पढ्न करिब 2 मिनेट लाग्छ

प्रभात सुवेदी । भदौ २४, बर्दिया ।

नेपालमा लोकतन्त्र तथा गणतन्त्र आएपछि झन् झन् महिला हिंसामा वृद्धि भएका कारणले गर्दा पनि यसपालीका तीजमा नेपाली महिलाहरुले यसै विषयमा आवाज उठाउन थालेका छन् ।

यसै प्रसंगमा गुलरिया नगरपालिका वडा नं. २ को सहयोगमा वडा स्तरीय महिला सञ्जालले शनिबार पण्डितपुरमा आयोजना गरेको महिला हिंसा विरुद्ध सम्बन्धी विषयमा केन्द्रित रहेर आयोजना गरिएको वडा स्तरीय तीज गीत प्रतियोगितामा सहभागी महिलाहरुले पछिल्लो समयमा कञ्चनपुर लगायत नेपालका विभिन्न स्थानमा भएका महिला हिंसा तथा बलात्कार सम्बन्धी विषय र दोषीलाई कारवाही नभएर उन्मुक्ति दिने प्रवृत्ती बढेकोमा विरोध स्वरुप शब्दहरु बुनेर गीत गाएका थिए ।

प्रदेश सांसद तिलक शर्मा ‘हिमाल’ को प्रमुख आतिथ्यता, नगरपालिका प्रमुख मुक्तिनाथ यादवको विशेष आतिथ्यतामा सम्पन्न यो तीज गीत प्रतियोगितामा वडा नं. २ र ४ का अध्यक्षहरु लगायत नगर कार्यपालिकाका पदाधिकारीहरु तथा महिला सञ्जालका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा सहभागी सात ओटा समूहहरुमध्ये कृष्णसार समूह, कृष्णसार पीडित टोल विकास संस्था, प्रगतिशील दिदीबहिनी समूह क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए भने चेतनशील बाल समूहले सान्त्वना स्थान प्राप्त गरेको थियो ।

कार्यक्रममा बोल्दै अतिथिहरुले तीजलाई तडकभडकका रुपमा भन्दा पनि सामाजिक सौहार्दता तथा बेथितिहरुको अन्त्यका लागि आ–आफ्नो क्षमता अनुसार मनाउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नगरक्षेत्रका स्थापित कलाकारहरुले आ–आफ्नो प्रतिभाहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रस्तुत तीज गीतका केही झलकहरु : भिडियाेमा हेर्नुहोस्