2026-09-14 04:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

द्वन्द्वकालमा पार्टीको झण्डा बनाउंदै हिडेका बैतडीका जनक अहिले साइनबोर्ड बनाउँछन्

विनोद सिंह विष्ट | भदौ ५, बैतडी | दश वर्ष लामो सशस्त्र संघर्षका बेला उनले झण्डा, तुल, ब्यानर बनाउँदै हिँडे, वाल पेन्टिङ गरे । जानेको सीप त्यही थियो । अहिले उनी यही पेशाबाट जीवन धान्छन् र यस पेशाबाट आर्जित पैसाबाट समाज सेवा गर्ने पवित्र सोच राख्छन् । द्वन्द्वकालमा भूमिगत भएर क्रान्तिमा होमिएका बैतडी दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका जनक बहादुर चन्दलाई अक्षर लेख्ने र कुची, रङ्ग र ब्रससँग खेल्ने काम नै रमाइलो लाग्छ । 

तत्कालीन माओवादी पार्टीभित्र पनि चित्रकलाकै काम गरेका ३६ वर्षीय युवक जनकले हिजोआज अक्षर लेखेर मासिक ३० हजार रुपैयाँ कमाउँछन् । उनी मुख्यतया साइनबोर्ड, ब्यानर र होर्डिङ बोर्ड लेख्ने काम गर्छन् । दोगडाकेदार गाउँपालिकामा हुने कार्यक्रमहरुका लागि तुल, ब्यानर बनाउने र विभिन्न संघ संस्थाका नारासहितका होर्डिङ बोर्ड लेख्ने उनको दिनचर्या हो । 

उनले पहिलो पटक पढाइको सिलसिलामा महेन्द्रनगरमा दाइ गणेश चन्दले यसरी चित्र र अक्षर कोरेको देखेका थिए । प्रदेश ७ (सुदूरपश्चिम) मा ख्याति कमाएको गणेश आर्ट कञ्चनपुरको महेनद्रनगर बजारमा अवस्थित छ । गणेश आर्ट विस २०५१ सालमा र २०५४ सालमा गरी दुई पटक आर्टिस्ट प्रतियोगितामा प्रथम भएको थियो । शुरुमा महेन्द्रनगरमै चित्रकला सिकेका जनकले दाइकै पदचिन्हलाई पछ्याएका हुन् । अहिले त्यही गणेश आर्टको शाखा खोचलेकमा सञ्चालन गरेर उनी यही कलाकारितामा समर्पित रहिआएका छन् । 

पार्टीका विभिन्न मोर्चा र कार्यक्रममा खटिँदा त्यतिबेला बैतडीका माओवादी नेता भुवनचन्द्र विश्वकर्मा (शान) ले पार्टीका लागि व्यानर र झण्डा लेखेको उनले कैयौं पटक देखेका थिए । भुवनको यो सीपबाट प्रभावित भएर जनकले लेख्न शुरु गरेका रहेछन् । 

आफ्नो कलामा निखार आएपछि पार्टीले जनकलाई यही कामको जिम्मा दियो । उनीसँग द्वन्द्वकालमा लाखौं ब्यानर र झण्डा लेखेको स्मरण छ । पार्टी शान्ति प्रक्रियामा आइसकेपछि २०६४ सालको संविधानसभाको निर्वाचन अघिको एक महिनाको अवधिमा मात्रै उनले पार्टीका ११ हजार झण्डा, १ हजार ब्यानर र ५८ होडिङ बोर्ड लेखेको उनी सगर्व सुनाउँछन् । देश र दुनियाँ बदल्न भूमिगत भएर हिँड्दाका दिन पार्टीका लागि गरेको कामलाई श्रमदान सम्झने उनी भन्छन् – एक रुपैयाँ नलिई काम गरें । जति गरें पार्टीकै लागि गरें ।” 

पार्टीले सहयोग नगरेकामा उनको कुनै गुनासो छैन । आफ्नो सानै योगदानबाट भएपनि देशमा संघीयता आएकामा उनी खुशी छन् । 

उनी भन्छन् – पार्टीले म जस्ता सीप र क्षमता भएका अन्य साथीहरुलाई रोजगार दिनुपर्छ । शान्ति प्रक्रियामा आइसकेपछि पार्टीले कार्यकर्ता व्यवस्थापनका नाममा विभिन्न योजनाको अध्यक्ष बनेर गुजारा गर्न सिकाए पनि आफूले पार्टीसँग कुनै योजना नमागेको र अहिलेसम्म कुनै पनि समितिको अध्यक्ष नबनेको उनी बताउँछन् । “गाउँदेखि केन्द्रसम्मका कुनै पनि योजना तथा निर्माण समितिमा बसेको छैन,” उनले भने – “आफ्नो सीप र पौरखले खाने हो ।” 

विसं २०७४ फागुनदेखि आर्ट व्यवसाय थालेका जनक मागेर हैन गरेर खानुपर्छ भन्ने मान्यता राख्छन् । उनी यही पेशालाई निरन्तरता दिन चाहन्छन् । 

उनले पार्टीमा रहँदा योङ्ग कम्युनिष्ट लिगको जिम्मा पनि लिए । आर्ट विभागको जिम्मा त थियो नै । 

विसं २०६५ मा बैतडीको इलाका नं १० को इलाका सचिव हुदै जिल्ला कमिटी सदस्य बने उनी । यसका साथै उनी एकता पूर्व सम्पन्न केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य समेत बने । 

दोगडाकेदार गाउँपालिकाको खोचलेक बजारमा व्यावसायिक रुपमा साइन बोर्ड लेख्न शुरु गरेपछि आफूलाई गाउँपालिकाले सहयोग गरेको जनक बताउँछन् । उनले भने – “मेरो कला देखेर गाउँपालिकाले मलाई सहयोग गरेको हो । गाउँपालिकाभित्रका सबै वडा कार्यालय र योजनाहरुको साइनबोर्ड लेख्ने काम दिएर ठूलो सहयोग गर्यो ।” 

मध्यम वर्गको घरपरिवारमा हुर्केका जनकले श्रीमतीसहित दुई सन्तानको लालनपालन राम्रैसँग गर्दैआएका छन् । एक लाख ५० हजार रुपैयाँ ऋण गरेर यो पेशा शुरु गरेका जनकला कच्चा पदार्थको अभावले बेलाबेलामा सताउने गर्छ । उनका अनुसार कच्चा पदार्थका लागि भारतीय बजार धाउनुपर्छ । 

गाउँपालिकामै साइनबोर्ड लेखाउने सुविधा भएपछि जिल्ला सदरमुकाम धाउनु पर्ने बाध्यता नभएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ