ६ बजेतिर बाँसगढी नगरपालिका वडा नं. ३ उत्तरभकारीमा आगो लागेको हो । चालकले आगो निभाउन केही अगाडि बस लगेपनि आगो झन दन्किएको थियो ।

चालक दलका सदस्य सहित ३८ जना सवार बसमा आगो दन्किनु अगाडि नै यात्रुहरु बसबाट हाम्फालेर भागेकाले कुनै पनि मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी नायव निरीक्षकक रबीलाल अस्लामीले घटनास्थलबाट जानकारी दिनुभयो । ट्रकलाई ओभरटेक गर्ने क्रममा दायाँ पट्टिको चक्का घिसारिएर आगो लागेको प्रहरी नायव निरीक्षकक अस्लामीले बताउनुभयो ।

बाँसगढी नगरपालिकामा दमकल नभएको खबर गर्दा गर्दै कोहलपुरबाट गएको दमकल पुग्दासम्म बसको अधिकांश भाग जलिसकेकोले बसलाई क्षति हुनबाट जोगाउन नसकिएको बाँसगढीका प्रहरी नायव निरीक्षक रवीलाल अस्लामीले जानकारी दिनुभयो ।

यसरी चक्का घिसारिएर बसमा आगो लागेको संभवतः नेपालमै पहिलो घटना भएको प्र.ना.नि. अस्लामीले बताउनुभयो ।