प्रभात सुवेदी । मंसिर २०, बर्दिया ।

जब सम्म मानिसको अन्तर्मनमा चेतना जागृत हुँदैन तबसम्म राज्यले जे जस्तो सुकै चेतनामूलक कार्यक्रममा करोडौं बजेट खन्याए पनि केही अर्थ छैन । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । मंसिर २०, बर्दिया ।

जब सम्म मानिसको अन्तर्मनमा चेतना जागृत हुँदैन तबसम्म राज्यले जे जस्तो सुकै चेतनामूलक कार्यक्रममा करोडौं बजेट खन्याए पनि केही अर्थ छैन । 

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियाको बेथिति: लास जल्दै गर्दा मलामीले….! (भिडियो सहित)

२०७५, २० मंसिर बिहीबार ०३:३४

प्रभात सुवेदी । मंसिर २०, बर्दिया । जब सम्म मानिसको अन्तर्मनमा चेतना जागृत हुँदैन तबसम्म राज्यले जे जस्तो सुकै चेतनामूलक कार्यक्रममा करोडौं बजेट खन्याए पनि केही अर्थ छैन । 


पछिल्लो समय व्याप्त वातावरणीय प्रदुषणका कारण समाज नै कुरुप बन्दै गइरहको छ । प्लास्टिक र प्लास्टिकजन्य बस्तुहरु थुप्रिँदै गएपछि भविष्य कस्तो बन्ने हो भन्ने जटिलतालाई पूर्वानुमान गर्न गाह्रो छ । 

यसै प्रसङ्गमा बर्दियाको बारबर्दिया नगरपालिका वडा नं. १ अन्तर्गत पर्ने बर्दिया राष्ट्रिय निकुञ्जको बबई नदीसँग जोडिएको मध्यवर्ती क्षेत्रमा रहेको शव दाह स्थल (आर्यघाट) मा शवको संस्कारका लागि आउने मलामीहरुले फोहोर व्यवस्थापन नगर्दा त्यहाँको वातावरण नै कुरुप बन्न पुगेको छ । 

आइतबार शव लिएर गएका मलामीहरुले त्यो दृश्य देखेपछि शव जलिरहँदा सबै मलामीहरुले भने त्यहाँको फोहोर व्यवस्थापन कार्यमा लागेका थिए । 

पूर्णहिरा माविका प्रधानाध्यापक गोपाल सुवेदीले, ‘यहाँ आउँदा देखिएको अव्यवस्थित फोहोरका कारण दुःख लागेकोले, आफूले गरेको फोहोर आँफैले गर्नुपर्ने बताउनुहुँदै यहाँ व्यवस्थित घाट सञ्चालनका लागि समितिको व्यवस्थापन गर्नुपर्ने औँल्याउँहुदै सम्बन्धित निकायले यस क्षेत्रमा पहल कदमी गर्नुपर्ने बताउनुभयो । 

शव जलाउनका लागि जङ्गलमा रहेका काठहरु कटानी भैरहेकोमा, ‘यसरी काट्दा देशको महत्वपूर्ण वन पैदावारको दुरुपयोग भैरहेकोमा चिन्ता व्यक्त गर्दै शिक्षक कमल पौडेलले यसलाई यथाशीघ्र व्यवस्थापनका लागि प्रयास गरिनुपर्ने बताउनुभयो ।’ 

यसैगरी भृकुटी मावि का प्रधानाध्यापक भीम प्रसाद रिजालले ठूलो क्षेत्रमा रहेको यस घाटको सरसफाई, दाउरा व्यवस्थापन गर्न सकेमा धेरै राम्रो हुने र जनप्रतिनिधीहरुको जनताप्रतिको जिम्मेवारी देखिने बताउनुयभो । विश्वज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद खनालले प्रवुद्ध वर्गहरुको यसमा सहयोग र सुझाबका साथमा घाटलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय समाजसेवी आनन्द ढुङ्गानाले आपूmले पनि यो फोहोर व्यवस्थापनमा सहभागी हुँदै यसको दिगो व्यवस्थापनको लागि बाँसगढी र बारबर्दिया नगरपालिकालाई झक्झक्याउन पहल गर्ने वचनवद्धता व्यक्त गर्दै जनप्रतिनिधीहरुलाई पनि सचेत गराउने बताउनुभयो । 

बारबर्दियाको पूर्वी क्षेत्रका केही र बाँसगढी नगरपालिकाबाटै अधिकाँश शवहरु सँस्कारका लागि लैजाने गरिएको भएतापनि बाँसगढी र बारबर्दिया नगरपालिका मिलेर तत्ककाल यसको दिगो समाधान खोजिनुपर्नेमा स्थानीयहरुको मााग रहेको छ । 

शव जलाउन भन्दा बढी दाउराहरु काट्ने गरिएकोले धेरे दाउराहरु खेर गैहरको र नदीमा प्रदुषण बढेको बताउनुहुँदै त्यस क्षेत्रमा वनभोजका लागि जानेहरुका  लागि अवरोध उत्पन्न भएकोले यसको समुचित निकास खोज्न जब्दी घाटलाई नै व्यवस्थित शबदाह स्थल बनाउनु पर्नेमा बारबर्दियाका समाजसेवी तथा शिक्षासेवी एकराज पौडेलले जोड दिनुभयो । 

हेर्नुहोस् भिडियो ….


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने