२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

१२ कक्षामा पढ्ने विद्यार्थीले ह्याक गरे त्रिविको वेबसाइट

२०८०, १७ माघ बुधबार ०९:०७

माघ १६, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय, बल्खु (पनिका)को वेबसाइट ह्याक गर्ने व्यक्ति कक्षा १२ मा अध्ययनरत विद्यार्थी रहेको पाइएको छ ।

मङ्गलवार राति ह्याक भएको उक्त वेबसाइट रिडाइरेक्ट भएर रोहित रोकाया नामको फेसबुक अकाउन्टमा पुगिरहेको थियो । यस्तोमा कसैले साइटलाई जानीजानी रोहितको अकाउन्टमा रिडाइरेक्ट गरेको हो कि भन्ने आशंका थियो ।


तर, त्यसको केही समयपछि नै उक्त अकाउन्टबाट साइट ह्याक गरेको भन्ने पोस्ट अपलोड भयो । उक्त पोस्टमा लेखिएको छ, “हिजोदेखि टीयूले अनलाइन सेवा सुरु गरेसँगै यसले टीयूको वेबसाइटमा अट्याक सर्फेस पनि बढाएको छ । यसले गर्दा टीयूको वेबसाइटमा सुरक्षा चुनौती थपिएको छ ।”

सो पोस्टमा अगाडि लेखिएको छ, “अब टीयूले अनलाइन प्रणालीबाट आएका लाखौं कागजपत्रलाई सुरक्षित राख्नुपर्ने हुन्छ । त्यसैले टीयूले कुनै पनि सफ्टवेयर बनाउँदा सुरक्षाको पाटोलाई पनि विशेष महत्व दिन अत्यन्त जरुरी छ ।”

उक्त पोस्टमा ह्याक गर्नु अवैध र अनैतिक भएको समेत उल्लेख छ । उनले अनैतिक कार्यका लागि कुनै पनि सहायता वा समर्थन प्रदान गर्न नसक्ने पनि उल्लेख गरेका छन् ।

यस्तो पोस्ट देखेपछि धेरैले उनको अकाउन्ट ह्याक भएको हो कि भन्ने आशंका व्यक्त गरे । हामीले रुकुम पश्चिमस्थित चौरहजारी नगरपालिकामा फिल्ड असिस्टेन्टका रूपमा कार्यरत उनका बुबालाई सम्पर्क गर्‍यौं ।

“मेरो छोरा ललितपुरको सीसीआरसी कलेजमा कक्षा १२ मा पढ्छ,” उनका बुबाले भने, “साइबर सुरक्षामा त्रिविको वेबसाइट कत्तिको सुरक्षित छ भन्ने जाँच्न उसैले ट्राई गरेको हो । सबै डेटा सुरक्षित छन् ।”

लाखौं विद्यार्थीको भविष्यसँग जोडिएको विषय भएकाले त्रिविले यसलाई सुरक्षित बनाउनुपर्ने भन्दै छोराले ह्याक गरेको उनका बुबाले सुनाए । उनले अगाडि भने, “छोरोसँग बिहान कुरा भएको थियो । मैले परीक्षण गर्नका लागि ह्याक गरेको हुँ भनेको छ । सबै डेटा सुरक्षित छ भनेको छ ।”

अहिले पनि त्रिविको कन्भोकेसनको साइट रिडाइरेक्ट भएर रोहित रोकायाकै फेसबुक अकाउन्टमा गइरहेको छ । हामीले उनको नम्बरमा सम्पर्क गर्न खोजेका थियौं । तर, उनको फोन उठेन ।

यस विषयमा थप बुझ्न हामीले क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी)मा सम्पर्क गर्दा कलेज स्रोतले कक्षा १२ मा विज्ञान सङ्कायमा रोहित रोकाया नाम गरेका विद्यार्थी रहेको पुष्टि गरेकाे छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी