Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

कांग्रेस निकट म्यानपावर व्यवसायी फोरमको अध्यक्षमा नरेन्द्र ढकाल विजयी, अरु को को छानिए ? हेर्नुहोस

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माघ २५, काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको अध्यक्षमा नरेन्द्र ढकाल विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा ढकालले निकटतम प्रतिद्वन्द्वीहरु भुवन सिं गुरुङ, ऋषि शर्मा र सीता देवकोटालाई पराजित गरि विजयी भएका हुन् ।

ढकालले १०३ मत ल्याई अध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी गुरुङले ५६, शर्माले ४४ मत र सीता देवकोटाले ३९ मत ल्याए । फोरमको वरिष्ठ उपाध्यक्षमा तारानाथ अर्याल १०४ मत ल्याई विजयी भएका छन् । अर्यालका निकटतम प्रतिद्वन्द्वी भगीरथ राई ( रमेश ) ले ८३ मत र अर्का उम्मेद्वार थिरमणि पौडेलले ५३ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्ष पदमा मत प्राप्त गर्दै जनक खड्का (प्रकाश) १६३ मतका लाथ बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी मोहन कुमार ढुंगेलले ७६ मत र अर्का उम्मेद्वार मित्र देव घिमिरे (गोपाल)ले ६१ मत प्राप्त गरेका छन् । यसैगरी महासचिव पदमा १५३  मतका साथ भवानी निरौला बिजयी भए । उनका प्रतिस्पर्धी चिरञ्जीवी बस्यालले  ८६ मत प्राप्त गरे ।

सचिव पदमा कमल काफ्ले १६० मतका साथ विजयी भएका छन् भने उनका प्रतिद्वन्दी प्रकाश बोहराले  ७८ मत मात्र ल्याए । त्यस्तै कोषाध्यक्षमा १०३ मत ल्याएर कृष्ण कुमार जैशी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी सञ्जय पनेरुले ६९ मत र अर्का उम्मेद्वार इन्द्र प्रसाद आचार्यले  ६७ मत मात्र ल्याए ।

यसअघि सहकोषाध्यक्ष पदमा अमिर बाँस्तोला निर्विरोध निर्वाचित भएका थिए भने १० सदस्य पदमा इश्वर सापकोटा, नारायण भुषाल, तोरण कुमार कार्की, चन्द्र बहादुर लिम्बु, सेते लाल पौडेल, नरेन्द्र मणी पराजुली, विक्रम श्रेष्ठ, नगेन्द्र प्रसाद पोखरेल (नवीन), राजेश गोतम र राजेश यादव निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचनमा कुल २४४ मत खसेको थियो भने २ मत बदर भएको थियो ।

कांग्रेस निकट म्यानपावर व्यवसायीलाई चुनावी रन्को, को को छन् अध्यक्षका दावेदार ?