साउन ५, कञ्चनपुर | वर्षातको समयमा नदिले देशका विभिन्न ठाँउमा कटान गरी रहेका समाचारहरु आईरहेको समयमा देशको पश्चिमी नाका कञ्चनपुरको महाकाली नदिले चाँदनिको वडा नं. ४ क्षेत्रमा मंगलबार बाट कटानी सुरु गरेको छ ।

कञ्चनपुरको चाँदनी वडा नं. ४ क्षेत्रमा मंगलबार नदिले लगभग ३० मिटर जालि कटान गरेको छ जसका कारण त्यस क्षेत्रका बासिन्दाका मनमा डरत्रास बढाएको छ । हिजो रातिको समयमा चाँदनीका स्थानिय बासिन्दा, नेपालि सेना, ससस्त्र प्रहरी र प्रहरीहरु मिलेर राति नै २२ वटा जाली राखेका थिए जसबाट कटानी केही हदसम्म कम भए पनि आज विहान बाट नै स्थानिय बासिन्दा तथा नेपालि सेना सबै मिलेर जाली राख्ने काम गरीरहेका छन् । पत्रकार पप्पु गुरुङ स्थानियबासी,नेपाली सेना, नेपाल प्रहरी र ससत्र प्रहरीले कटान क्षेत्रमा तारजाली र ढुंङ्गाको प्रयोग गरी बाध बनाउन मद्दत गरेको बताउछन ।

स्थानिय पुर्व गाविस अध्यक्ष बेलबहादुर रानामगर पटक पटक आफुहरुले सरोकारवाला निकायलाई समस्याको बारेमा बताउदा सम्म पनि कुनै प्रकारको सुनुवाई नभएको बताएका छन् । पुरानो तारजालि १५ वर्ष अगाडी जाइकाले निर्माण गरेको थियो । पानिको बहाव १ लाख क्युसेक पानि मात्र भए पनि तार जालि पुरानो भएका कारणले गर्दा सानो पानीको बहावले लन्चीङ बगाएका कारण स्थानियहरु जेखिममा पर्ने देखिन्छ ।

जनताको तटबन्ध कार्यक्रम कार्यालयका प्रमुख भिलानन्द यादव यदि समय मै भत्किएको बाधको रोकथाम नगरेको भए चांदनीका ४ गाविस क्षति हुने बताउछन । साथै जनताको तटबन्ध कार्यक्रमले नयाँ तार जालि निर्माण गरीरहेको छ जसले १८ किलोमीटर निर्माण गर्ने छ ।