२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

सुँगुरको रगतबाट पिउने पानी, यसरी बन्छ रगतबाट पानी…

२४ जेष्ठ २०८०, बुधबार १२:०६

एजेन्सी |  विज्ञान त्यो व्यवस्थित ज्ञान अथवा विद्या हो जो विचार, अवलोकन, अध्ययन, र प्रयोगले प्राप्त गर्न सकिन्छ, जो कि कुनै अध्ययनको विषयको प्रकृति वा सिद्धान्तहरू जान्नका लागि अध्ययन गरिन्छ। विश्वमा विज्ञानका कारण धेरै कुरा फेरिएको छ र धेरै कुरा फेरिने वाला छ । यसका केही हानी त केही फाइदा पनि छन् । 

यस्तै केही यस्ता प्रविधि पनि तयार गरिँदै छ जुन हाम्रो सोचभन्दा निकै अघि छ । यस्तै प्रविधि बेल्जियमको एक कम्पनीले विकास गरेको छ ।

बेल्जियमको वेभेजेलमा बनेको कम्पनी भेओस पशु प्रोटिन उत्पादनको आपूर्तिमा माहिर छ । यसले जनावरको रगत र कोलाजेनलाई उच्च गुणस्तरको प्रोटिन पाउडरमा रूपान्तरण गर्छ, जुन मानिस र जनावरहरूको खानामा प्रयोग गरिन्छ । अहिलेसम्म यो कम्पनीले जमिनमुनिबाट पानी निकालेर आफ्नो काममा प्रयोग गर्ने गर्दथ्यो तर अहिले फरक विकल्प खोजेको छ ।

कम्पनीले सुँगुरको रगत राख्न प्रयोग गरिने ट्याङ्कीलाई पानीले धुने गरेको थियो र यसमा धेरै पानी खर्च हुने गर्दथ्यो । यस्तो अवस्थामा कम्पनीले १७ करोड ६६ लाखभन्दा बढीको लगानीमा सुँगुरको रगतबाट पिउने पानी बनाउन सकिने यस्तो वाटर प्युरिफिकेसन इन्स्टलेसन स्थापना गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोबर्ट स्ली यस इन्स्टलबाट दैनिक डेढ लाख लिटर पानी पाउन सकिने बताउँछन् ।

यसरी बन्छ रगतबाट पानी…


उनले प्रविधिबारे कुरा गर्दै सबैभन्दा पहिला रगतलाई उमालिने र बाफको रूपमा जुन पानी आउँछ त्यसलाई चिसो पारेर त्यसलाई पानीमा परिणत गरिने बताए । 

यो नयाँ पानी प्रशोधन केन्द्रबाट प्राप्त पानी उत्पादनमा प्रयोग गरिनेछ । यसले ४० प्रतिशत पानी बचत गर्न मद्दत गर्नेछ । यो पानीले ट्याङ्की सफा गर्न सकिनेछ र यसलाई पिउन पनि सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने