सास । असार ७, बर्दिया ।

जिल्लाको बारबर्दिया नगरपालिकामा औपचारिक कार्यक्रम आयोजना गरिएको खण्डमा कुनै पनि वडामा कार्यक्रम सञ्चालकको खाँचो नपर्ने भएकोले नगरप्रमुख दुर्गा बहादुर थारुले ढुक्क हुँदै खुशी व्यक्त गर्नुभएको छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । असार ७, बर्दिया ।

जिल्लाको बारबर्दिया नगरपालिकामा औपचारिक कार्यक्रम आयोजना गरिएको खण्डमा कुनै पनि वडामा कार्यक्रम सञ्चालकको खाँचो नपर्ने भएकोले नगरप्रमुख दुर्गा बहादुर थारुले ढुक्क हुँदै खुशी व्यक्त गर्नुभएको छ ।

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

हामी अब ढुक्क भयौँ !

२०७५, ७ असार बिहीबार १६:४९

सास । असार ७, बर्दिया ।

जिल्लाको बारबर्दिया नगरपालिकामा औपचारिक कार्यक्रम आयोजना गरिएको खण्डमा कुनै पनि वडामा कार्यक्रम सञ्चालकको खाँचो नपर्ने भएकोले नगरप्रमुख दुर्गा बहादुर थारुले ढुक्क हुँदै खुशी व्यक्त गर्नुभएको छ ।


नगरपालिकाले नगरका युवा, महिला, दलित, जनजाति तथा लोपोन्मुख÷सिमान्तकृत वर्गका लागि आयोजना गरेको दोस्रो चरणको  एक हप्ते नगरस्तरीय उद्घोषण तथा नेतृत्व क्षमता विकास कार्यक्रमको आज समापन समारोहमा उपरोक्त कुरा बताउनुभएको हो । साथै वहाँले तालिमले नगरका लक्षित समुदायको नेतृत्व क्षमतामा वृद्धि हुने अपेक्षा गर्नुहँुदै यस तालिमबाट अब हामीले कुनै पनि कार्य आँफै गर्नका लागि उत्प्रेरित हुने पर्ने कुरा सिकाएकोले पनि कुनै पनि कार्यक्रम सञ्चालनका लागि आफै नै गाउँठाउँमा अगाडि बढ्नु पर्ने कुरामा जोड दिनुहुँदै सबै सहभागीहरुको उज्ज्वल भविष्यको कामना गर्नुभयो । 


कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपमेयर अञ्जु दहितले तालिमबाट सहभागीहरुले घरदेखि समाजसम्म काम लाग्ने कुरा सिक्नुभएकोले यसलाई ठाउँ ठाउँमा उपयोग गर्नुहुन सबै सहभागीहरुलाई आह्वान गर्नुभयो । 

बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशीधर घिमिरेले नगरपालिकाले गरेको लगानीबाट नगरलाई आवश्यक जनशक्ति उत्पादन गरेकोले खुशी व्यक्त गर्नुहुँदै यस प्रकारका कार्यक्रमलाई अझ बढी स्तरीय तरीकाबाट निरन्तर रुपमा सञ्चालन गरिने कुरा बताउनुभयो । 

समापन कार्यक्रममा विभिन्न समूहहरुको तर्फबाट तालिमको समिक्षात्मक टिप्पणीहरु प्रस्तुत गरिएको थियो भने सहभागीहरुबाट तालिम अत्यन्तै फलदायी रहेको र आगामी दिनमा अझ लामो अवधि र अनुकुल मौसम तथा व्यवस्थित रुपमा गरिनु पर्नेमा जोड दिएका थिए । 

तालिमको पहिलो चरण जेठ ३१ गते सकिएको थियो जसमा बारबर्दिया नगरपालिकाका १ देखि ४ नं. वडाहरुबाट दुई दर्जन बढीको सहभागिता रहेको थियो भने आज सम्पन्न भएको दोस्रो चरणको कार्यक्रममा भने नगरपालिकाको वडा नं. ५ देखि ११ सम्मका ५ दर्जन सहभागी रहेका थिए । जसमा १४ ओटा सामुदायिक विद्यालयका शिक्षकहरुलाई पनि सहभागी गराइएको थियो ।

तालिमको प्रशिक्षकको रुपमा रेडियो रामज्ञानुका शितल थापा, शिक्षक तथा सञ्चारकर्मी प्रभात सुवेदी, कमल वि.के. निर्मोही, माधव अधिकारी रहनुभएको थियो । 

समापन कार्यक्रममा सहभागीहरुलाई सहभागीताको प्रमाणपत्र समेत वितरण गरिएको थियो भने समापन कार्यक्रम बारबर्दिया नगरपालिकाका आर्थिक विकास समिति संयोजक एवम् प्रवक्ता दुर्गा बहादुर विश्वकर्माको सभाध्यक्षतामा सम्पन्न गरिएको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते