पढ्न करिब 3 मिनेट लाग्छ

सास । भदौ ३१, बर्दिया ।

पछिल्लो समय बर्दियाको माटोमै रहेर कलाकारिता तथा साहित्य लगायतको क्षेत्रमा क्रियाशील प्रतिभाहरु एक जुट भएका छन् । जसका कारण शनिबार कलाकार तथा सर्जक मञ्च (कसम) बर्दियाको जन्म भएको छ ।

असङ्गठित भएर काम गर्दा आफूलाई एक्लो महशुस भएको र विभिन्न समयमा आयोजना गरिने कार्यक्रममा बर्दियाली स्रष्टाहरुको कमजोर उपस्थिती भएकोले यसरी सङ्गठित रुपमै बर्दियाको कलाकारिता र सिर्जनालाई बढाउन यस प्रकारको मञ्चको आवश्यकता भएको बर्दियाका पुराना स्रष्टा तथा लोक गायक एकराज पौडेलले बताउनुभयो । आफ्ना समयका साङ्गितीक अनुभूतिहरु सुनाउँदै रेडियो नेपालमा जाडोको समयमा पनि बर्दियाबाट काठमाडौं सम्म एउटा सर्टको भरमा गएर गति रेकर्डिङ्ग गरेको स्मरण गर्नुहुँदै अहिलेको यस्तो सहज अवस्थामा बर्दियाली कलाकर्मीहरु एक जुट नुहँदा यहाँ आयोजना गरिने मेला महोत्सव लगायतका कार्यक्रमहरुमा बाहिरबाट आएका कलाकारहरुको बर्चश्व देखिने गरेको बताउनुभयो ।

बर्दियाका दुई दर्जन बढी स्रष्टाहरुको उपस्थितिमा भएको भेलाले बर्दियाका सबै स्रष्टाहरुलाई समेट्ने उद्देश्यले संस्कृतिकर्मी तथा कलाकार प्रभात सुवेदीको अध्यक्षतामा कलाकार तथा सर्जक मञ्च (कसम) बर्दियाको तदर्थ समिति गठन गठन गरिएको छ । उपाध्यक्षमा खगेन्द्र नेपाल, सचिव विष्णु थापा ‘सरगम’, कोषाध्यक्ष एकराज पौडेल र सदस्यहरुमा शुशिल चौधरी, शम्भु सुनार ‘मिलन’, उषा चौधरी, सुनिता चौधरी, क्षितिज पौडेल, महेश अधिकारी, आर पि शर्मा लामिछाने लगायत १५ जना सम्मिलित मञ्चको गठन गरिएको हो ।

यस मञ्चले बर्दिया जिल्लाका कलाकर्मी तथा स्रष्टाहरुको परिचयात्मक कृति ‘बर्दिया स्रष्टा कोष’ को प्रकाशन, निरन्तर रुपमा विभिन्न सांस्कृतिक तथा साहित्यिक समारोह तथा महोत्सवको आयोजना, प्रतियोगितात्मक कार्यक्रमहरु आयोजना गर्नुका साथै जिल्लामा हुने कुनै पनि व्यवसायिक कार्यक्रमहरुमा जाँदा कलाकार तथा स्रष्टाको पारिश्रमिक निर्धारण गर्ने लगायतका कार्यहरु सम्पादन गर्दै जाने अध्यक्ष प्रभात सुवेदीले बताउनुभयो । वहाँले भन्नुभयो, ‘हामी कार्ययोजना बनाएर बर्दियाको कला, साहित्य र सङ्गीतको क्षेत्रमा काम गर्नेछौं । यसबाट बर्दियाकै माटोमा रहेर कला, साहित्य, सङ्गीत तथा सिर्जनाका विधामा लाग्ने स्रष्टाहरुले अबका दिनमा एक्लो महशुस गर्नुपर्ने छैन,’ अध्यक्ष सुवेदीले प्रष्ट्याउनु भयो ।

कार्यक्रममा गुलरिया नगरपालिका वडा नं. १ का वडाध्यक्ष तथा कलाकार एवम् सञ्चारकर्मी प्रताप कुमार गौतमले आफूले कसम बर्दियाको लागि आवश्यक सहयोग गर्ने कुरा बताउनुभयो । साथै यस कार्यबाट वहाँले ‘हाम्रा लागि हामी नै’ भन्ने मूल मन्त्र सार्थक भएको बताउनुभयो ।

कार्यक्रममा बर्दियाका साहित्यकार ईश्वरी प्रसाद रिजाल ‘उल्कापात’, लेखक मणि शर्मा, नृत्य निर्देशक पर्शुराम चौधरी, मन्दिप सिंह लगायतको उपस्थिति रहेको थियो ।

बर्दियाका अग्रज कलाकार महादेव गुरुङ्गको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कलाकार विष्णु थापाले राख्नुभएको थियो ।

साथै कसम बर्दियाले ‘बर्दियाली स्रष्टा कोश’ प्रकाशनका लागि जिल्लामै रहेर गायन, बाद्यवादन, नृत्य, अभिनय, पेन्टिङ्ग, मूर्तिकला, साहित्य, संस्कृति र यस सम्बन्धि अध्ययन अनुसन्धान गरिरहनुभएका सम्पूर्ण स्रष्टाहरुलाई असोज २५ गतेभित्र एक प्रति पासपोर्ट साइजको फोटो सहित आफ्नो जानकारी पठाउन अनुरोध समेत गरेको छ । यसका लागि कसमले तयार गरेको फारममा उल्लेखित विवरण भरेर पठाउन कसम बर्दियाले आव्हान गरेको छ ।