प्रभात सुवेदी । साउन २८, बर्दिया ।

गएरातीदेखि परेको अविरल वर्षाको कारण कणार्ली नदीमा पानीको सतह सतर्कताको तह पार गरेकोले तल्लो तटीय क्षेत्रका बासिन्दाहरुलाई सर्तक हुनका लागि जिल्ला प्रशासन कार्यालय बर्दियाले सूचित गरेको छ ।

कर्णाली नदीमा अपरान्ह ३ बजेर ४० मिनेट जाँदाको समयमाा १० मिटर पार गरेको हुँदा सुरक्षित स्थल तर्फ जानका लागि आम जनसमुदायलाइ प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर कुरुम्बाङ्गद्वारा हस्ताक्षरित सूचनामार्फत आग्रह गरिएको छ ।

August 13, 2018
बर्दिया - BRD, बिशेष खबर
कर्णालीमा बढ्यो पानीको सतह ! सतर्क हुन प्रशासनको सूचना !
By kit
2 मिनेट पढाइ