२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

नयाँ स्मार्टफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

२०७९, ५ चैत्र आईतवार ११:५५

चैत ५, काठमाडौँ | आजभोलि प्राय सबैको हात हातमा स्मार्टफोन हुन्छ । स्मार्टफोन नहुने मान्छे सायदै भेटिन्छन् । धेरै काम मोबाइलबाटै हुन्छ । प्राय १ देखि २ वर्षमा नयाँ मोबाइल किनिरहेका हुन्छौं । 

पछिल्लो समय एन्ड्रोइड मोबाइलको बजार प्रतिस्पर्धी भएको छ । धेरै ब्राण्डहरू बजारमा उपलब्ध छन् । ती फोनहरूमा उस्तै उस्तै फिचरहरू छन् । 

यस्तो अवस्थामा नयाँ एन्ड्रोइड मोबाइल किन्नु परे निर्णय लिन दोधार हुन्छ । उस्तै उस्तै फिचर र मूल्यका कारण कुन किन्ने, कुन किन्ने हुन्छ ? । 

त्यसकारण यदि तपाई नयाँ मोबाइल किन्ने सोचमा हुनुहुन्छ के के कुरामा ध्यान दिने बारे आज हामी तपाईलाई जानकारी दिदैछौं ।

शक्तिशाली प्रोसेसर 

कुनै पनि स्मार्टफोनको सबैभन्दा महत्वपूर्ण पक्ष भनेकै त्यसको प्रोसेसर हो । यसलाई स्मर्टफोनको मस्तिष्कको रुपमा पनि बुझ्ने गरिन्छ । प्रोसेसरकै माथि गेमिङ, फोटोग्राफी, स्टोरेज, सञ्चार र वेब ब्राउजिङ भर पर्ने गरेको हुन्छ ।

त्यसकारण प्रोसेसर राम्रो भएमा फोनले वर्कलोड पनि राम्ररी धान्न सक्छ । प्रोसेसर राम्रो नभएमा फोनमा गर्न सकिने गतिविधिहरु पनि सिमित हुने गर्दछ ।

३०० केदेखि ५०० केबिचको एनटुटु स्कोर भएको प्रोसेसर साधारण प्रयोगका लागि राम्रो हुने गर्दछ तर त्यो भन्दा बढी चाहिएमा ७०० के वा बढिको एनटुटु स्कोर भएको हुनुपर्छ । 

६ जीबी र्‍याम

तपाईको फोनको प्रमुख स्टोरेज रोम भएता पनि फोनले सर्टटर्म मेमोरीका लागि र्याम प्रयोग गर्ने गर्छ । तपाईको फोनमा जति धेरै र्याम भयो त्यतिनै मल्टिटास्क गर्नका लागि सहज हुने गर्दछ ।

यसले गर्दा एप बन्द नगरी ब्याकग्राउण्डमा एपहरु चलाउन सकिन्छ । फोनमा कति र्याम हुन सक्छ भनेर परक पर्ने गर्छ । र्याम स्टोरेज २ जीबी देखि १२ जीबीसम्मका मोबाइल उपलब्ध छन् ।

तर सामान्यतया साधारण प्रयोगका लागि ६ जीबी र्‍याम भए पुग्छ । ६ जीबी र्‍याम भएको फोनमा तपाईले एकसाथ धेरै काम गर्न सक्नुहुन्छ । 

१२८ जीबी आन्तरिक स्टोरेज

हामी कतिपयले फिल्म, गेम, एप, डकुमेन्ट, फोटो, भिडियो र गीत डाउनलोड गर्ने गरेका छौँ । यो सबै फोनको स्टोरेजमा गएर सेभ हुने गर्दछ ।

योसँगै क्यामेराहरू राम्रो हुँदै गएकाले फोटो र भिडियोको फाइल साइज पनि पहिले भन्दा बढ्दो छ । त्यसकारण फोन किन्दा स्टोरेज क्षमता पनि ख्याल राख्नु पर्दछ ।

केही वर्ष अगाडिसम्म स्टयाण्डर्ड भनेकै ३२ जीबी रोम अर्थात स्टोरेज रहेको थियो तर अहिलेका फ्ल्यागशीपहरु एक टेराबाइटसम्म रहेका छन् । अहिले १२८ जीबी धेरै जस्तो फोनका लागि स्ट्याण्डर्ड बन्न गएको छ ।

तर २५६ जिबीसम्मको स्टोरेज भएको स्मार्टफोन छनोट गर्दा राम्रो हुन्छ । तपाईको फोनमा माइक्रोएसडी कार्ड स्लट भएमा झनै राम्रो हुन्छ । यसले स्टोरेज थप्न सकिन्छ । 

१२० हर्ज रिफ्रेस रेट डिस्प्ले

स्मार्टफोन उद्योगमा रिफ्रेस रेट प्रविधि एकदमै विकास भएर आएको छ । सबैजसो कन्टेन्ट स्क्रीनमै हेरिने हुँदा पक्कै पनि डिस्प्लेमा त स्मार्टफोन कम्पनीले काम गरेको कुनै आश्चर्यजनक विषय होइन् ।

तपाईले स्र्माटफोनमा लगानी गरे अनुसार डिस्प्लेमा फरक पर्न सक्छ तर कम्तिमा पनि १२० हर्जको डिस्प्ले भएकै स्मार्टफोनको छनोट गर्नुपर्ने हुन्छ । योसँगै एफएचडी रिजोलुसन, एएमओएलइडी कलर र कम्तिमा पनि ८५ स्क्रीन टू बडि अनुपात रहेको हुनुपर्छ । 

फास्ट चार्जिङसहितको ब्याट्री

५ हजार एमएएच भन्दा तलको ब्याट्री प्रतिस्पर्धात्मक हुँदैन् । सफ्टवेयर अप्टिमाइजेसनले पनि तपाईको ब्याट्री लाइफमा एकदमै धेरै प्रभाव पार्ने गर्दछ । फोनमा कम्तिमा पनि २५ वाटको फास्ट चार्जिङ पनि हुन आवश्यक छ । 

अप्टिमाइज्ड क्यामेरा प्रणाली

क्यामेरामा राम्रो सफ्टवेयर हुनु एकदमै महत्वपूर्ण पक्ष हुने गर्दछ किनभने यसैलेनै फोटोको गुणस्तरीयतामा प्रभाव पार्ने गर्दछ । सफ्टवेयरकै प्रभावले अध्याँरोमा कुनैले राम्रो फोटो खिच्दा पनि भिडियो राम्रो नखिच्न सक्छ ।

फोन खरिद गर्दा एपर्चर र सेन्सर साइजलाई एकदमै ध्यान दिनुपर्छ । कम एपर्चर भएको फोनले कम लाइटमा पनि फोटो खिच्न सक्छ । इमेज सेन्सरले लाइट क्याप्चर गरेर इमेजमा कन्भर्ट गरिदिने गर्दछ । 

अरू याद गर्नुपर्ने फिचर

यी बाहेक गोरिल्ला ग्लास फाइभ प्रोटेक्सन, क्लिन सफ्टवेयर (स्टक एन्ड्रोइड),वाटर रेजिस्टेनस र हेडफोन ज्याक जस्ता फिचरहरु भएमा स्मार्टफोन प्रयोग गर्ने अनुभव झनै राम्रो हुने गर्दछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ