२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

गायक नरेन्द्र प्यासी अमेरिकाबाट अाउनासाथ लिलामीमा ! (भिडियो सहित)

३ मंसिर २०७५, सोमबार १६:१२

सास । कात्तिक ३, बर्दिया । 

तीन दशक भन्दा अघि रेडियो नेपालबाट खुबै गुञ्जिने गीत ‘के भूल भयो प्रिया, मसँग बोल्दिनौ.. ’ गीत गाएका चर्चित गायक नरेन्द्र प्यासी अमेरिकाबाट नेपाल अाउनासाथ लिलामीमा परेका छन् । 

नेपाल आउनासाथ उनको जीवनमा एउटा घटना घटेको छ । जुन घटना कहालीलाग्दो पनि छ । धेरै आशा गरेर सँगसँगै जिउने मर्ने कसम खाएकी आफ्नी जीवनसँगीनीले छलछाम गरी धोका दिएपछि उनको जिन्दगीमा नै तगारो लागेको छ । यही तगारोका कारण उनी अहिले पीडामा गुज्रिरहेका छन् भने प्रेमिकाले भने उनको पीडा मुकदर्शक बनेर हेरिरेकी छिन् । 

यो प्रसङ्ग वास्तविक नभएर उनले दशकौँपछि गाएको एउटा उत्कृष्ट गजल ‘मेरो सुन्दर संसार लिलाम गर्यौ तिमीले …’ को हो । करिव ५ महिनासम्म उनलाई नै गाउन दिनका लागि कुरेर बसिएको र कुराइ अनुसार नै याे गजल उत्कृष्ट बनेको स‌गीत स‌योजक रकेश वलीले बताए । गीतकार मणि रत्नका शब्द, प्रभात सुवेदीको संगीत र रकेश वलीको संगीत संयोजनमा बिन्ध्यवासिनी म्युजिकले भर्खरै बजारमा ल्याएको यो सांगितीक सिर्जनाको अडियो तथा स्टुडियो भिडियोको छायांकन मेलोडी नेपाल प्रा.लि. मा गरिएको हो । अपलोड गरिएको दुई दिनमै ४ हजार दर्शकले हेरिसकेको यो गीत नरेन्द्र प्यासीका उत्कृष्ट गीतहरुमध्ये भएको गीतकार मणी रत्नले बताएका छन् । नेपाल आउने क्रममा दशकौं पछि यो स्तरको गीत गाउन पाएकोमा निकै खुशी लागेको गायक प्यासीले बताए । 

हेर्नुहोस् भिडियो …



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान