Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

माया टोक्नै नमिल्ने ! किन ? (भिडियो)

By kit 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

सास । साउन २८, बर्दिया ।

संसारमै बिरलै मिल्ने यो संयोग मिलेको बर्दिया र धादिङका दुई प्रभात सुवेदीको यो जोडीको ।

यिनै दुई जोडी धेरै अघिदेखि नामले परिचित भएपनि दुई दशकपछि मात्रै उनीहरुलाई सामाजिक सञ्जालले जोड्यो र भेटघाट भयो । अनि नाम र थर मात्रै हैन दुबै जनाको रुचीको क्षेत्रपनि मिलेपछि त अझै के चाहियो र ?

धादिङका प्रभात सुवेदी हाल काठमाडौं कलङ्कीमा बस्दै आएका छन् । उनी पुस्तक तथा स्टेसनरी व्यवसायी हुन् भने विभिन्न सामाजिक क्षेत्रहरुमा निकै क्रियाशील छन् । निकै ठेट शब्दहरु बुनेर गीत लेख्न माहिर प्रभात सुवेदी नेतृत्व विकास तथा आत्मविश्वास सम्बन्धि तालिमका कुशल सहजकर्ता पनि हुन् ।

यसैगरी अर्का प्रभात बर्दिया सदरमुकाम गुलरियामा बस्दै आएका छन् भने उनी पेशाले शिक्षक हुन् भने उनी कुशल सञ्चारकर्मीका साथै सङ्गीतकर्मी पनि हुन् ।

दुबै प्रभातका दर्जनौं साङ्गीतिक कोशेलीहरु बजारमा आइसकेका छन् । पछिल्लो समयमा सँगसँगै मिलेर एउटा गीत गर्ने कुरामा सहकार्य गरे उनीहरुले अन्ततः जन्म्यो आफ्नै परिवेशको गीत “माया टोक्नै नमिल्ने” । श्रोता तथा दर्शकलाई संन्दिग्धता नहोस् भनेर गायक तथा सङ्गीतकार प्रभात सुवेदीले भने आफूलाई ‘अर्धव्यास’ उपनाम दिएका छन् जुन उनको साहित्यिक उपनाम पनि रहेछ ।

हाइलाइट्स नेपालको च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतको म्युजिक भिडियो निकै पृथक त छँदैछ सँगसँगै यस गीतका शब्दको उत्कृष्टताले सबैलाइ तान्ने दुबै प्रभातको अपेक्षा रहेको छ । नेपालकै चर्चित सङ्गीतकार बि.बि. अनुरागीको संगीत संयोजन रहेको र बर्दियाका प्रभात सुवेदीको सङ्गीत रहेको यो गीतमा बर्दियाली प्रभात सुवेदी र गायिका तुलसी घर्ती मगरको आवाज रहेको छ ।

बिनोद न्यौपाने र अनिशा न्यौपानेको मोडलिङ रहेको यो गीतको कोरियोग्राफी ओजश्वी साउद र आशुतोष एडीको रहेको छ । नमराज घिमिरेको क्यामेरा, सुवास डाँगीको ड्रोन, नविन सापकोटाको रङ्ग संयोजन रहेको यो भिडियोको निर्देशन भने रुद्र बोहोराले गरेका हुन् भने सन्तोष भारद्वाजले सम्पादन गरेका हुन् ।

डान्सिङ्ग बिटमा रहेको हुनाले गीत निकै आशालाग्दो रहेको गीतकार प्रभात सुवेदी बतउँछन् भने गायक प्रभात सुवेदीले यसरी दुई प्रभातको सहकार्यमा टोक्नै नमिल्ने माया ल्याउन पाएकोमा अत्यन्तै खुशी व्यक्त गर्दै यसबाट खासगरी युवापुस्तामाझ आफ्नो साङ्गितीक उचाई बढ्ने अपेक्षा रहेको बताए ।

हेर्नुहोस् भिडियो :