२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

एप्पलले आज आइफोन १५ सिरिज र घडी सार्वजनिक गर्दै

२०८०, २६ भाद्र मंगलवार ०५:४२

एजेन्सी | एप्पलले सेप्टेम्बर १२ अर्थात् आज वर्षको सबैभन्दा ठूलो कार्यक्रम प्रस्तुत गर्दैछ । यस कार्यक्रममा आईफोनसहित धेरै उत्पादनहरू लन्च गरिनेछ।  कार्यक्रमको नाम ‘वन्डरलस्ट’ राखिएको छ ।

यस कार्यक्रममा एक भन्दा बढी नयाँ उत्पादनहरू ल्याउने उच्च अपेक्षा छ। यस कार्यक्रमको हाइलाइट भनेको आइफोन १५  सिरिज हुनेछ । नेपाली समय अनुसार कार्यक्रमकाे सुरुवात आज राती पाैने ११ बजेदेखि सुरु हुनेछ । यसको लाइभ स्ट्रिमिङ एप्पल टिभी प्लस र एप्पल डेभलपर एप्लिकेसनमा हेर्न सकिन्छ । 

मिडिया रिपोर्टका अनुसार यसका दुई भेरियन्टहरूसँग आउन सक्छन्– भनिला आइफोन १५ र आइफोन १५ प्लस । यसबाहेक भेनिला मोडेलमा यूइसबी–सी चार्जिङ पोर्ट रहेको हल्ला छ । आइफोन १५  र १५ प्लसको कलर विकल्पहरूमा कालो, निलो, हरियो, गुलाबी र पहेँलोमा आउन सक्छन् ।

आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स एप्पलको प्रिमियम मोडल हुन सक्छन् । यो टाइटेनियम फ्रेमको साथ आउन सक्छ । यो चाँदी, कालो र नीलो रंगहरूमा आउन सक्ने बताइएको छ । यसमा द्रुत चार्जिङको विकल्प हुने बताइएको छ ।

आइफोन १५ प्रोको प्रारम्भिक मूल्य १ हजार ९९ डलर र आइफोन १५ प्रो म्याक्सको १ हजार २९९ डलर प्रारम्भिक मूल्य रहने उल्लेख छ ।

त्यस्तै कार्यक्रमा एप्पल वाचको सिरिज ९ पनि साझा गरिने बताइएको छ । यो एप्पल घडी एस ९ चिपसँग आउन सक्छ। यो नयाँ ए सिरिज चिपमा आधारित हुने बताइएको छ । जसले आगामी घडीको प्रदर्शनमा सुधार ल्याउन सक्छ। एप्पल वाचको सिरिज ९ दुई साइजमा आउनेछ– ४१ एमएम र 45 एमएम ।

त्यस्तै एप्पल वाच अल्ट्रा २ को डिजाइन यसको अघिल्लो घडी जस्तै रहेको बताइएको छ, जुन ४९ एमएम साइजमा आउन सक्छ। दोस्रो पुस्ताको अल्ट्रामा सिरिज ९ जस्तै चिप हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा