पढ्न करिब 3 मिनेट लाग्छ

सास । भदौ २६, बर्दिया ।

बर्दियाका कलाकारहरुले आफ्नो कलाकारिताको मूल्य तोक्दै व्यवसायिक हुने भएका छन् ।

कलाकारलाई देशका गहना भन्दै विभिन्न रङ्गमञ्चीय कार्यक्रमहरुमा नृत्य, गीत, अभिनय, कार्यक्रम सञ्चालन, बाद्यबादन जस्ता कार्यमा बोलाउने गरिएको छ । तर विडम्बना कलाहरु हेरेर मख्ख पर्नेहरुले अन्तिममा दिएको धन्यवाद पाएर लुत्रुक्क परेर फर्किनु पर्ने अवस्था आएको कारण बर्दियाली कलाकारहरुको पारिश्रमिक निर्धारण गर्न लागिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बर्दिया शाखाका अध्यक्ष शम्भु मिलनले बताउनुभएको छ । वहाँले भन्नुभयो, ‘केन्द्रसँग समन्वय गरेर हामी यो काम छिट्टै गर्दैछौं ।’

दिनभर कुनै कार्यक्रममा गएर रङ्गमञ्चमा दुनियालाई पानी सम्म पनि नखाई मनोरञ्जन दिने कलाकार साँझ भोकै त फर्कियो फर्कियो तर पचास रुपियाँको कागजके खोस्टो लिएर घर फर्किने परिस्थिति आएकाले यसरी मूल्य तोक्नु परेको सप्तरङ्गी मञ्च बर्दियाका अध्यक्ष तथा प्रतिष्ठानका मध्यपश्चिम क्षेत्रीय वरिष्ठ उपाध्यक्ष गायक तथा नाटककार विष्णु थापाले बताउनुभयो ।

बर्दियामा आयोजना गरिने मेला महोत्सवमा बाहिरबाट आउने कलाकारलाई चाहिँ डिमाण्ड अनि सम्झौता अनुसार टन्न पारिश्रमिक दिने तर मेफसलका करलाकारहरुलाई भने ‘युज एण्ड थ्रो’ गरिने भएकोले पनि यस्तो गर्न लागिएको लोक तथा आधुनिक गायक आर पी शर्मा लामिछानेले बताउनुभयो । वहाँले भन्नुभयो 'कलाकारलाई गहनाका रूपमा तब मान्न सकिन्छ, जब गहनाले चाडवाडलाई शरिरको झकिझकाउ बनेर देखिने सुन्दरताको मूल्य जस्तै गरि कलाकारको पनि इज्जत र उचित कदर मुल्याङ्कन, सम्मान नगरिएर कलाकारलाई आजभोलिका नक्कली पित्तलका गहना जस्तो गरिएको छ ।'

तीज पर्व लगत्तै पत्रकार सम्मेलन गरेर तय गरिएको मूल्य सार्वजनिक गरिने प्रतिष्ठानले जनाएको छ ।

कलाकार धन्यवाद र सम्मानका मात्रै भोका छैनन् सयौं प्रमाणपत्रहरु, सम्मानपत्रहरु घरमै नअटाएको अवस्था भएकाले अब सम्मान सहित उचित पारिश्रमिक हुनुपर्ने सूर्योदय साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष एवम् बर्दियाका पुराना कलाकार नरेन्द्र श्रेष्ठले बताउनुभयो ।

यसैगरी यसरी पारिश्रमिक तोक्दा स्तर, लगन अनि कलाकारहरुको कलाकारितामा विताएको समय तथा सिर्जनाहरुको साखका आधारमा विवादस्पदरहित तरिकाले गर्नुपर्ने सुझाब बर्दियाली संगीतकार, गायक तथा संगीत संयोजक रकेश वलीले बताउनुयो ।

ढिलै भएपनि राम्रो कामको थालनी भएकोमा यसमा आफ्नो पुरा समर्थन रहेको बर्दियाका अग्रज कलाकार एकराज पौडेलको भनाइ छ ।

यसैगरी गायक, सङ्गीतकार तथा लोक तथा दोहोरी गीत प्रतिष्ठानका प्रथम उपाध्यक्ष प्रभात सुवेदीले पनि विशुद्ध कलाकारिता भनेर लाग्नेहरुको लागि यो कदमले केही भएपनि सकारात्मक सन्देश प्रवाह हुने र केन्द्रसँग पनि यसमा समन्वय गरेर निर्णय लिइने बताउनुभयो ।