2026-06-24 12:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

गायक नरेन्द्र प्यासी अमेरिकाबाट अाउनासाथ लिलामीमा ! (भिडियो सहित)

2018-11-19

सास । कात्तिक ३, बर्दिया । 

तीन दशक भन्दा अघि रेडियो नेपालबाट खुबै गुञ्जिने गीत ‘के भूल भयो प्रिया, मसँग बोल्दिनौ.. ’ गीत गाएका चर्चित गायक नरेन्द्र प्यासी अमेरिकाबाट नेपाल अाउनासाथ लिलामीमा परेका छन् । 

नेपाल आउनासाथ उनको जीवनमा एउटा घटना घटेको छ । जुन घटना कहालीलाग्दो पनि छ । धेरै आशा गरेर सँगसँगै जिउने मर्ने कसम खाएकी आफ्नी जीवनसँगीनीले छलछाम गरी धोका दिएपछि उनको जिन्दगीमा नै तगारो लागेको छ । यही तगारोका कारण उनी अहिले पीडामा गुज्रिरहेका छन् भने प्रेमिकाले भने उनको पीडा मुकदर्शक बनेर हेरिरेकी छिन् । 

यो प्रसङ्ग वास्तविक नभएर उनले दशकौँपछि गाएको एउटा उत्कृष्ट गजल ‘मेरो सुन्दर संसार लिलाम गर्यौ तिमीले …’ को हो । करिव ५ महिनासम्म उनलाई नै गाउन दिनका लागि कुरेर बसिएको र कुराइ अनुसार नै याे गजल उत्कृष्ट बनेको स‌गीत स‌योजक रकेश वलीले बताए । गीतकार मणि रत्नका शब्द, प्रभात सुवेदीको संगीत र रकेश वलीको संगीत संयोजनमा बिन्ध्यवासिनी म्युजिकले भर्खरै बजारमा ल्याएको यो सांगितीक सिर्जनाको अडियो तथा स्टुडियो भिडियोको छायांकन मेलोडी नेपाल प्रा.लि. मा गरिएको हो । अपलोड गरिएको दुई दिनमै ४ हजार दर्शकले हेरिसकेको यो गीत नरेन्द्र प्यासीका उत्कृष्ट गीतहरुमध्ये भएको गीतकार मणी रत्नले बताएका छन् । नेपाल आउने क्रममा दशकौं पछि यो स्तरको गीत गाउन पाएकोमा निकै खुशी लागेको गायक प्यासीले बताए । 

हेर्नुहोस् भिडियो …



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे