१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

गुगलले किन बन्द गर्दैछ लाखौं जीमेल एकाउन्ट्स ?

१३ मंसिर २०८०, बुधबार ०६:४३

मङ्सिर १३, काठमाडौँ  | गुगलले प्रयोगकर्ताहरूको जीमेल खाता यसै साताबाट बन्द गर्ने भएको छ। निष्क्रिय रहेका जीमेल खाता, फोटो र ड्राइभ खाताहरू पनि बन्द गर्ने गुगलले बताएको छ।

गुगलले दुई वर्षदेखि निष्क्रिय रहेका लाखौँ व्यक्तिगत खाताहरूलाई बन्द गर्ने बताएको हो। डिसेम्बर पहिलो साताबाटै खाता बन्द गर्ने प्रक्रिया सुरु गर्ने भएकाले गुगलले आफ्ना प्रयोगकर्ताहरूलाई सन्देश पठाउन थालेको छ।

गुगलले सन् २०२३ को सुरुमै एउटा ब्लग पोष्ट गर्दै यो नीति डिसेम्बरदेखि लागू हुने बताएको थियो।  

गुगलकी प्रोजेक्ट म्यानेजर रुथ क्रिचेलीले गुगल खाताहरूका लागि निष्क्रियता नीतिलाई दुई वर्षमा अद्यावधिक गर्दै खाता बन्द गर्ने गत मे महिनामा चेतावनी दिएकी थिइन्।

गुगलको चेतानवी पछि प्रयोगकर्ताहरूले विरोध जनाएका छन्। लाखौं खाताहरू स्थायी रूपमा मेटिने जोखिम हुन सक्ने भएकाले त्यसो नगर्न पनि आग्रह गरेका छन्।

साथै गुगलले खाता सक्रिय राख्न र बन्द हुनबाट जोगाउनका लागि पनि सुझाव दिएको छ। आफ्नो खाता सुरक्षि राख्न गुगलले प्रयोगकर्ताहरूलाई इमेल खोल्न वा पठाउन, गुगल ड्राइभ प्रयोग गर्न, गुगल प्ले स्टोरमा एउटा एप डाउनलोड गर्न वा खातामा लग इन हुँदा गुगल खोजी गर्न सल्लाह दिएको छ।

यस्तै, यूटुबमा अन्तिम पटक भिडियो पोस्ट गरेको भएमा पनि खातालाई बन्द नगरिने गुगलले बताएको छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार