घटस्थापनासँगै नेपालीहरुको महान चाड यसबर्षको दशैँ सबै नेपालीहरुको घर आँगनमा भित्रिसकेको छ । दशैँमा खुसी साट्ने क्रममा हुने अव्यवस्थित आहारविहारले मानव स्वास्थ्यमा हानी गर्न सक्छ । यसै सन्दर्भमा दशैँको आहार विहारलाई व्यवस्थित र स्वस्थ बनाउने उपायबारे दोलखा सामुदायिक अस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... घटस्थापनासँगै नेपालीहरुको महान चाड यसबर्षको दशैँ सबै नेपालीहरुको घर आँगनमा भित्रिसकेको छ । दशैँमा खुसी साट्ने क्रममा हुने अव्यवस्थित आहारविहारले मानव स्वास्थ्यमा हानी गर्न सक्छ । यसै सन्दर्भमा दशैँको आहार विहारलाई व्यवस्थित र स्वस्थ बनाउने उपायबारे दोलखा सामुदायिक अस"/>
2026-09-19 01:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रातो मासु मानव स्वास्थ्यका लागि हानिकारक: डाक्टर बस्न्यात (दशैँ विशेष कुराकानी)

घटस्थापनासँगै नेपालीहरुको महान चाड यसबर्षको दशैँ सबै नेपालीहरुको घर आँगनमा भित्रिसकेको छ । दशैँमा खुसी साट्ने क्रममा हुने अव्यवस्थित आहारविहारले मानव स्वास्थ्यमा हानी गर्न सक्छ । यसै सन्दर्भमा दशैँको आहार विहारलाई व्यवस्थित र स्वस्थ बनाउने उपायबारे दोलखा सामुदायिक अस्पतालमा कार्यरत एमडिजीपी डाक्टर अमोघ बस्न्यातसँग साझासबाल डटकमका लागि दोलखा जिल्ला सम्पादक ताराबहादुर महतले गर्नुभएको कुराकानीको सम्पादित अंश । 


दशैँमा हुने अव्यवस्थित खानपानले मानव स्वास्थ्यमा के कस्तो असर गर्न सक्छ ? 

दशै हामी नेपालीहरुको महान चाड हो । यो चाड मुल रुपमा खानपिनसँगै सम्बन्धित छ । ‘दशैँ आयो खाउँला पिउँला’ भन्छौं नि हामी । खानासँगै सम्बन्धित भएर भन्नुपर्दा मुख्यतया दुईवटा विषयमा कुरा गर्नुपर्छ । पहिलोचाँहि खाद्य बस्तुहरुको गुणस्तर कुरा जस्तै खाद्यन्न कति स्वस्थकर छ ? सरसफाईयुक्त छ कि छैन ? वा बासी खाना पो हो कि त्यो कुरा हेर्नुपर्छ । नत्र भने गुणस्तरहीन खानाले झाडापखला, जण्डिस, टाईफाईड जस्ता रोगहरु फैलन सक्छन् । र दोश्रो कुरा जीवनशैलीजन्य रोगहरु जस्तै उच्च रक्तचाप, मधुमेह, रगतमा अत्याधिक मात्रामा कोलेस्ट्रोल, मोटोपना पनि खानपिनसँग सम्बन्धित छन् । तसर्थ यी दुवै कुराको जोखिम दशैँमा हुन सक्छ ।

पशुहरु बध गरेर दशैँमा हप्तौंसम्म उक्त मासुजन्य परिकार खाने चलन छ । दशैँमा मासुलाई कसरी खाँदा फाईदा हुन्छ ?

पहिलो कुरा त अब जुन जनावरको हामीले मासु सेवन गरीरहेका छौं, त्यो कस्तो प्रकारको जनावर हो भनेर हेर्नु जरुरी छ । जस्तै खसी, बोका, राँगा, भैँसी, बङ्गुर बोसोसहितको रातो मासु हुने जनावर हुन् । यीनीहरुको मासु वैज्ञानिक दृष्टिकोणले पनि स्वस्थ्यको लागि त्यति राम्रो मानिँदैन् । तसर्थ अहिले स्वास्थ्यकर्मीहरुले पनि प्राथमिक रुपमा रातो बोसोयुक्त मासु सेवन नगरेकै राम्रो र गरे पनि एकदम कम मात्रामा सेवन गर्न सल्लाह दिने गरिएको छ । कुखुराको मासुको सन्दर्भमा तुलनात्मक रुपमा रातो मासुभन्दा अलि स्वस्थकर मानिन्छ । तर सरदरमा भन्नुपर्दा मासु आफैँमा स्वस्थकर मानिँदैन् । तर पनि नवदुर्गाको पुजाआजामा बली चढाएर प्रसादको रुपमा मासु खाने गरिन्छ । त्यसमा पनि मासुको परिकार कसरी बनाईएको छ भन्ने कुरा महत्वपुर्ण हुन्छ । किनकि धेरै मसला र चिल्लो हालेर बनाईएका कवाफ, पक्कु जस्ता परिकारले स्वास्थ्यलाई हानी पु¥याउँछ ।

त्यसैगरी बासी र सुकुटी बनाएर राखेको मासु खानु हुँदैन् । बासी मासु त्यसमा पनि तारेर धेरै चिल्लो पदार्थको प्रयोग गरेर खाएको मासुले स्वास्थ्यमा प्रतिकुल असर पार्दछ । यसले रगतमा बोसोका मात्र बढाउने, उच्च रक्तचाप, मोटोपना, ग्याष्ट्राईटिस, अल्सर जस्ता रोगहरुको जोखिम बढाउँछ । मासुसँग मद्यपान र धुम्रपान त गर्नै हुँदैन् । तसर्थ थोरै मात्रामा मासुको सेवन गर्ने, सकेसम्म रातो भन्दा सेतो र बासी भन्दा ताजा मासुलाई प्राथमिकता दिने, अत्याधिक मात्रामा तेल, घ्यु र मसला प्रयोग नगरी सामान्य तरिकाबाट बनाईएको मासु सेवन गर्नु उपयुक्त हुन्छ ।

मासु खाने मानिसहरुले दैनिक कति मासु सेवन गर्नु स्वास्थ्यका दृष्टिले राम्रो मानिन्छ ?

दैनिक रुपमा यति नै मासु खाने भनेर त्यस्तो मापदण्ड वैज्ञानिक रुपमा तोकिएको छ जस्तो त मलाई लाग्दैन् । तर दशैँमा मात्र नभई औषतमा कुरा गर्नुपर्दा वैज्ञानिक रुपले हप्ताको दुई÷तीन पटक भन्दा बढी मासु सेवन नगर्ने र एक पटक वा एक छाकमा तीनदेखि चार चोक्टा भन्दा बढी माछा मासु सेवन गर्नु खासै राम्रो हुँदैन् । त्यसैगरी मान्छेलाई आवश्यक पर्ने प्रोटिनको लागि भने मानिसको स्वास्थ्य अवस्था अनुसार धेरै–थोरै मासुको सेवन गर्नु उपयुक्त हुन्छ ।

दशैँ चिसो मौसममा छ । चिसो मौसममा खानामा रुचि र पाचन प्रणालीले पनि सहजै खानेकुरा पचाउन सक्छ भनेर अत्याधिक मात्रामा खाने गरिन्छ नि ?

चिसो मौसममा पाचन प्रणालीले बढी काम गर्ने भन्दा पनि वैज्ञानिक अध्ययनहरुले देखाएको तथ्य म तपाईलाई भन्छु, उच्च रक्तचाप र कोलेस्ट्रोलको समस्या बढी मात्रामा चिसो ठाउँहरुमा पाईएको छ । जाडोमा मान्छेहरु घरभित्रै बसेर खाईरहने तर गर्मीमा घरबाहिर निस्केर परिश्रम गरेर पसिना निस्किनाले शरीरको मेटाबोलिजम भन्छ हामीले ग्रहण गरेको खानाबाट शरीरका कोषहरुले ताकत निकाल्ने प्रक्रिया तुलनात्मक रुपमा छिटो गरेकोचाँहि हो । चिसो प्रदेशका मान्छेहरु गर्मी प्रदेशका मान्छेहरु भन्दा बढी अस्वस्थ भेटिन्छन् । अनि चिसो मौसममा खाना धेरै छिटो नबिग्रिने हुनाले बासी खाना खाएर बिरामी पर्ने जोखिम चिसो ठाउँमा बढी छ । तसर्थ चिसो मौसममा खाने कुरामा बढी सजग हुनु थप जरुरी छ ।

दशैँमा लगाईने टिकामा विभिन्न रङहरुको प्रयोग गरिएको हुन्छ । यी रङहरुले छालालाई कस्तो असर पर्न सक्छ र त्यस्तो असरबाट कसरी सुरक्षित हुने ?

अक्षतामा हामी अबिर प्रयोग गर्छौँ । अबिरमा पनि कतिपय रसायनहरुको मिसावट भेटिएको छ । बजारमा पाईने अबिर पुर्णतया शुद्ध नभएर विभिन्न रङहरु पाईन्छ । त्यसले त संवेदनशील छालामा एलर्जी आउने, चिलाउने, पछिसम्म दागहरु निस्किने, कतिपयको अनुहारको पोतो बढाईदिने र छालामा कालोपन आउने जस्तो किसिमको छालाजन्य रोगहरु निम्त्याउन सक्छ ।

कतिपय व्यक्तिहरुले विजयादशमीको दिन लगाएको टिका नपखाली पुर्णिमाको दिनसम्म राख्ने चलन छ यसले कस्तो असर गर्न सक्छ ?

त्यसले त झन् प्रतिकुल असर पार्दछ । संवेदनशील छाला भएका व्यक्तिहरुले त लामो अवधिसम्म टिका राख्नै हुँदैन् । राम्रो बानी के हो भने टिका लगाएको छोटो अवधि अर्थात एक÷दुई घण्टाभित्र टिका पखाल्नुपर्छ । त्यो कुन रङ प्रयोग गरेर बनाएको टिका हो त्यो त हामीलाई थाहा हुँदैन तसर्थ लामो अवधिसम्म उक्त टिकालाई छालाको संसर्गमा राख्नु हानिकारक हुन्छ ।

अन्तिममा केहि सन्देश… ?

स्वस्थकर खानाको र सकेसम्म रातो भन्दा सेतो मासुको प्रयोग गरौं । मासुको परिकारमा अत्याधिक चिल्लो, मसला लगायतको प्रयोग हटाऔं । अझ अर्को कुरा दशैँमा मासु सेवन गर्दा मद्यपान र धुम्रपानको सेवन विल्कुलै नगरौं । सबैमा विजया दशमीको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई