डडेल्धुरा अदातलमा सम्बन्ध बिच्छेदका मुद्दामा बृद्धि

साझासवाल
2 Min Read

असार ३१, डडेल्धुरा | डडेल्धुरा जिल्लामा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै गएका छन । प्राय बिहे गरेको दुई बर्ष भित्र सम्बन्ध बिच्छेद हुने गरेको पाईएको छ । चालु आर्थिक बर्ष २०७२/७३ मा जिल्ला अदालतमा दर्ता भएका ९१ मुद्दामा सम्बन्ध बिच्छेदका मात्रै २५ मुद्दा छन ।

जम्मा २५ मुद्दा मध्ये २० वटा फछर्यौट भएका छन भने पाँच वटा मुद्दालाई न्यायिक प्रक्रियामा अघि बढाईएको छ । गत बर्ष भन्दा यस बर्ष सम्बन्ध बिच्छेदका संख्यामा मुद्दा आठले बढेको जिल्ला अदालतको तथ्यांकले देखाएको छ । असार मसान्त सम्म जिल्ला अदालतले ६७ मुद्दा फछर््यौट गरेको जनाएको छ । शुक्रबार सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार ३४ मुद्दा फछर्यौट हुन बाँकी छन । दर्ता मुद्दामा सबै भन्दा बढी दुनियावादी फौजदारी मुद्दाको संख्या ३८ छ । त्यस्तै दुनियावादी देवानी मुद्दाको संख्या २४, सरकारवादी देवानी मुद्दाको संख्या २९ रहेको अदालतका श्रेस्तेदार बिष्णुराज पन्तले बताएका छन । फछर्यौट भएका दुनियावादी देवानी १५, दुनियावादी फौजदारी २९ र सरकारवादी फौजदारी २३ गरी जम्मा ६७ मुद्दा फछर््यौट भएको अदालतका तहशिलदार पुष्पराज जोशीले बताएका छन ।

अदालतको कार्य योजना अनुसार आर्थिक बर्ष २०७२/७३ मा ८४ मुद्दा दर्ता हुने अनुमान गरिएको थियो । जुन अनुमान भन्दा बढी ९१ मुद्दा दर्ता भएका छन । फछर्यौट लक्ष्य ६३ लिईए पनि ६७ मुद्दा वास्तविक फछर्यौट गरिएका छन । वास्तविक फछर्यौट अनुमानको तुलनामा १०६.३४ प्रतिशत रहेको अदालतको तथ्यांकमा उल्लेख छ ।

Share This Article
Leave a Comment

Leave a Reply