२२ कार्तिक २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग बन्ने भएपछि स्थानीय खुशी

४ मंसिर २०७६, बुधबार १४:५४

मङ्सिर ४, पाल्पा | बर्सेनी पहिरो गएर थुप्रै नागरिकको ज्यान गएको सिद्धबाबा पहिरोग्रस्त क्षेत्रका अब सुरुङमार्ग निर्माण हुने भएको छ । पाल्पा बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्र विकासका लागि नेपाल सरकार अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चिता गरेलगत्तै यस क्षेत्रका नागरिक खुशी भएका छन् । 

राष्ट्रिय योजना आयोगबाट स्वीकृत योजनाका लागि रु १० अर्ब १५ करोड स्वीकृत भएको छ । सिद्धबाबा क्षेत्रको करिब एक किलोमिटर ७०० मिटर सडक सुरुङमार्ग बनाउन स्टिमेट र डिजाइन स्वीकृत भएको हो । अर्थ मन्त्रालयले बहुवर्षीय ठेक्का लगाई डिजाइनअनुसार काम अगाडि बढाउन भौतिक योजना तथा पूर्वाधार मन्त्रालयलाई भनेको छ । अर्थ मन्त्रालयका शाखा अधिकृत मनोज रेग्मीद्वारा हस्ताक्षरित स्रोत सुनिश्चिता पत्र सम्बन्धित सडक डिभिजन कार्यालयमा पठाइएको छ ।

यही मङ्सिर १ गते बसेको मन्त्रिपरिषद्को बैठकले सुरुङमार्ग निर्माणका लागि हरेक वर्ष रकम सुनिश्चित गर्ने गरी निर्णय गरेको हो । अर्थ मन्त्रालयले भौतिक योजना तथा पूर्वाधार मन्त्रालयलाई पत्र लेखेर सहमति दिएसँगै सडक निर्माणका निम्ति ठेक्का प्रक्रिया अगाडि बढेको छ । 

हिउँद तथा बर्सातको समयमा पहिरोसँगै ठूलाठूला ढुङ्गा खसेर थुप्रै नागरिकको ज्यान गएको क्षेत्रमा पटक पटक निर्माण कार्य हुने र बर्सेनी अनुगमन गरिने क्षेत्रबाट अब भने सुरक्षित सडक निर्माण हुनेमा सर्वसाधारण नागरिक विश्वस्त छन् । 

पाल्पा बुटवल सडकखण्डको सिद्धार्थ राजमार्ग अन्तर्गतको यो सडकमा बर्सेनी नागरिकले ज्यान गुमाउँदै आएका छन् । सहमतिपत्र सार्वजनिक भएसँगै स्याङ्जा, पाल्पा हँुदै बुटवलसम्म जाने–आउने यात्रुहरु सुरक्षित यात्रा गर्न पाउनेमा ढुक्क हुने भएपछि खुशी भएको पाल्पा क्षेत्र नं १ का सङ्घीय सांसद तथा पूर्वमन्त्री दलबहादुर बताउनुभयो । सांसद रानाले पाल्पाका लागि व्यापारिक केन्द्र बुटवल आउनजान बढी पर्ने भएकाले पनि यो मार्गमा सुरुङमार्ग निर्माण हुनुले आफू निकै खुशी भएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली समाजलाई भताभुङ्ग पार्ने प्रयास सफल हुँदैनः अध्यक्ष ओली राष्ट्रपति पौडेल स्वदेश फिर्ता मङ्सिरभित्र कांग्रेसको नियमित महाधिवेशन नभए केन्द्रीय समिति भङ्ग गर्न माग विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहलाई भट्टराईको सुझाव वाणिज्य बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले नेप्सेमा ११ अंकको गिरावट मारमा मौरीपालक किसान एलन मस्कको स्टारलिङ्कले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने राहदानीको विषय समाधान उन्मुख छः परराष्ट्र मन्त्रालय अनौठो ‘स्काई केभ’ राष्ट्रपति पौडेल कतारबाट स्वदेश प्रस्थान गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति भण्डारीको घरको अवलोकन गाजामा युद्धविराम कायम राख्न आत्यावश्यक : डब्लुएचओ बिहारमा मतदान, प्रधानमन्त्री मोदीका लागि ‘लोकप्रियताको परीक्षा’ पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार वीरगञ्ज भन्साार नाकाः विद्युतीय सवारीसाधन आयातमा बृद्धि डा भट्टराईद्वारा विभिन्न राजनीतिक दलका नेतासंग छलफल