2026-09-14 04:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरामा मनाए प्रदीप जसिताले होली (७ तश्वीर)

चैत ६, पोखरा । युवास्टार प्रदीप खड्का र नायिका जसिता गुरुङले पोखरामा होली मनाएका छन् । चलचित्र ‘लभ स्टेशन’को टिम सहित पोखरा पुगेका प्रदीप र जसिताले बुधबार बिहानै एकअर्कालाई रङ लगाइदिएर होली मनाएका हुन् । मंगलबार पोखरा आइपुगेको ‘लभ स्टेशन’ टिमको आज (बुधबार) पोखरा लेकसाइडमा होली बिशेष भब्य कार्यक्रम हुँदैछ । कान्तिपुर मिडिया ग्रुपले आयोजना गर्ने होली हंगामा कार्यक्रममा सहभागी हुँदैछन्  ।

यतिखेर पोखरामा प्रदीप र जसितासँगै ‘लभ स्टेशन’का प्रस्तुतकर्ता गोविन्द शाहीपनि सँगै छिन् । एकबिहानै तालबहारी मन्दिर दर्शन गरेका प्रदीपले पोखराका दर्शकको माया सधैँ आफूलाई रहने बिश्वास राखे । ‘यसबर्ष पोखराका दर्शकसँग होली मनाउने अवसर मिल्यो खुसी लागेको छ ।’ प्रदीपले भने । यस्तै नायिका जसिताले पनि आफ्नो जन्मथलो पोखरामा १३ बर्षपछि आएर होली खेल्न पाउँदा निकै खुसी लागेको बताइन् । ‘म पोखरामै जन्मिएकी हुँ, त्यसैले पनि पोखरासँग आत्मिय सम्बन्ध छ, आज होली पोखरामै खेल्न पाइयो निकै खुसी छु’ जसिताले भनिन् । यस्तै प्रस्तुतकर्ता गोविन्दले बिशेषगरी पोखरालाई माया गर्नेहरुको स्टेशन को रुपमा पनि चिनिने भएकाले पनि लभ स्टेशन पोखराका दर्शकका लागी अझ बिशेष रहनेमा विश्वास राखे । ‘हाम्रो मोफसलको यात्रा पोखराबाट गरेका छौं, आजको होली पनि पोखराका दर्शकसँग खेलेका छौं र अझै केहि बेर रहन्छौं’ गोविन्दले भने । 

मंगलबार दिउँसो पोखरा आइपुगेको चलचित्र टिमले पत्रकार भेटघाट कार्यक्रम गरी चलचित्र बारे जानकारी गराएको थियो । उज्जवल घिमिरे निर्देशीत यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशन काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ