पढ्न करिब 2 मिनेट लाग्छ

प्रभात सुवेदी । असार २१, बर्दिया ।

नेपाली युवाहरुलाई युवाहरुले नै अब विदेशमा गएर व्यर्थै रगत बगाउनु भन्दा स्वदेशमा नै बसेर बरु पसिना बगाउनका लागि आह्वान गरेका छन् ।

जिल्ला युवा समितिको कार्यालय बर्दियाले आज गुलरियामा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा आफ्नो बिचारहरु राख्दै सहभागी प्रतियोगीहरुले यस्तो कुरा बताएका हुन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा युवाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा सहभागी भएका युवाहरुमध्येबाट सोयव रजा हजाम प्रथम, हरिकला अधिकारी द्वित्तीय र जीवनराज सुवेदीले तृतीय स्थान प्राप्त गरेका छन् भने मोहम्मद हुसेन सैयदले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

आजको प्रतियोगितामा प्रथम भएका सोयव रजाले नगद पाँच हजार सहित प्रमाण पत्र र यहि २३ गते प्रदेशस्तरमा आयोजना हुने प्रतियोगिताको लागि पनि छनोट भएका छन् । यसैगरी द्वित्तीय, तृतीय र सान्त्वनाले प्रमाणपत्र सहित क्रमशः नगद रु. तीन हजार, दुई हजार र एक हजार प्राप्त गरेका छन् ।

यसैगरी कार्यक्रममा जिल्लाका युवा उद्यमी तथा प्रतिभाहरु कृषितर्फ बेलविक्रम चौधरी, खेलकुदतर्फ गोपी प्रसाद तिमिल्सिना र कलाकारितातर्फ सुनिता थारुलाई नगद रु. पाँच हजार सहित सम्मान गरिएको थियो ।

वक्तृत्वकला प्रतियोगितामा निर्णायकमा जिल्ला समन्यव अधिकारी विश्वामित्र कुँईकेल संयोजकका रुपमा रहनुभएको थियो भने, उप–प्राध्यापक राजेन्द्र प्रसाद धिताल र शिक्षक भोजराज शर्मा सदस्यका रुपमा रहनुभएको थियो ।

जिल्ला युवा समितिका अध्यक्ष विष्ण जोशीको सभाध्यक्षतामा सम्पन्न यो कार्यक्रममा जिल्ला युवा समितिको कार्यालय बर्दियाका प्रमुख नीलकण्ठ रेग्मीले स्वागत तथा कार्यक्रममो औचित्यका सन्दर्भमा प्रष्ट्याउनुभएको थियो ।